झगेन्द्रको परिवारलाई मन्त्रीद्वारा सहयोगको प्रतिबद्धता

  • कार्तिक १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान २० खैरे खोलामा शंकास्पद रुपमा मृत भेटिएका धरान ११ का झगेन्द्र राईको परिवारलाई रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले सहयोगका लागि प्रतिबद्धता जनाएका छन् ।
गत कार्तिक २ गते सागुरीगढी गाउपालिकाबाट आफ्नो घर फर्कदै गर्दा धरान २० को खैरे खोलामा मृत अवस्थामा भेटिएका राईको मृत्यु शंकास्पद भएको आफन्तले आरोप लगाइरहेको समयमा मन्त्री डा. रिजालले राईकै घरमा शुक्रबार पुगेका हुन् । तेह्रथुम जिल्लाको छथर गाउपालिका एक कार्यक्रममा सहभागी हुन आएका डा. रिजाल धरान आउने क्रममा मृतक राईको घर पुगेका थिए ।

झगेन्द्र राईको मृत्युले शोकमा रहेकी उनकी श्रीमति अनु राईको समेत असोज ३ गते मृत्यु छोराछोरीले मन्त्री समक्ष आफ्नो लालनपालन र शिक्षादिक्षाका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।
मन्त्रीलाई छोरी सन्ध्या राईले सहयोगका लागि पत्र दिएकी थिईन् । उनले बाबुको मृत्युपछि आफ्नो साहारा कोही नभएकोले सहयोग गर्न मन्त्री डा. रिजाललाई निवेदनपत्र बुझाएकी हुन् । बाबुआमाको मृत्युपछि भाइ र आफूमात्र रहेकोले आफ्नो भविष्यनै अन्यौलमा रहेको पत्रका उल्लेख गरिएको छ । उनले बाबाको मृत्यु शंकास्पद देखिएको बताउँदै सत्यतथ्य पत्ता लगाई दोषी उपर कार्वाहीको माग समेत गरिन् । छिमेकी तथा आफन्तहरुले समेत राईको मृत्यु शंकास्पद भएको बताएका छन् ।

छिमेकी उमेश राईले मोटरसाइकलमा सवार झगेन्द्रको मोटरसाइकल घट्नास्थल भन्दा माथि हुनु, उनले लगाएको चश्मा पनि खोला बाहिर हुनु तर शवचाहिँ खोलामा भेटिनुले बाढी र खोलाकै कारणले मात्र मृत्यु नभई मृत्यु शंकास्पद भएकोले सत्य तथ्य छानविन हुनुपर्ने माग राखे ।

परिवार तथा आफन्तको आग्रह सुने पछि रक्षामन्त्री डा. रिजालले परिवारलाई सहयोग गर्ने आश्वासन दिएका थिए । उनले प्रहरी प्रशासनलाई समेत मृत्युको कारण के हो छानविन गरेर तथ्यसत्य सार्वजनिक गर्न प्रहरीलाई निर्देशन दिए । उनले परिवारलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री पीडितकै घरमा पुगेर आश्वासन दिएपछि परिवारलाई केही राहत मिलेको छ ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved