भारत लान खोजिएका १ सय ४ जना किशोरीको उद्धार

  • कार्तिक १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ पछिल्लो समय महिला तथा किशोरीहरुलाई बेचबिखन गर्ने उद्देश्यले साना नाकाबाट भारततर्फ कटाउने गरेको पाइएको छ ।
प्लान इन्टरनेशनलको सहयोगमा साझा सवालका लागि साझा मंच (कोकन) विराटनगरले गरेको अध्ययनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । सुनसरीको भन्टाबारी नाकामा कोसी गाउँपालिका समेतको सहयोगमा संचालित सूचना केन्द्रले पछिल्ला वर्षमा यो नाका भएर भारततर्फ जान खोज्ने किशोरी र महिलाहरुलाई नाकामै रोकेको हो ।

यस विषयमा प्राप्त उपलब्धी र संस्थाको गतिविधि सार्वजनिक गर्न शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कोकन अध्यक्ष मंजिता उपाध्यायले पछिल्लो पटक साना नाका भएर किसोरीहरुलाई भारततर्फ बेचबिखन गर्ने उद्देश्यसाथ लग्ने प्रयास हुन थालेको जानकारी दिइन । भान्टाबारी नाकाबाट मात्र सुरक्षाकर्मी, सूचना केन्द्र र गाउँपालिकाका प्रतिनिधिले १ सय ४ जनालाई उद्दार गरी नेपालतर्फ नै पठाई दिएका छन् ।

प्लान इन्टरनेशनल नेपालकी मानव बेचबिखन विरुद्ध संरक्षण कार्यक्रमकी संयोजक लक्ष्मी पाठकले भान्टाबारी, मकवानपुर र बेलहनिया नाकामा सूचना केन्द्र मार्फत भारततर्फ जोखिमयुक्त ढंगले जान लगेकाहरुलाई फर्काउने गरिएको बताइन । भनिन्, “कतिपय किशोरीहरु मोबाइल र कपडा किन्ने बाहनामा समेत यस्ता नाकाबाट भारत जान खोज्ने गरेको पाइएको छ ।” उनीहरुलाई अभिभावकको जिम्मा लगाउने र सेफ हाउसमा राख्नुपर्ने भए प्रशासनसंगको समन्वयमा काम हुँदै आएको पाठकले बताइन ।

कोकनले कोभिडको पहिलो र दोस्रो लहरसंगै मानिसहरुमा परेको मनोसामाजिक समस्या हल गर्न फोन र प्रत्यक्ष भेटघाटको माध्यमबाट परामर्श सेवासमेत शुरु गरेको बताइएको छ । कार्यक्रममा कार्यक्रम संयोजक हेमन्तराज पौडेल र परामर्शदाता इन्दिरा भट्टराईले प्रतिवेदन पेश गर्दै खासगरी किशोरीहरु अधिक जोखिममा रहेको जानकारी गराए ।

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved