प्रधानमन्त्री देउवाको आश्वासन: नहर देखि भन्सार स्तरोन्नति सम्म

  • मंसिर ६, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरीको देवानगञ्ज स्थित कौवाखोज छोटि भन्सारलाइ ठुलो भन्सारको रूपमा स्थापना गर्ने देखि नहर सञ्चालन सम्मको आश्वासन दिएका छन ।

आइतबार सुनसरीको देवानगंज गाउँपालिका स्थित प्रशासनिक भवन उदघाटन समारोहमा प्रधानमन्त्री देउवाले सुनसरी खोला सिँचाई आयोजना संचालन गर्न आगामी वर्षदेखि आवश्यक बजेट बिनियोजन गर्ने आश्वासन दिएका छन ।उनले कार्यक्रममा सम्बोधन गर्नु अघि देवानगञ्ज १ स्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको सालिक अनावरण संगै विपी स्मृति भवनको समेत उदघाटन गरेका थिए । उनै कोइरालाको पालामा स्थापना भएको सुनसरी खोला सिचाई आयोजना सञ्चालन गर्दै स्तरोन्नती गर्ने प्रतिबद्धता जनाए ।

सुनसरीको दक्षिणी सिमावर्ति क्षेत्र देवानगञ्ज नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनैतिक कर्मभुमिका रुपमा परिचित रहेका कारण यहाँका बिकासका लागि सरकार कटिवद्ध रहेको प्रम देउवाले बताए । उनले कांग्रेसका संस्था क ालिन अवश्थामा सुनसरी खोला सिँचाइ आयोजनाको निमित्त नहरको स्थापना गरेपनि सञ्चालन हुन नसक्दा वर्षाैदेखि दक्षिणी भेगका कृषकहरू मर्कामा पर्दै आएका छन । प्रधानमन्त्री देउवाले नहर सञ्चालनको निमित्त आगामि वर्ष देखि बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाए पछि देवानगञ्ज स्थित कृषकहरुले अब सिचाइको सुविधा पाउने आशामा रहेका छन् । त्यसैगरी भारतिय बजार सँग गासिएको सिमावर्ती क्षेत्र देवानगञ्ज स्थित कौवाखोज छोटी भन्सारलाइ पनि आगामी वर्षदेखि स्तरोन्नती गरी ठुलो भन्सार बनाउने प्रम देउवाले आश्वासन दिएका छन ।

प्रम देउवाले पार्टीको महाधिवेसनको प्रसंग जोड्दै सफल बनाउन सबै तहतप्कालाई निर्देशन दिएका छन । उनले महाधिवेसनमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्नुपर्ने र चुनावबाट हारेपनि जितेपनि कांग्रेस सधै एक ढिक्का हुनुपर्नेमा जोड दिए । त्यस्तै प्रम देउवाले देवानगञ्ज गाउपालिकाका अध्यक्ष लालि प्रसाद मेहतालाइ बिकाश निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै नेपाल सरकारको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपाल सरकारका सुचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्र वहादुर कार्की, पुर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार, प्रदेस नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेस नम्बर १ प्रदेश सभाका नेपाली काँग्रेस संसदीय दलका नेता तथा नेपाली काग्रेस सुनसरीका सभापति राजिव कोइराला लगायतका नेताहरुले नहर सञ्चालन र कौवाखोज छोटी भन्सारलाइ स्तरोन्नति बारे जनाएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved