इटहरीका तिन हत्याकाण्ड: प्रहरीले फायल पल्टाउने

  • मंसिर ७, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । २०६४ साल चैत ५ गते सुनसरीको इटहरीका हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको हत्या भयो । हत्या भएको १४ वर्ष बितिसके पनि अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् ।

घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्याकाण्ड बेला बेला चर्चामा आइरहन्छ । तर, पीडामा परेका आफन्तहरूले न्याय भने अझै पाएका छैनन । हत्याको समय इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक बिश्वमणी पोख्रेल थिए । बिभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहस्य र दोषी अझै पत्तो लागेको छैन ।
२०७२ फागुन २० गते इटहरीकै एक बिपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका सपना भुजेलको हत्या भयो । हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरी प्रशासनले अभियुक्तलाई पक्राउ गर्न नसक्दा सपना हत्याकाण्ड पनि त्यत्तिकै ओझेलमा परेको छ । शुरूवाती समयमा बिभिन्न महिला समुहले हत्याको बिरोधमा बुलन्द आवाज उठाएपनि बोलिदिने मान्छे नै नहुँदा यो काण्डपनि अहिले त्यतिकै सेलाउन पुगेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएर चर्चामा आएका तत्कालिन डिएसपी ओम अधिकारीले घटनालाइ नजिकबाट अनुसन्धान गरेको बताउदै अभियुक्त पक्राउ गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । उनको पालामा सपना भुजेल हत्याकाण्डका दोषी पत्ता लाग्ने र परिवारले न्याय पाउनेमा आफन्त र नगरवासीको चाहना थियो तर उनि पनि सरूवा भएर गएपछि घटना रहस्यमयमै रहिआएको छ ।

त्यस्तै २०७४ असार १३ गते इटहरी उपमहानगरपालिका–४ मा रहेको अग्र्यानिक रेस्टुरेन्टमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । पोखरीमा डुबेको अवस्थामा फेला परेकी २९ वर्षीया रञ्जु ठकुरीको हत्या भएको भन्दै पूर्व जर्नेल कुमार फुदोङ माथि हिंसात्मक आक्रमण पनि भएको थियो ।
ठकुरीको धेरैले हत्या भएको दावी गरेपनि प्रहरीले घटना के हो खुलाउन नसक्दा आजसम्म पनि रहस्यमै रहेको छ । त्यतिबेला इलाका प्रहरी कार्यालयमा नयाँ डिएसपी नरेशराज सुवेदी थिए । घटनाको अनुसन्धान शुरू गरेपनि मुख्य चुरो पत्ता लाउन नसक्दा अहिले त्यो पनि त्यतिकै सेलाउन पुगेको छ ।

तीन मुख्य हत्याकाण्डसँगै इटहरीमा सुल्झिन नसकेको अर्काे विवाद अबैध बित्तीय कारोबार हो । इटहरी क्षेत्रमा अहिले पनि अबैध बित्तीय कारोबार गुपचुपमा हुने गरेको पाइएको छ । अबैध बित्तीय कारोबारमै संलग्न इटहरी रूचि हाडर्वेयरका सञ्चालक अरबिन्द कुमार अग्रवाल ४ वर्षदेखि फरार छन् । अग्रवालले सर्वसाधरणहरूबाट करिब १० करोड रुपैयाँ डुबाएर फरार भएका हुन् । त्यस्तै बित्तीय कारोबारमै संलग्न अर्का व्यवसायी भुलन जैसवाल पनि २ वर्षदेखि फरार रहेका छन् । उनले इटहरीका सर्वसाधरणबाट करिब १२ करोड रुपैयाँ उठाएर फरार भएका हुन् ।

किनारा लाग्न नसकेका घटनाका दोषिहरु कता छन्, थाहा छैन्, तर पनि पिडितहरु अझै न्यायको पर्खाइमा छन् । इलाका प्रहरी कार्यालय इटहरीमा गत मंसिर २ गते नयाँ प्रहरी प्रमुख खगेन्द्र खड्का आएका छन् । उनले अनुसन्धानको प्रक्रियामा रहेका र हाल सम्म अभियुक्तहरू फेला नपरेका पुराना अपराधिक मुद्धाका फायलहरू पुनः खोल्ने बताएका छन । जसका कारण पिडितहरुमा न्याय पाउने आशा पुनः पलाएको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै डिएसपि खडकाले सोमबार १४ वर्ष अघिको अग्रवाल दम्पति हत्याकाण्ड देखि लिएर चर्चित तिनै वटा हत्याकाण्डको पनि फाइल खोलेर अनुशन्धान गर्ने बताएका छन् । हत्या घटनाका फाइल सँगै इटहरीमा भएका बिभिन्न अपराधिक गतिविधिहरूलाइ निर्मुल बनाउन लागि पर्ने पनि प्रतिवद्धता जनाएका छन् । डिएसपि खड्काले बिगतमा पनि १ वर्ष इटहरी बसेर काम गरिसकेको अनुभव सुनाउदै अपराध अनुशन्धान तथा शहरमा शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसंग नझुक्ने र सम्झौता पनि नगर्ने बताए ।

ब्यक्तिगत एवम राजनीतिक पहुँचलाइ परै राखेर नेपालको संविधानले तय गरेको कानुनलाइ टेकेर मुद्धा दर्ता देखि न्याय सम्पादन सम्मको भुमिकामा इटहरी प्रहरी कटिवद्ध रहने उनले बताए । सञ्चारकर्मीहरूले शहरमा हुने चोरी, बेश्याबृत्ती, ठगि, लागुऔषध कारोबार नियन्त्रण र रात्रि गस्ति बढाउन सुझाव दिएका थिए ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved