बयलगाडाको सोच भएकाहरु ओलीतिर छन् : नेपाल

  • कार्तिक १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर। नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लाग्ने बताएका छन् । विराटनगरमा नेकपा ९एसले० आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले एमालेमा ९ रेक्टरस्केलको भूकम्प गएकोले आफ्नो घर नै असुरक्षित भई नयाँ पार्टी गठन गरेको सुनाए ।

भने,ूहामी नक्कली कुरामा विश्वास गर्दैनौं । नयाँ कुरा गर्दै नयाँ बाटो बनाएर हिंड्नु पर्छ । नयाँ सिर्जना गर्नुपर्छ भनेर नयाँ पार्टी बनाएको हो । केपीको दम्भका कारण उनी सत्ताको घोडाबाट भुंईमा बझारिएका छन् ।ू नेपालले अठ्ठाईस बर्ष पहिले आफू विराटनगर आएको र महेन्द्र मोरङ्ग क्याम्पस पढेर बैंकमा जागिर खाएको स्मरण गरे । पछि जागिर छाडेर राजनीतिमा लागेको र त्यसबेला एकजना रामचन्द्र यादव पनि मोरङमा सक्रिय रहेको भन्दै नयाँ पार्टीले नयाँ उत्साह दिएको भन्दै गफ गरेर मात्र पार्टी नचल्ने बताए ।

भने,ूकेही नेता गफ गर्छन तर पार्टी योगदान दिंदैनन् । अन्यत्र कम्युनिष्ट आन्दोलन सकिएपनि जनतामा कम्युनिष्ट पार्टी प्रति जनताको अझै विश्वास छ ।ू नेपालले केपी ओली तानाशाह बनेको तर एमाले पार्टी भनेपनि त्यहाँ उनको नीतिसँगै जोडिएको बताए । ओलीको पछिपछि बयलगाडाको सोच भएका मानिसहरू जाने भन्दै उनले नयाँ विचार बोक्ने आफूहरुतर्फ आउने जिकिर गरे । उनले एक हप्ताभित्र प्रदेश नं १ मा नेकपा ९एस० को नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सदभाव र सामाजिक एकताको लागि दलीय गठबन्धनको। नयाँ सरकार बनेको र राजनीतिक यात्रामा तलमाथि हुनु राजनीतिक खेल भएको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved