एमाले भित्रै कार्यक्रम बहिष्कार

  • मंसिर ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt महाधिवेशनका लागि सुनसरी क्षेत्र नं. १ बाट छनौट भएका प्रतिनिधिलाई शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा उपस्थित प्रतिनिधिहरु ।

धरान/ अन्तिम समयमा एमालेको दशौं महाधिवेसनका लागि सुनसरीले प्रतिनिधी सर्वसम्मत छनौट गरे पनि पार्टीको अन्तरद्वन्द कायमै रहेको छ । वडा अधिवेसन देखिनै दुई गुटमा विभाजित समुहका नेताहरुले स्थानीय तहमा रहेका एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टी गुटबन्दीमै अघि बढेको पाइएको छ ।

सुनसरी क्षेत्र नम्बर १ बाट छनौट भएका केन्द्रिय महाधिवेसन प्रतिनिधीलाई शुभकामना दिन आयोजना गरिएको एक कार्यक्रममा रमेश बस्नेत समुह उपस्थित भएका थिएनन् । भण्डारी समुहबाट गठन भएको हर्कजंग एभेङ नेतृत्वको धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत समुह उपस्थित नहुँदा दुवै समुहको बिचको विवाद कायमै रहेको पुष्टि भएको छ । बस्नेत समुहबाट प्रतिनिधी छनौट भएका रमेश बस्नेत सहित संघीय सांसद जय कुमार राई र महिला प्रतिनिधी रुफिना गुरुङ (राई) अनुपस्थित भएका थिए ।

सुनसरीको क्षेत्र नम्बर १ मा दुई गुटले आ–आफ्नै प्रतिनिधी केन्द्रिय महाधिवेसनका लागि छनौट गरे पछि समुहगत विवाद चुलिएको थियो । जेठ २ अघिको नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएको रमेश बस्नेत समुह र पुष ५ पछि बनेको रेवती रमण भण्डारी समुहले सुनसरी क्षेत्र नम्बर एक बाट महाधिवेसन प्रतिनिधी छनौटमा सहमती हुन नसके पछि जिल्ला समितीले सर्वसम्मत टुङ्गाएको थियो । दुवै समुहबाट ९ जना प्रतिनिधी छनौट गर्दै शनिबार सार्वजनिक गरेको थियो । जिल्लाले गरेको प्रतिनिधी छनौटलाई मान्यता दिए पनि उपमहानगर कमिटीलाई अझै पनि बस्नेत समुहले मान्न नसकिरहेको प्रष्ट भएको छ ।

धरान उपमहानगरमा बस्नेत समुहबाट ५ वडामा छुट्टै कमिटी बनेको छ भने भण्डारी समुहबाट सोही वडामा कमिटी बनेको छ । अन्य वडामा भने संयुक्त रुपमा कमिटीहरु गठन भएका छन् । उपमहानगर पनि दुवै समुहको छुट्टा छुट्टै कमिटी गठन भएको छ । बस्नेत समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको छ भने भण्डारी समुहबाट हर्कजंग एभेङको नेतृत्वमा कमिटी गठन भएको थियो ।

आइतबार एभेङ नेतृत्वको उपमहानगर कमिटीले धरानबाट महाधिवेसनमा छनौट भएका प्रतिनिधीहरुलाई शुभकामना कार्यक्रम राखेको थियो । बस्नेत समुहबाट ३ जना प्रतिनिधी छनौट भएका थिए तर कार्यक्रममा कोही पनि उपस्थित भएनन् । यता भण्डारी समुहका ६ जनाको मात्रै उपस्थित रहेको थियो । बस्नेत समुहका प्रतिनिधीको अनुपस्थितीले पार्टी एकता अझै पनि संकटमा रहेको नेता तथा कार्यकर्ताहरुले टिप्पणी गरेका छन् । समुहगत रुपमा विभाजन भएर कार्यक्रममा उपस्थित नहुनु दुखद रहेको धरान १३ का पार्टीका वडाअध्यक्ष घनश्याम तिम्सिना बताउँछन् । उनी भन्छन्, ‘कुनै एजेण्डा नभई धरानबाट छनौट भएका प्रतिनिधीलाई शुभकामना तथा सम्मान कार्यक्रममा उहाँहरु आउनु पथ्र्यो, पार्टी भित्र अझै पनि विभाजित मनस्थिती कायमै रहेको प्रष्ट भएको छ ।’

धरान उपमहानगरको अधिवेसन एकै ठाउँ हुनुपर्छ भन्दै नेतालाई दबाब दिन हस्ताक्षर संकलन अभियान चलाएका पार्टीका धरान वडा नम्बर १३ का सचिव विष्णु चौलागाई भन्छन्, ‘कार्यक्रममा सहभागि भएर तटस्थ बसेका कार्यकर्ता तथा नेताहरुलाई सकारात्मक सन्देश दिन सक्नुपथ्र्यो, उनीहरुको उपस्थितले भावनात्मक रुपमा जोडिने अवश्था बन्थ्यो ।’ नेताहरुको अनुपस्थितीले धरानमा अझै पनि नेताहरुमा बेमेल कायमै रहेको प्रष्ट देखिएको उनको भनाई छ । गुटकै राजनिति अझै रहेको आशंका भएको उनले बताए । उनले भने, अझै पनि कार्यकर्ता तथा नेता कुन आधिकारिक हो भन्ने अन्यौलमै छ, एक अर्काको कार्यक्रम बहिष्कार गर्दै जाँदा उहाँहरुलाई त राम्रो या नराम्रो के गर्ला, तर कार्यकर्ता र पार्टीलाई ठुलो असर गर्छ ।’

कार्यक्रममा बस्नेत समुहका तिनै जना महाधिवेसन प्रतिनिधीलाई निम्तो गरिएको थियो । उपमहानगर समितीका अनुसार संघीय सांसद जयकुमार राई काठमाण्डौं जानु पर्ने भएकाले अनुपस्थित हुने जानकारी गराएका थिए, बस्नेतले जिल्लामा केही काम भएकाले समय मिलाएर आउने जनाएका थिए भने महिला प्रतिनिधी गुरुङले बिहान सम्म कार्यक्रममा आउने बताएकी थिईन् । तर कार्यक्रममा तिनै जनाको अनुपस्थितीले कार्यकर्ताहरुमा झन अन्यौल कायमै देखिएको छ । जिल्ला कमिटीले गरेको केन्द्रिय प्रतिनिधी छनौटको निर्णय स्वीकार गर्ने तर त्यही कमिटी मातहत रहेको धरान उपमहानगर कमिटीको कार्यक्रम बहिष्कार गर्ने कामले पार्टी प्रतिको नकारात्मक सन्देश बाहिर गएको कार्यकर्ताको भनाई छ ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved