यातायात कार्यालयमा मन्त्रीको छड्के जाँच

  • मंसिर २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले सुनसरी स्थित यातायात कार्यालयमा ‘सरप्राइज’ अनुगमन गरेका छन् ।
बुधबार मन्त्रालयको सानो टिम लिएर अपरान्ह यातायात कार्यालय पुगेका उनले सेवाग्राहीसंग परिचय नदिइकनै सेवाको गुणस्तर र अनि भोग्नु परेको समस्याबारे जानकारी लिएका हुन । कार्की यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरु आफ्नै सुरमा काम गरिरहेका थिए ।

कार्कीले इटहरीको हलगडा स्थित यातायात कार्यालयको र गैसारस्थित सवारी चालक अनुमति पत्र वितरण तथा नवीकरण हुने कार्यालयको निरीक्षण गरेका हुन । मन्त्री कार्कीले आफै विभिन्न फाँटमा पुगेर त्यहाँ कार्यरत कर्मचारीसंग भेटघाट सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा जानकारी लिए । उनले सेवाग्राहीसंग पनि समस्याबारे जानकारी लिएका थिए ।

मन्त्री कार्कीले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन दिए । उनले भने, “कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार छ । तर सेवाग्राहीलाई सहज हुने गरी काम हुनुपर्यो ।” मन्त्री कार्कीले यातायात कार्यालय प्रदेश सरकारसंग जोडिएको निकाय भएकोले पनि यसको विषयमा हुने गरेको टिकाटिप्पणीको अन्त्य हुुनुपर्नेमा जोड दिए ।

यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए । उनले कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको मन्त्री कार्कीलाई जानकारी गराए । गैसारमा कार्यालय सारेपछि सेवाग्राहीलाई पर्याप्त क्षेत्रफल भएका कारण सहज भएको बताउँदै भने, “पहिलेको कार्यालय रहेको स्थानमा पाकेटमारी हुने जस्ता समस्या रहेको र अहिले अलिकति टाढा भएपनि गैसारमा त्यो समस्या देखिएको छैन ।”
यातायातका इटहरीस्थित दुबै कार्यालय अहिले भाडामा संचालनमा छन् ।

सरकारले इटहरीमै आफ्नो संरचना निर्माण गरिरहेको छ । त्यो केही समयपछि तयार हुने र यातायातका सबै सेवा त्यहींबाट शुरु हुने कार्कीले बताए ।

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved