धरानमा समता दिवस मनाइयो, कांग्रेसद्वारा सहभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • जेठ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रम आयोजना गरेको छ।

कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो।

मुख्य अतिथि विश्वकर्माले देशमा अझै पनि जातीय विभेद र छुवाछुतको अवस्था कायमै रहेको बताए। “पूर्वतिर केही कम भए पनि पश्चिम नेपालमा अझै पनि विकराल अवस्था देखिन्छ,” उनले भने, “जातीय विभेदको अन्त्यका लागि कांग्रेसले ऐतिहासिक काम गरेको छ।”

उनले २०४७, २०६३ र २०७२ सालका संविधानमा दलित अधिकार सुनिश्चित गरिएको उल्लेख गर्दै, २००९ साल जेठ १० गते बीपी कोइरालाको नेतृत्वमा भएको सहभोजकै सम्झनामा समता दिवस मनाइने जानकारी दिए।

कार्यक्रममा कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले छुवाछुत र जातीय विभेद पूर्णतः उन्मूलन गर्नुपर्नेमा जोड दिए। दलित विभाग प्रमुख गणेश परियारले नीति बने पनि कार्यान्वयनमा कमजोरी रहेको गुनासो गरे।

नेपाल दलित संघ कोशी प्रदेश सभापति गोविन्द दर्नालले गैरदलितले दलितको नाममा सुविधा लिएको भन्दै असन्तोष व्यक्त गरे।

पूर्व केन्द्रीय सदस्य मिना सुब्बाले अधिकारका लागि दलित समुदाय स्वयं अगाडि सर्नुपर्ने धारणा राखिन्। कांग्रेस सचिव माधव घिसिङ, धरान नगर सभापति श्याम पोखरेल, जनप्रतिनिधि रिता सुन्दास, मिरा विक, युवराज शंकर, प्रेम मुकरुङ र अन्य वक्ताहरुले सामाजिक समता र एकताको सन्देश कार्यक्रमबाट प्रवाह भएको बताए।

कार्यक्रममा विश्वकर्मा, मिजार, परियार, मरिक, वादी, गन्धर्व लगायत विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रम क्षेत्रीय सचिव तथा प्रवक्ता केशव पुरीले सञ्चालन गरेका थिए।

कार्यक्रममा राष्ट्रिय सभा प्रत्यासी मिना पुलामी, प्रदेशसभा सभापति मुरारी भट्टराई, जनप्रतिनिधि सदस्यहरू, कांग्रेसका विभिन्न तहका नेता तथा भातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved