आइपिओ भर्नुभयो ? परेन भने अब यसो गर्नुहोस्

  • मंसिर ७, २०७८
  • प्रकाश बन्जारा
alt

शेयर बजार एउटा यस्तो बजार भएको छ, जहाँ कसैले शैद्धान्तिक ज्ञान लिएर त कसैले ट्रेडिङ्ग गरेरै पनि लाखाँै पैसा कमाईरहेका छन् ।
शेयर बजार कमाउने जत्तिकै गुमाउनेहरु पनि भएकाले यसमा लाग्नु भन्दा पहिले शेयर बजार के हो ? कसरी कमाइ गर्न सकिन्छ ? कस्ता कम्पनीमा लगानी गर्ने भन्ने विषयमा ज्ञान हुनु अत्तिनै आवश्यक हुन्छ । अहिले हाम्रो समाजमा एक प्रकारको अफवाह फैलाएर सेयर बजारमा त प्रवेश गर्ने वित्तीकै लाखाँै कमाउन सकिन्छ भनेर भनिने गरेको छ ।

भने जस्तै सहज नभए पनि अध्ययन गरेर धेर्यताका साथ लगानी गर्नेले पैसा कमाउने अर्को व्यावसाय सोच्नु पर्दैन । सेयर बजारमा सहज र सरल तरिकाले प्रवेश गराउनका लागिँ हाम्रा घर आँगनमै भएका बँैक, वित्तीय सँस्था, ब्रोकर कम्पनी र तीनका शाखाहरु लागेका छन् । लागेका छन् भनेर यस हिसावमा भनिएको हो कि उनिहरुको आफ्नो प्रोडक्टको रुपमा बैँकमा आउने ग्राहकलाई डिम्याट खाता खोलाउँछन् । डिम्याटसँगै ग्राहकको बैँक एकाउण्टलाई आश्वामा दर्ता गराउँछन् त्यति मात्र नभएर मेरो सेयरसँग पनि ग्राहकलाई जोडाएर लग इन आईडि र पासवर्ड उपलव्ध गराउँछन् ।

एउटा सामान्य व्यक्तिले शेयर बजारमा प्रवेश गरेर वेला बेलामा खुल्ने साधारण सेयर अर्थात आईपिओमा आवेदन दिनका लागि यति काफि हुन्छ । ठुलोमा खेल्न र अध्ययन गर्न आवश्यक भएको हुँदा शेयर बजारमा आईपिओ बाट प्रवेश गर्नुलाई बुद्धिमानि मानिन्छ । कम्पनीहरुले निस्कासन गर्ने साधारण सेयरमा आवेदन दिनलाई न्युनतम एक हजार रुपैया काफि हुन्छ । बिक्रि गर्न निस्कासन गरिएको सेयर आवेदन दिने सबैलाई दामासाही बाँड्नु पर्ने हो तर अहिले डिम्याट खाता खोलेर सेयर बजारमा चाहाना देखाउने नेपालीको सँख्या बढेकाले भरेजति सेयर र भर्ने जति सबैलाई सेयर पर्दैन । कुनै कुनै ठुलो क्षमताका कम्पनीले ठुलो सँख्यामा सेयर निस्कासन गरे मात्रै आवेदन गरेजति शेयर पाउन सकिन्छ तर नेपालमा त्यो क्षमताका कमै कम्पनी छन् जसले सबैलाई पुग्ने गरी साधारण सेयर निस्कासन गरुन । 

केहि समय अघि नेपाल पुर्वाधार विकास बैँक नामक कम्पनीले ठुलो सँख्यामा शेयर निस्कासन गरेको थियो र त्यो सेयर सहि विवरण भरेर आवेदन दिने सबै आवेदकलाई परेको थियो त्यो नै पछिल्लो उदाहरण हो त्यसभन्दा पछाडि निस्कासन भएका सेयरहरु सबै आवेदकलाई परेका छैनन् । प्राथमिक निस्कासनमा खुलेका आइपिओ बाहेक म्याचुअल फण्डहरु पनि लगानीका राम्रा माध्यमहरु ह्ुन ।
साधारण सेयर जस्तै म्याचुअल फण्डहरुमा पनि एक हजार रुपैया देखि लगानी गर्न सकिन्छ । साधारण शेयरमा कित्ता भनिन्छ भने म्याचुअल फण्डमा इकाई भन्ने चलन छ । प्रति इकाई १० रुपैयाका दरले म्याचुअल फण्डहरुले आफनो इकाई बेच्ने गरेका छन् ।

म्याचुअल फण्ड कम्पनीहरुले लगानीकर्ताले गरेको लगानीलाई उत्पादनमुलक क्षेत्र, सेयर बजार, ऋणपत्र, मुद्धती निक्षेप जस्ता क्षेत्रमा लगानी गर्ने र आएको मुनाफालाई सन्चालन खर्च कटाएर पुरै लगानीकर्तालाई लगानीको आधारमा बाडिने हुदा म्याचुअल फण्डलाई लगानीको राम्रो माध्यम मानिने गरेको छ ।

अहिले शेयर बजारमा अनलाइनबाट सहजै रुपमा प्रवेश गर्न पाउने भएपछि लगानीकर्ता ह्वात्तै बढेका छन् । तर यसरी बढेका लगानीकर्ताहरु दोश्रो बजारमा क्रियासिल भने होइनन् । यो सँख्या केवल सँख्यामा मात्र बढेको हो । जो प्राथमिक बजारमा साधारण शेयर भर्नका लागि धेरैले डिम्याट खाता खोलेर सँख्यात्मक रुपमा नेपालको शेयरबजारलाई ठुलो देखाइरहेका छन् ।

हाल धितोपत्र खरिदका लागि डिम्याट खाता खोल्ने लगानीकर्ताको सँख्या ३८ लाख भन्दा माथि रहेको छ भने बजारमा सर्बसाधारणको लागि जारी हुने हरेक आईपियोमा नयाँ रेकर्ड कायम हुन थालेका छन् । अहिले प्रायः जसो जुनै कम्पनीको आईपिओ आए पनि थामि नसक्नुको आवेदन पर्ने गरेको छ र सबैले एक पछि अर्को नयाँ रेकर्ड कायम गर्ने गरेका छन् । जसले नवप्रवेशी केहि लगानीकर्तालाई मालिक बनाउँदैछ भने पहिले देखि शेयर बजार बुझेकाहरु र आइपिओमा पल्केकाहरु आइपिओबाट पर हट्न थालेका छन् । यसको एउटै कारण भनेकै शेयर पर्न छोड्नु हो । यसै पनि माग जति सेयर दिन सक्ने कम्पनी निस्केका छँदै छैनन् उता १० किक्ता शेयर नै दिनको लागि पनि लगानीकर्ता धेर्रै भएको हुँदा सम्भव भएको छैन ।

अरुले भनेको सुनेर डिम्याट खाता खोलेर साधारण शेयर भर्ने कतिपय नवप्रवेसी लगानीकर्ता त ४ ÷५ चोटिसम्म कुनै शेयर नै नपर्दा आफ्नो खाता नै विग्रेको हो कि भन्ने भयले बैकँ तथा ब्रोकर कम्पनीमा धाउन थालिसकेका छन् । अव अहिले सक्रिय भएका डिम्याट खाताका धनिलाई मात्र १० कित्ताका दरले पुग्ने शेयर निस्कासन गर्नुपर्यो भने ३५ करोड कित्ता शेयर निस्कासन गर्नुपर्ने हुन्छ । त्यसको लागि अँकितमुल्य १०० ले हिसावगर्दा ३ अर्व ८० करोड रुपैँया बराबरको आइपिओ निस्कासन गर्नुपर्ने हुन्छ जुन नेपालको शेयरबजारको हिसावले हेर्ने हो भने धेरै ठुलो पुँजी हो । यति ठुलो सँख्यामा आइपिओ दावि गर्न सक्ने कम्पनीले मात्र हामि सबैलाई कम्तीमा १० कित्ता शेयर दिन सक्छ । अहिले सम्मको आइपिओको ईतिहाँस हेर्ने हो भने कम्पनीहरुले त्यस्तै ५० देखि ६० लाख कित्ता सम्म वा सो भन्दा केहि कम बढि को आईपिओ जारी गर्दे आइरहेका छन् त्यहि भएर पनि हामिलाई शेयर पर्ने सम्भावना धेरै नै कमि भएको छ । अब अहिले खुलेका डिम्याट खाताको सँख्यालाई केहि न केहि रुपमा विस्तारै शेयरको दोश्रो बजारमा लान सक्ने हो भने बजारको आकार निकै ठुलो हुने देखिन्छ ।

शेयर बजार भनेको खालि आइपिओ मात्र हैन । यो त विशाल सागर हो । शेयर बजारमा कारोबार गरीरहेका सबै कम्पनीहरु तपाई र हामि जस्तै शेयरधनिका थोरै थोरै कित्ताका दरले ठुलो भएका कम्पनीहरु हुन त्यसो भएको हुनाले हामि आईपिओमा मात्र भर नपरी सानो पुजीँबाट पनि दोश्रो बजार छिरेर राम्रो कमाई गर्न सक्छौँ । तर परेन भन्दैमा आइपिओ को लागि आवदेन दिन भने नछोड्नुस । किनकी आईपिओ बाडफाँड निस्पक्ष हुन्छ र आज नपरे पनि अर्को आइपिओ खोल्दा तपाईलाई पक्कै पर्नेछ ।

हिजो आईपिओ भर्दा तपाइँलाई नपरेको शेयर भोली दोश्रो बजारमा कारोबार हुन थाले पछि तपाईले सहजै पाउन सक्नुहुन्छ त्यो पनि तपाईकै रोजाईमा भलै त्यो शेयर १०० रुपैया कित्तामा नपाइएला तर हामिले धान्न नसक्ने कता हो कता महँगो पनि हुदैन । सामान्यतया मोवाइलको ज्ञान भएको भए तपाई घरमै बसेर मोवाईल खेलाएको भरमै दोश्रो बजारको शेयरमा खेल्न सक्नुहुन्छ त्यसको लागि तपाईले शेयर सहजीकरण गरीरहेका धितोपत्र दलाल कम्पनीहरुसँग कारोबार खाता र टिएमएस खाता खोलेर आफ्नो पोर्टफोलियालाई बलियो बनाउन सक्नुहुन्छ । त्यो बाहेक सयम समयमा कम्पनीहरुले जारी गरेका हकप्रद शेयर बिक्रि नभएर शेयर लिलामीमा पनि राखेका हुन्छन् भने कतिपय अवस्थामा सँस्थापकहरुले आफ्नो स्वामित्व बेचेर त्यो कम्पनीबाट विदा लिन पनि चाहिरहेका हुन्छन् यो अवस्थामा पनि शेयरलाई लिलामिमा राखिने गरिन्छ । । यसरी लिलामीमा राखेका शेयरहरु बजार मुल्य भन्दा कम मुल्यमै किनेर राम्रो मुल्यमा बेच्न सक्छौँ । यसरी खुलेका लिलामी सेयरहरु कम्पनीले तोकेको शेयर निस्कासन पार्टनर कम्पनी र त्यसले तोकेका शाखा कार्यालय र बैकबाट तोकिएको फर्म भरेर किन्न सकिन्छ । यसरी आईपिओ नपरे पनि हामि आफ्नो पोर्टफोलियो बलियो बनाएर शेयरबजारबाट राम्रो कमाई गर्न सक्छौँ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved