झापा। झापा मेचीनगर नगरपालिका १२ मा राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति गाँउपालिका २ का ३५ बर्षिय भिम प्रसाद पौडेल रहेका छन् ।
सोमबार राती पौने ९ बजे बिग्रेर बाटो छेउमा रोकी राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरमा पछाडिबाट मे ९ प ६००३ नम्बरको मोटरसाईकल ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालक पौडेललाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।