विराटनगर । वनको कर्मचारी र पत्रकार हौं भन्दै धाकधम्की दिएर फर्निचर व्यवसायीसँग रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी इटहरी उपमहानगरपालिका वडा नं.–६ जुटबिकास बस्ने वर्ष ५० को दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं.–७ बस्ने वर्ष ५६ को पुष्पप्रसाद सिग्देललाई मोरङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ’ भन्ने डर त्रास देखाई उनीहरुले विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रहरीको भनाई छ । आसर ४ गते मोरङ रतुवामाई नगरपालिका
धरान / धरान उपमहानगरपालिकामा (आज) आइतबार शोक विदा दिने निर्णय गरेको छ । उपमहानगरले आज सूचना जारी गर्दै नगरपालिकामा कार्यरत सफाईकर्मी उपेन्द्र मरिक ख को निधनमा एक दिन शोक विदा दिने निर्णय भएको जनाएको हो । अत्यवावश्यक सेवाबाहेक नगर कार्यपालिको कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरु बन्द रहने उपमहानगरपालिकाले जनाएको छ ।
विराटनगर । विराटनगर महानगरपालिकाले खोप र स्वास्थ्य सामग्री सहयोग गर्न आफूसँग जोडिएका अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघ संस्थासंग पहल थालको छ । महानगरपालिकसंग जोडिएका विकास साझेदारदेखि दाता राष्ट्रसंग अपिल गरिएको महानगरका मेयर भीम पराजुलीले बताएका छन् । शनिबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गर्दै पराजुलीले भने,“विराटनगरसंग विकासमा साझेदार रहेका र शुभचिन्तक देशसंग पनि हामीले स्वास्थ्य सामग्री तथा खोप उलब्ध गराई दिन लिखित आग्रह गरेको छौं ।” सहयोग मागिएका देश र संस्थाबाट सकारात्मक जवाफ आएको पराजुलीले बताए । विराटनगरको विकासमा एसियाली विकास बैंक, जापान सहयोग नियोग (जाइका), दक्षिण कोर
विराटनगर । प्रदेश १ मा शनिबार ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ मा शनिबार २७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, बिर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, क
मोरङ / नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ । बेलबारी नगरपालिकाको प्रागणमा फलफुलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस मनाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी उप प्रमुख ढाका कुमारी पराजुलिले आप, स्ट्रोवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन । विरुवा रोप्दै स्काउटका संरक्षक समेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रसंसा गरेका छन । नगरपालिका सँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शबको ब्यबस्थापन समेत गर्ने गरेको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए । यसैगरी सुन्दरहैचामा पनि बृक्षा रोपण गरी स्थपना दि
झापा । पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बंगालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि उक्त पुल प्रयोजनविहीन भएको थियो । भारतको विहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुईलेनको पक्की सडक र त्यही सडकमा ३० मिटर लम्बाइको पुलसमेत निर्माण गरेको नेपाल–भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताए । मेची पुलको पश्चिम भागमा नेपालतिर सडकको कुनै समस्या छैन । अब भारतीय क्षेत्रमा समेत पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवतजावत र
धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड १९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ । धरानका मेयर तिलक राईको पहलमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घरसहितको शौचालय र बाथरुम निर्माण गरिदिएका हुन् । मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भिडभाड गर्ने अवस्था नभएको जानकारी दिदै कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको जानकारी दिए । ‘मेयर साबसँग कुरा भईरहेको छ, कहिले हस्तान्तरण गर्ने भनेर
विराटनगर । प्रदेश १ मा शुक्रबार १ हजार ७ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७सय ७७ महिला र ९सय ६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६सय ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शुक्रबार ३सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७८, बेलबारीमा २७,
मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर
धरान/ ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ । त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनु