रोट्रयाक्टको एन्टिबायोटिक्स सचेतना

  • मंसिर ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले मंसिर २ गते देखि मंसिर ८ सम्म विश्व एन्टिमाइक्रोबियल जागरुकता सप्ताह मनाइरहेको छ ।

‘आजको संसारमा एन्टिमाइक्रोबियल प्रतिरोध एक “लुकेको महामारी“ बन्न पुगेको छ, जसको संकमणको जोखिममा हामी सबै छौँ । त्यसैले एन्टिबायोटिक्सको सचेतनाका साथ प्रयोग गरौँ, आफ्नो भविष्य सुरक्षित गरौँ ।’ भन्ने नाराका साथ कार्यक्रम सप्ताह भरी एन्टिबायोटिकहरूको सदुपयोग कसरी गर्ने र यसको दुरुपयोगको जोखिमबाट बच्ने उपायहरुको बारेमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिरहेको छ ।

 

 

 

 

258585447_567156971022685_6734171013319084559_n 259238511_436232594582178_1762561369539187519_n

वि. पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकको बाल चिकित्सा वार्ड र मेडिसिन वार्डमा भर्ना भएका बिरामी तथा कुरुवाहरुलाई एन्टिबायोटिक प्रतिरोधको बारेमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । त्यसैगरी छाता चौकमा रहेको पुनर्वास घर, स्थानीयहरुका लागि पनि सचेतना कार्यक्रम संचालन गरेको छ । सप्ताहव्यापी जागरुकता कार्यक्रमको संयोजन आनन्द यादव र जेनिसा कार्कीले गरेका छन् । एन्टिमाइक्रोबियल प्रतिरोधको बारेमा आफूले जानेको र सिकेको ज्ञानहरु परिवार छरछिमेकमा फैलाउँदै जनचेतना जगाउन उनीहरुले सबैलाई आग्रह गरेका छन् ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved