विषालु च्याउ खाँदा इलाममा तीनजनाको ज्यान गयो

  • जेठ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा जङ्गली च्याउ खाँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ। मृतकहरूमा ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावती रहेका छन्।

झापाको बिर्तामोडस्थित बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार करिब ६ दिनअघि चिया बगान क्षेत्रमा उम्रिएको जङ्गली च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए।

मनिषा र नुमाको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा पहिल्यै मृत्यु भइसकेको थियो भने अमर लावतीको आज बीएनसी अस्पतालमा निधन भएको हो।

हरेक वर्षायाममा यस्ता विषालु च्याउ खाँदा अकालमा ज्यान जाने घटना दोहोरिँदै आएको छ। जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठकका अनुसार नेपालमा पाइने झन्डै १,३०० प्रजातिका च्याउमध्ये करिब १०० प्रजाति विषालु हुने गरेका छन्।

डा. पाठकका अनुसार च्याउ हेरेर मात्र विषालु हो कि होइन भन्न सकिँदैन। तर, किरा नलागेको, नमिठो गन्ध आउने, रङ्गीचङ्गी, झुस धेरै भएको, भाँच्दा दूध वा चोप निस्कने, छातामा काँडा वा गिर्खा हुने, डाँठमा औँठी हुने तथा फेदमा थैलो वा कचौराजस्तो भाग देखिने च्याउ विषालु हुनसक्ने खतरा हुन्छ।

“राम्रोसँग नचिनिकन जङ्गली च्याउ नखानु नै उत्तम हो,” डा. पाठकले सुझाव दिएका छन्।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved