झापा। झापा बुद्धशान्ति गाँउपालिका-३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका(३ का २५ बर्षिय पासाङ तामाङ रहेका छन् । मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका-३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले हिजो बिहान साढे ९ बजे तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।