Top 4

    Showing 7,491-7,500 of 9,404 items.
  • उच्च अदालतकी कर्मचारीको हत्या भएको पुष्टि

    इलाम/ सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।मंगलबार जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गर्दै मुख्य न्यायाधीशका सुरक्षा गार्डका रूपमा कार्यरत धनकुटा होलीखर्क–५ का प्रहरी युवराज बानियाँलाई पक्राउ गरेको जानकारी दिएको हो । मृतक पराजुली र प्रहरी बानियाँबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । अभियुक्तलाई सोमबारनै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुलबाटो कालोपत्रे नगरे सन्यास लिने इटहरी प्रमुखको घोषणा

    सुनसरी / इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गर्न नसके राजनितिबाटै सन्यास लिने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले घोषणा गरेका छन् । कार्यकाल सकिन एक वर्ष बाँकी रहँदा इटहरीका सबै मुलबाटोहरु कालोपत्रे भइसक्ने उनले दाबी गरे । उनले भने, ‘कार्यकाल भरिमा इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गर्न नसके राजनीतिबाटै सन्यास लिनेछु ।’ वडा नम्बर २ को वडा कार्यालय भवन उदघाटन गर्दै प्रमुख चौधरीले बहुवर्षे योजना अन्र्तगत धेरै योजना संचालनमा रहेको जानकारी दिए । उनले भने, ‘केही योजना निर्माण भइसकेको छ । चालु आर्थिक बर्षमा ६० वटा योजना टेण्डर भइसकेको छ, इटहरीले पूर्वाधार निर्माणमा

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका आन्दोलनकारीले गरे वडाअध्यक्ष सँग छलफल

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरण अभियानमा २८ दिन देखि आन्दोलनरत संयुक्त संघर्ष समितीले धरानका वडाअध्यक्षहरु सँग छलफल गरेको छ । समितीले मंगलबार आन्दोलनको विषयमा वडाअध्यक्षहरुको धारणा बुझ्न छलफल गरेको हो । २० वटै वडाका वडाअध्यक्षहरुलाई बोलाए पनि ३ वटा वडाका अध्यक्षहरु मात्रै उपस्थित भएका थिए । सहभागि वडाअध्यक्षहरुले प्रतिष्ठानमा विगत चार हप्तादेखि जारी आन्दोलनलाई समर्थन जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सहभागि वडाअध्यक्षहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको समितीका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उ

    • प्रकाशित मितिः असार २९, २०७८
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षपनि बोलबम मेला नलाग्ने

    धरान/ विगत दुई वर्ष देखिको कोरोना महामारीका कारण धरान स्थित पिण्डेश्वर मन्दिरमा बोलबंम धार्मिक मेला हुन सकेका छैनन् । यस वर्ष पनि कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि मेला नलाग्ने भएको छ । विगत ४० वर्ष देखि साउन महिनामा बोलबंम मेला लाग्दै आएको धरान १४ स्थित विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा कोरोनाको महामारी शुरु भए सँगै मेला बन्द गरिएको छ । निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको दर बढ्दै गएकाले यस वर्ष पनि बोलबंम मेला नलगाउने पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकाश बनेपालीले बताए । वनेपालीका अनुसार बोलबममा एकै दिन हजारौं भक्तजनहरु आउने र दुरी कायम गर्न नसकिने, पानीले भिजिने

    • प्रकाशित मितिः असार २९, २०७८
    • 1,306 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चको फैसला : राजनीतिक स्थिरता होला ?

    धरान/ जहाँ असभ्य मानिसहरू बस्छन्, त्यहाँ कानुनको पालना हुँदैन । जहाँ सभ्य मानिसहरू बस्छनु, त्यहाँ कानुनको आवश्यकता नै पर्दैन । यो भनाइ न्याय क्षेत्रमा प्रचलित छ । नेपाली राजनीतिमा दोहोरिरहने घटना र यहाँका राजनीतिक नेताहरूका कार्यशैलीबाट पनि उपर्युक्त भनाइ पटक–पटक साबित भएको छ । त्यसो भए के संविधान, कानुन र ऐन–नियमहरूको निर्माण अनावश्यक काम हुन् त ? त्यसो पनि होइन तर शान्त र समुन्नत देश तथा सुखी नागरिकहरूका लागि संविधान र कानुन नै सबै थोक भने होइनन् । संविधान र कानुनको पालना प्राथमिक विषय हो र यसका लागि सभ्य एवम् इमान्दार मानिस आवश्यक हुन्छ । हामीकहाँ यसैको अभाव देखिएको छ । प्

    • प्रकाशित मितिः असार २९, २०७८
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिरोको जोखिममा प्रसारण लाईन टावर र एड्भेञ्चर पार्क (भिडियो सहित)

    धरान । केहि दिन अघिको वर्षाले विष्णुपादुका क्षेत्रका डाँडाहरु भासिन थाले पछि राष्ट्रिय गौरबका योजनाहरु सहित पर्यटकीय पुर्वाधार पनि जोखिममा परेको छ । विष्णुपादुका २० हुँदै विस्तार गरिएको २ सय २० केभि प्रसारण लाईन अन्तर्गतको चिण्डेडाँडा हुँदै सुलिकोट र तामाखाम जाने चोकमा रहेको टावर जोखिममा परेको हो । टावर राखिएको क्षेत्र भासिनुका साथै पहिरोको जोखिममा परेको छ भने पर्यटक प्रवद्र्धनका लागि निर्माण गरिएको सेक्ष एडभेञ्चर पार्क पनि जोखिममा परेको छ । पार्कका संचालन बासुदेव बरालका अनुसार टावर राखिएको स्थान भासिदै गएको छ भने कच्ची सडक पनि चिरा परेर पहिरो जान लागेको छ । त्यसकै तल्लो भागमा रहेको पार्क जोखि

    • प्रकाशित मितिः असार २९, २०७८
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतद्वारा बदर, २ दिन भित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

    धरान / सरकारको सिफरिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले वदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले सोमबार यस्तो निर्णय गरेको हो ।त्यस्तै सर्वाेच्चले २ दिन भित्र काँगे्रस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेत जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ । सर्वोच्चले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ । प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग

    • प्रकाशित मितिः असार २८, २०७८
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगर कांग्रेस नेतृत्वमा युवापंक्तिको दाबी

    विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नेतृत्वमा युवापंक्तिका नेताले दाबी प्रस्तुत गरेका छन् । उनीहरुले चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । विगतमा पार्टीका विभिन्न संगठन बसेर सफल नेतृत्व प्रदान गरेका युवा नेताहरु महानगर सभापतिको दौडमा छन् । विराटनगरलाई राजनीतिक आन्दोलनको केन्द्र मान्ने गरिएकोले पनि यो पटक महानगरको नेतृत्वमा जान युवापंक्ति अग्रसर देखिएका छन । कांग्रेसको १४ औं महाधिवेशनको तयारी अनुसार साउन १६ गते महानगर समितिको नेतृत्व चयन हुन्छ । महानगरमा कांग्रेसका करिब ८ हजार क्रियाशील सदस्यहरुले प्रत्यक्ष निर्वाचन पद्धति मार्फत नेतृत्व चयन गर्नेछन् । यो पटक दीपक चापागार्इ

    • प्रकाशित मितिः असार २८, २०७८
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध बिरूद्ध प्रहरीको सर्च अप्रेसन, इटहरीमा नौ दिनमा १४ जना पक्राउ

    इटहरी । पछिल्लो केही समय यता इटहरीमा अवैध लागुऔषधको कारोबार निकै बढेको प्रहरीको तथ्यांकले देखाएको छ । सुनसरीसँग जोडिएका खुल्ला भारतीय नाकाहरूबाट हुने अवैध लागु औषधको कारोबार बढेको तथ्यांकले देखाएको छ । खुल्ला सिमानाकै कारण इनरूवा, भण्टावारी, हरिनगरा र मोरङको बिराटनगर स्थित जोगबनी नाकाबाट अवैध लागुऔषध इटहरी हुदै सुनसरीको बिभिन्न बजार सम्म पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीले लागुऔषध बिरूद्ध अभियान चलाइरहदा नौ दिनको अन्तरालमा १४ जनालाइ नियन्त्रणमा लिएको जनाएको छ । इटहरीको बिभिन्न स्थानबाट प्रहरीले गत असार १८ गते देखि २७ गते सम्म चलाएको अप्रेसनमा १४ जना पक्र

    • प्रकाशित मितिः असार २८, २०७८
    • 1,117 पटक पढिएको
    • "तेजबहादुर बन"
  • आन्दोलनमा धरान किन मौन ?

    धरान । तत्कालीन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापनासँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो । स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनकालागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्ष देखि लथालिङ्ग बनेको प्रतिष्ठान अहिले आर्थिक भार सहित सेवा सुविधा नै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाकोलागि धराने जनताको आन्दोलन जति उचाइँमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै

    • प्रकाशित मितिः असार २८, २०७८
    • 1,445 पटक पढिएको
    • "दिनेश गजमेर"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved