वराहक्षेत्रका जनप्रतिनिधिको ३ वर्ष : विपद्‌मा साथ, बिकासमा फड्को

  • जेठ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt - फणिन्द्र तिम्सिना

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३० गते सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ। त्यसपछि २०७९ जेठ ११ गते नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारसहित वडा अध्यक्षहरूले शपथग्रहण गर्दै वराहक्षेत्र नगरपालिका सञ्चालनको जिम्मेवारी सम्हालेका थिए।

तीन वर्षे कार्यकालमा जनप्रतिनिधिहरूले विपद्‌ व्यवस्थापनदेखि स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारमा उल्लेखनीय काम गरेको स्थानीयवासी बताउँछन्। विशेषगरी विपद्‌को बेलामा तत्काल उपस्थिति, दुर्गम बस्तीमा सडक सञ्जाल, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन, तथा शिक्षा–स्वास्थ्यमा सुधार जनताको अनुभूतिमा परेको छ।

नगरप्रमुख कार्कीको नेतृत्वमा सम्पन्न प्रमुख कामहरूमध्ये बाह्रबर्षे पिण्डेश्वर महाकुम्भ मेलाको सफल आयोजना र सन्ध्याकालीन आरतीको थालनीऔलिया मठ, वराहक्षेत्रधाम र चतराधामको सौन्दर्यकरणधार्मिक पर्यटन प्रवर्द्धनको योजनादुर्गम गाउँसम्म मोटरबाटोआधारभूत विद्यालयलाई माध्यमिकमा रूपान्तरण तथा स्वास्थ्य संस्थाको स्तरोन्नति उल्लेखनीय छन्।

koshi-11-4

विकासमा व्यापक फड्को

तीन वर्षको अवधिमा सिल्लापाखा, बाक्सिङटार, कटहरे, चियावारी, वाङ्गे, चक्रघट्टीलगायत क्षेत्रमा सडक विकासकोशीपारी टप्पु र सुर्यकुण्डमा विद्यालय स्थापनानाला अतिक्रमण हटाएर सौन्दर्ययुक्त सहरी योजना जस्ता काम सम्पन्न भएका छन्।

यस्तै, स्वास्थ्य सेवा विस्तार अन्तर्गत मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाचक्रघट्टिमा आँखा उपचार केन्द्रस्वास्थ्य शिविरहरूप्रसूति गृह निर्माणनगर अस्पतालमा आकस्मिक सेवा कक्षज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण कार्यक्रमले जनविश्वास बढाएको छ।

पर्यटन र कृषि मूल आधार

नगरपालिकाले अवलम्बन गरेको “समृद्ध वराहक्षेत्रको आधार — कृषि, पर्यटन र दिगो पूर्वाधार” नारालाई मूर्तरूप दिन संघ, प्रदेश र स्थानीय स्रोत परिचालन गरी योजनाहरू अघि बढाइएको छ। धरान–वराहक्षेत्र–रामधुनी धार्मिक सर्किटमुन्धुम पदमार्गसप्तकोशी आरती स्थलसुर्यकुण्ड जस्ता क्षेत्रको प्रवर्द्धनले पर्यटनलाई गति दिएको छ।

कृषिमा धान प्रवर्द्धनकृषि औजार अनुदानपशु उपचार शिविरकृषक सिपमूलक तालिम सञ्चालन गरिएको छ।

मानवमुखी काम र समावेशिता

भुमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणपहेलो कार्डवालालाई सामाजिक सुरक्षा भत्तासुत्केरीलाई एम्बुलेन्स खर्चमहिला स्वयंसेविकालगायत शिक्षिका र बालशिक्षिका प्रोत्साहनयुवालाई सिप तालिमले समावेशी विकासको मार्ग तय गरेको छ।

उल्लेखनीय उपलब्धिहरू

  • स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा ९१ अंकसहित उत्कृष्ट स्थान
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट जिल्लामै उच्च ६७ अंक
  • चतरा मेलामा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरूको सहभागिता
  • ५५ नयाँ शहर योजना अन्तर्गत वराहक्षेत्रको समावेशीकरण

३ वर्षको अवधिमा वराहक्षेत्र नगरपालिकाले विपद्‌ व्यवस्थापनदेखि पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन प्रवर्द्धनसम्म सन्तुलित र सर्वसुलभ विकासमा जोड दिएको छ।

जनप्रतिनिधिको सक्रियता, योजनाको स्पष्टता र नागरिकसँगको प्रत्यक्ष सम्पर्कले वराहक्षेत्रलाई प्रदेशको उदाहरणीय नगरको रूपमा स्थापित गराएको छ।

5

4 1 2 1 3 1 1 ramesh-karki 1

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

धरानका सन्तोष लामिछा ...

सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लाम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved