धरान भित्रको दुर्गम गाउ

  • जेठ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt -गोविन्द बस्नेत

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालिकामा गाभिएपछि ४ नं. वडा बनेपनि धरान उपमहानगरपालिकाभन्दा अलग पहिचान बोकेको छ ।

यो वडा उपमहानगरपालिकामा गाभिए पनि अन्य वडाको दाँजोमा विकासले फड्को मार्न सकेको छैन ।
धरान उपमहनगरपालका वडा नं. ४ पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको झण्डै दश बर्ष पुग्न लागे पनि यो वडा सडक सञ्जाल, खानेपानी तथा सञ्चारको क्षेत्रमा पछाडि रहेको छ ।

उपमहानगरपालिकामा गाभिए पनि यस वडामा अधिकांश सडक कच्ची छन्, खानेपानीको समस्याले सर्वसाधारण अझै सास्ती भोग्नु परेको छ भने प्रविधिको विकाससँगै सञ्चारको सुविधा समेत छैन ।

अहिलेसम्म यो वडामा ३ सय मिटर सडकमात्र कालोपत्रे बनेको छ । खानेपानीको समस्याले सर्वसाधारणको जीवन कष्टकर वित्दै आएको छ भने कृषि पकेट क्षेत्रको रुपमा लिएको यो वडामा सिंचाईको सुविधा नहुदा कृषकहरुले कृषि सामाग्री राम्ररी उत्पादन गर्न सकेका छैनन् । यतिमात्र दुर सञ्चारका टावरहरु कही पनि नभएकाले मोवाइलमा टावर नपिन्ने समस्या उत्तिकै छ ।

धरान उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले धरान ४ मा तीनवटासमस्या भएको बताए । सडक सञ्जाल, टेलिफोनको सहज पहुच नभएको र खानेपानीको समस्या भएको बताउदै हिउँदमा धुलाम्मे बाटो तथा बर्षामा हिलाम्मे बाटो छिचोलेर यस वडाका विभिन्न ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

उनले बाढी पहिरोको समस्या भए पनि पुल पुलेसा बनाउन नसकिएको बताउदै पुलपुलेसाहरु निर्माण नगर्दा सर्वसाधारणलाई आवातजावतमा समस्या भएको बताए ।

उनले स्व.मेयर तारा सुब्बा, कावा मेयर मञ्जु भण्डारी तथा मेयर तिलक राईसँगै अहिलेका स्वतन्त्र उमेद्वारबाट मेयर बन्नु भएका हर्कराज राईको पालामा समेत यस्ता समस्या समाधान हुन नसकेको बताए ।

अहिले समग्र वडाका विकासका लागि उपमकानगरपालिकाले १५ लाख विनियोजन गरेको बताउदै यति बजेटले समस्यै समस्या भएको वडामा काम गर्न समस्या भएको बताए ।

४ नं. वडा धरान १५ पछिको नगरकै दोस्रो ठूलो वडा हो । भौगोलिक रुपमा कठिनाई भएको यो ठाउँमा सानोतिनो बजेटले काम गर्न नै समस्या हुने र कम बजेटबाट गरेको काम नदेखिने वडा सदस्य राजेन्द्र राईले बताए ।

उनले का मगर्न पनि बढी बजेट चाहिने भएकोले बजेटको अभावका कारण धेरै काम गर्न नसकिएको बताए ।धरान ४ लाई कृषि पकेट क्षेत्रसँगै पर्यटकीय हव बनाएर धरान उपमहानगरपालिाको आम्दानी गर्ने आधारहरु धेरै भएपनि त्यो गर्न नसकेकौ वडाध्यक्ष राई बताउछन् । उनले हिउँदका समयमा धुलाम्मे भएर आन्तरिक पर्यटक आउने गरे पनि बर्षाद्को समयमा सडक हिलाम्मे हुने, सडक सञ्जाल बन्द हुने भएकोले पर्यटक पवद्र्धनमा समस्या भएको बताए ।
वास्तवमै धरान उपमहानगरपालिका अन्य स्थानीय तह भन्दा सफा, सुन्दर र विकास भएको स्थानीय तह हो । तर उपमहानगरपालिकाको वडा नं. ४ र २० अन्य वडाको तुलनामा पिछडिएको वडा हो ।

बजेट विनियोजन गर्दा पिछडिएको वडालाई बढी प्राथमिकतामा राख्नुपर्ने भएपनि उपमहानगरपालिकाले त्यो गर्न नसक्दा जनताले पाउनुपर्ने अत्यावश्यक सुविधाबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ ।

यसतर्फ धरान उपमहानगरपालिकाको अहिलेसम्म आँखा पुग्न सकेको छैन ।

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

धरानका सन्तोष लामिछा ...

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लाम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved