भ्रष्टाचार मुक्त बनाउन स्वास्थ्य राज्यमन्त्री समक्ष माग

  • कार्तिक १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मुलुककै गौरवको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले भइरहेको वेथितिको अन्त्य चाँडो गर्न स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सँग धरानेहरुले माग गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्री भएपछि पहिलो पटक आफ्ने गृह जिल्ला तेह्रथुम जाने क्रममा धरान उपमहानगरपालिकाले राखेको स्वागत कार्यक्रममा धरानका नागरिक समाज, पत्रकार राजनीतिक दलका प्रतिनिधिहरुले मन्त्री समक्ष प्रतिष्ठानको वेथिति, भ्रष्टाचार, अनियमितता मात्र हैन उपचार पद्धति, त्यँहा रहेका उपकरण चुस्तदुरुस्त नभएकाले सुधारका लागि राज्यमन्त्री समक्ष माग गरेका हुन् ।

धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नागरिक दबाब समूहका प्रतिनिधि प्रा.डा. हरिप्रसाद दाहालले प्रतिष्ठानमा भएका बेथिति बढ्दै गएको र प्रतिष्ठान ऐनको दफा ११ (घ) बमोजिम स्वास्थ्यमन्त्रीको संयोजकत्वमा बनेको छानविन समितिको काम कार्वाहीका विषयमा स्पष्ट पार्न माग गरेका थिए । उनले भने, ‘एउटा सामान्य चिजमा समेत मूल्य बढाएर खरिद गर्ने, उपकरण मर्मतको नाममा व्यापक अनियमितता गर्ने, भवन ठेक्का लगायतमा व्यापक भ्रष्टाचार भएको छ ।’ उनले बीपीमा भएको भ्रष्टाचारका विषयमा छानविन समिति बन्ने तर काम नगर्ने प्रवृत्ति भएको बताए । उनले पदाधिकारी नियुक्ति नै गलत तरिकाले हुने गरेकाले बीपीमा भ्रष्टाचार बढेकोले हाम्रो मान्छे भन्दा पनि राम्रो र क्षमतावान मान्छे जिम्मेवार पदमा नियुक्ति गर्न आग्रह समेत गरे ।

धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले स्वास्थ्यमन्त्रीको संयोजकत्वमा बनेको छानबिन समितिले प्रतिष्ठानमा भएका पदाधिकारीमाथि लागेको भ्रष्टाचारको आरोप टुंगोमा पु¥याएर बीपीलाई माया गर्ने, स्थानीय मान्छेलाई जिम्मेवार पदमा राख्नुपर्ने सुझाव दिए । उनले भने, ‘बाहिरका मान्छेलाई धरानको माया हुँदैन, प्रतिष्ठान रहेन भने धरानको अस्तित्व समेत रहँदैन, त्यसैले धरानकै स्थानीय क्षमता भएका व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारीमा नियुक्ति गरेर प्रतिष्ठानलाई जोगाउनुपर्छ ।’

यस्तै जनसरोकार मञ्चका अध्यक्ष हर्क साम्पाङले प्रतिष्ठानमा भएको समस्याको विषयमा बुदाँगत रुपमा राखेका थिए । उनले प्रतिष्ठानभित्र रहेको आकस्मिक कक्षमा रहेको दुर्गन्धीत शौचालय देखि आकस्मिक कक्षमा बेड अभावका कारण विरामीलाई भुईमै राखेर उपचार गर्नु परेको अवश्था बारेमा जानकारी दिदै उपचारमा चाहिने सामान्य ह्विलचियर र स्टेचर समेत पर्याप्त नभएको, आइसियुको अभावमा विरामीले अकालमा मत्यु हुने गरेको भन्दै प्रतिष्ठानको समस्यालाई चाडो समाधान गर्न राज्यमन्त्री समक्ष आग्रह गरे ।

दक्षिण एसियाकै ठूलो अस्पतालको रुपमा रहेको अस्पतालमा स्वास्थ्य चेक गर्ने उपकरणको विषयमा समेत चर्चा चलेको थियो । उपस्थित सहभागिहरुले एसियाकै उत्कृष्ट अस्पताल प्रतिष्ठानमा सिटिस्क्यान विग्रिएको, उपकरण विग्रिएकै कारण दिर्घरोगीहरुको रिपोर्ट उल्टो आउने गरेको धेरै उदाहरण भएको बताउँदै एउटा सानो मधुमेहको रिपोर्टका लागि पनि प्रतिष्ठानको रिपोर्ट विश्वास नहुनुले प्रतिष्ठानको गुणस्तरका विषयमा प्रश्नचिन्ह उठेको बताए ।

धरानेहरुको गुनासो प्रति स्वास्थ्य राज्यमन्त्री खापुङले स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको छानविन समितिले चाडो समस्या समाधान गर्ने बताए । उनले पदाधिकारीहरु बर्खास्त गर्ने संकेत दिँदै अब प्रतिष्ठानमा दक्ष, विज्ञ व्यक्ति नियुक्ति हुने आश्वासन दिए । उनले भने, ‘मैले विरानगरको कोशी अस्पताल र धरानको बीपी प्रतिष्ठान गएर बस्तुस्थिति बुझ्ने काम गरे, त्यँहा बुझ्दा प्रतिष्ठानमा धेरै अराकता भएको बुझे, यस विषयमा छानविन समितिले चाडो समाधान गर्छ ।’

धनकुटाको झण्डी डाँडा ...

 धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिक ...

३३औँ स्थापना दिवसमा ...

इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औ ...

शिक्षाविद् गोकुल श्र ...

धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मक ...

तराई–मधेसमा श्रद्धाप ...

दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved