सुनसरी । सुनसरीमा सबै भन्दा बढी इटहरीमा कोरोना संक्रमीत थपिदै गएका छन । शुक्रबार आज थपिएका ८ जना संगै इटहरीमा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमण पुष्टि हुनेहरुमा इटहरी १२ का ४१ वर्षीय पुरुष, इलाका प्रहरी कार्यलय इटहरीका २९ वर्षीय पुरुष, शसस्त्र प्रहरी वल पकलीका २७ वर्ष देखि ३६ वर्षीय उमेर समुहका पुरुष रहेको इटहरी अस्पतालले जनाएको छ ।
धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि एक नर्सकि ४ महिने छोरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा आज ४ महिने शिशु सहित अन्य ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै धरानमा संक्रमितको संख्या २ सय पुगेको छ । शुक्रबार आज कोरोना पुष्टि भएका हरुमा धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
विराटनगर, भदौ १८ / कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश स्तरिय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो । सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशिघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेश भित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न निर्देशन गर्नुभएको छ । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान
सुनसरी । सिचाई सुविधाको माग गर्दै सुनसरी सदरमुकाम इनरुवा ६ मधेसाका सयौं किसान आन्दोलित बनेका छन् । किसानहरुले समयमै सिंचाईको सुविधाका लागि नहर, कुलो पैनी सफाई लगायत किसानहरुले पाउनु पर्ने सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै किसानहरु वडा कार्यालयनै घेराउ गरेका छन् । सुनसरीको सदरमुकाम इनरुवाका वडा नम्बर ६ का किसानहरुले करिव ४ सय ५० हेक्टर जग्गामा धानबाली लगाएका छन् । धानबाली पहेलो भइसक्दा पनि मल पाएका छैनन् भने सिचाईको पानी समेत उपयोग गर्न पाएका छैनन् । सुनसरीको सदरमुकाम इनरुवाको वडा नम्बर ६ का किसानहरुले बन्दाबन्दीको प्रवाह नगरी ७ सुत्रिय माग सहित आन्दोलनमा उत्रिएका छन् । वार्ड कार्यालयले कुनै
धरान भदौ १८ / धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । बिहिबार दिउसो प्रतिष्ठानका कोभिड अस्पतालमा भर्ना भएका राजविराज ७ सप्तरीका ५० वर्षिय पुरूष र सोही स्थानकै ७७ वर्षिय पुरुषको दिउसो मृत्यु भएको हो । साथै उहाका अनुशार भदौ ७ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको कोरोना पोजेटिभ देखिएपछी भदौ ८ गते देखी कोभिड अस्पतालको आइसियुमा उपचार भइरहेका थियो । प्रदेश नम्बर २ का दूइ जना सक्रमितको धरानमा ४५ मिनेटको फरकमा मृत्यु भएको छ । १.२०वजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ती भएका ५० वर्षिय पुरूषको आज दिउँसो २ बजे मृत्
धरान । सुनसरीको धरानमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । धरान उपमहानगरपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी भन्ने उजुरीको आरोपमा प्रहरीले बालिका बलात्कार गर्ने युवकलाई गिरफतार गरेको हो । प्रहरीले धरान उपमहानगरपालिका–८ का सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई भदौ १७ गते गिरफ्तार गरेको छ । लिम्बुले ती बालिकालाई गत भदौ १४ गते आइतबार जबरजस्ती करणी गरेको जानकारी पाएपछि भदौ १७ गते दिउँसो ईलाका प्रहरी कार्यालय धरानले गिरफतार गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको सुनसरीका डिएसपी विनोद शर्माले बताएका छन् ।
धरान । गत मंगलबार सवारी दुर्घटनामा परि ज्यान गुमाएकी वृद्ध महिलाको पहिचान खुलेको छ । उनी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ८१ वर्षि लक्ष्मीमाया तामाङ रहेको खुलेको हो । उनलाई मंगलबार राती करिब साढे ७ बजेको समयमा धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अघि मोटरसाइकलले ठक्कर दिएको थियो । को ८ प ९३०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मंगलबार रातीनै मृत्यु भएको थियो । मृत्तकलाई उनका छोरा चन्द्र बहादुर तामाङले सनाखत गरि शव बुझिलिएको प्रहरीले जनाएको छ । सवारी चालक र सवारी प्रहरीको नियन्त्रणमा रहेको छ । &nbs
काठमाडौ २०७७ भदौ १८ बिहीबार १६:२२:५४ प्रकाशित / आज थप १२ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । नेपालमा मृतकको संख्या २५७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २४ हजार २०७ जना रहेका छन् । बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्त
इटहरी । होटल म्यानेजमेन्ट तथा टुरिज्म विषयमा अध्यापन हुँदै आएको इटहरी स्थित होटल प्रिमियर स्कुलले कक्षा ११ का लागि भर्ना खुल्ला गरेको छ । स्थापनाको छोटो समयमा नै चर्चा बटुलेर बेग्लै पहिचान बनाएको स्कुलले अनलाईन प्रक्रियाबाट भर्ना लिन खुल्ला गरिएको संचालक सुनिल भुषालले बताए । विहिबार आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलनमा यसै सत्र देखि कक्षा ११ मा ब्यवस्थापन संकायमा बिभिन्न ऐच्छिक बिषयहरू राखेर बजारको उचित मागलाइ ध्यानमा राखि भर्ना खुलाइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । विद्यार्थी मैत्री र आधुनिक प्रविधिको प्रयोग गरेर विद्यार्थीलाइ अध्यापन गराउने सञ्चालक भुषालको भनाइ छ । प्रिमियर स्कुलले विद्या
धरान । सुनसरीमा कोरोना संक्रमितको संख्या ८ सय ५२ पुगेका छन् । उनीहरु मध्ये ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन् भने ४ सय ५२ जना अझै उपचारमै रहेका छन् । जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार विगत २४ घण्टामा सुनसरीमा २४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुने हरुमा धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकाका २ जना इटहरी उपमहानगरपालिकाका २ जना र भोक्राहा गाउँपालिकाका १ जना रहेका छन् । जिल्लामा निषेधाज्ञा खुकुलो भएकाले कोरोनाको जोखिममा रहेका शहरहरुमा संक्रमितको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।