सुनसरी–मोरङका उद्योगमा दुई अर्ब ४७ करोडको क्षति बाढी नियन्त्रणका लागि ठोस कदम चाल्न माग

  • कार्तिक १५, २०७८
  • कोशीपत्र/संवाददाता
alt तस्वीर गुगल

विराटनगर । कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ ।

उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्याङ्कन प्रतिवेदन र सार्वजनिक गरेको हो ।

उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधि समेतको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएको हो । बाढीबाट कूल ४१ उद्योगमा प्रभावित भएको र त्यसको असरबाट कतिपय उद्योगले अझै उत्पादन सूचारु गर्न नसकिएको जनाएको छ । बाढी साम्य भए लगत्तै उद्योग संगठनले प्रभावित उद्योगमा भएको क्षतिको स्थलगत अध्ययन गरेको थियो ।

बाढीबाट जुट, कपडा र कपास उद्योगका उत्पादन कामै नलाग्ने गरी नष्ट भएका छन् । उद्योगहरुमा बाढीको भेल पस्दा मेसिन औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा मालवस्तुमा ७१ करोड २५ लाख ७० हजार, तयारी वस्तुमा ७६ करोड ४ लाख पाँच हजार र सरसफाई तथा फोहोर व्यवस्थापनमा रु. एक करोड ७१ लख ६५ हजार बराबरको क्षति भएको संगठनको प्रतिवेदनमा जनाइएको छ ।

बाढी डुबानका काण उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध बन्दा स्थिर खर्च, प्रशासनिक खर्च, उत्पादनको अवसर मूल्य तथा बजार श्रृंखला टुट्न गई थप व्यवभार थपिएको प्रतिवेदनमा उल्लेख छ । बाढीबाट २७ वटा उद्योगहरु एक हप्तासम्म संचालनमा आउन नसकेको, ७ वटा उद्योगलाई अझै दुई साता लाग्ने र तीन उद्योगलाई चार हप्तासम्म लाग्ने देखिएको छ । बाँकी चार उद्योगलाई भने चार साताभन्दा अधिक समय लाग्ने देखिएको जनाइएको छ ।
अध्यक्ष सुयष प्याकुरेलले बाढीबाट औद्योगिक करिडोरमा बर्सेनि हुने गरेको क्षति न्यूनीकरण गर्न बाढीको उचित निकासको प्रबन्ध हुनुपर्ने बताए । उनले उद्योगमा भएको क्षतिले धेरै उद्योगलाई ठूलो आर्थिक नोक्सानी भएको र कतिपयले उत्पादनसमेत शुरु गर्न नसकेको बताउँदै भने, “पूर्ण अध्ययनबिना भएका सडक निर्माण, औद्योगिक क्षेत्रमा प्लटिङ र मानवीय हस्तक्षेपका कारण खोलानालाको बहावमा पर्ने असरले बाढीले क्षति गर्ने गरेको छ ।” प्याकुरेलले औद्योगिक क्षेत्रमा हुने गरेको समस्या निराकरण गर्न राज्यले चासो दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी उद्योगी तथा तिनका प्रतिनिधिले धरान–विराटनगर ६ लेन सडक उद्योग क्षेत्रभन्दा उच्च निर्माण हुनु, पानीको प्राकृतिक निकासमा मानविय हस्तक्षेप गरिनु र निकासको लागि पुलपुलेसा तथा कल्भर्टहरु समेत हटाइनाले हरेक वर्ष समस्या बढ्दै गएको बताए । रिलायन्स स्पिनिङ मिल्सका महेश पोखरेलले चारकोसे झाडीको शेरेबाँध लगायत क्षेत्रको पानी इटहरी हुँदै टेंग्रा खोलामा मिसिएर आउँदा बाढीको वहाब अधिक हुने गरेको बताए । उनले भने, “टेंगा र शेरेबाँधको वहाबलाई घुमाउन आवश्यक देखिन्छ ।”

उद्योगी प्रदीप मुरारकाले कटहरी क्षेत्रमा निर्माण भईरहेको चारलेन सडकको नालामा उद्योग क्षेत्रबाट निस्कने पानी निकास गर्ने व्यवस्था गर्न माग गरेपनि त्यसको सुनुवाई नभएको बताए । उनले भने, “छ लेन र चार लेन सडक आसपासका उद्योग सडकभन्दा दुई चार फिट तल परिसके । पानीको निकास छैन । बर्खा आउनासाथ डुबानमा पर्छन् ।” उद्योगी व्यवसायीले उद्योगमा भएको क्षतिको उचित क्षतिपूर्ति दिनसमेत सरकार समक्ष माग गरेका छन् । उद्योगी विपीन काबराले विद्युत प्राधिकरणको दुहबीस्थित सबस्टेशन बाढीबाट नबडुब्ने गरि संरचना निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारीले उद्योगी व्यवसायीले उठाएको माग जायज भएको बताउँदै तमाम समस्याको विषयमा सरकारका सम्बन्धित निकायलाई यसबारे जानकारी गराउने र समस्या समाधानमा पहल लिने बताए । उनले भने, “विपद् व्यवस्थापन समितिको बैठकमा समेत समस्या उठेका छन् । औद्योगिक क्षेत्रको समस्या समाधानको लागि पहल लिनेछु ।”

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved