काठमाडौँ/ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मनसुन सक्रिय हुने जनाएको छ । महाशाखाले आज एक बुलेटिन निकालेर शनिबारदेखि सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याइएको छ । देशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदी नाला र खोलामा प
धरान । झापा दमक नगरपालिका(७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी रहेका छन । यस्तै गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, दमक-२ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक-६ का ३३ बर्षीय विजय सिंह, सुनसरी ईटहरी-४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई रहेका छन । हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये कर्ण वहादुर राईको घरमा ठुलो रकम
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७र ७८ मा ४ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ १ अर्ब ८१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८५ करोड रुपैयाँ , अन्तःशुल्कतर्फ ४४ करोड रुपैयाँ र स्वास्थ्य सेवा करबापत ९२ लाख रुपैयाँ संकलन भएको बताए। अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले ३ अर्ब १ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । उनले भापा, इलाम, पाँचथर र ताप्ल
धरान । जग्गाको सिमाना विवादमा दाजुलाई पेस्तोल देखाउने भाईलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका ५ का विद्यानन्द यादवलाई पेस्तोल देखाएर धम्काउने उनकै भाई इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । जग्गाको सिमाना विवादमा इन्द्रदेवले पेस्तोल देखाएको भन्दै विद्यानन्दले प्रहरीमा उजुरी गरेका थिए । इलाका प्रहरी कार्यालय लौकहीको टोलिले एक राउण्ड गोलि सहित कटुवा पेस्तोल बरामद गरेको छ । विद्यानन्दको घर देखि अन्दाजी ३ सय मिटर पुर्वमा रहेको एक रुखको फेदमा प्लाष्टिकले बेरेर राखेको अवश्थामा पेस्तोल फेला पारेको थियो । उनीहरु दुवै जनालाई हातहतियार खरखजाना सम्बन्धि मुद्धा दर्ता गरि अनुसन्ध
पछिल्लो समय देशका विभिन्न भागबाट हत्याका समाचारहरू निरन्तर आइरहेका छन् । हत्या गरेर फालिएका वा लुकाइएका अवस्थामा शवहरू फेला परेका छन् । हत्याका पछिल्ला घटनाहरूमा महिलाहरू पीडित बनेका छन् । हत्याको एउटा घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक हुने गरेको छ । टाढाको कुरा छाडिदिऊँ, प्रदेश १ मै मात्र इलाम, मोरङ र झापाबाट हत्याका समाचारहरू आएका छन् । प्रदेश उच्च अदालतअन्तर्गत इलाम इजलासको प्राङ्गणमा सोही अदालतकी कार्यालय सहयोगी महिलाको शव भेटिएको छ । विराटनगर महानगरपालिका–५ मा पनि आफ्नै दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मोरङकै गछियामा पनि एक महिलाको शव भेटिएको छ । झापाको ब
धरान । एम्स एकेडेमीका १६ जना नयाँ स्काउटहरुलाई रोभर रेञ्जरबाट दिक्षित गरिएको छ । एकेडेमीले बिहिबार होटल पुर्वी स्टारमा दोस्रो दिक्षान्त समारोह आयोजना गरि १६ जना रोभर÷रेञ्जर क्रियुहरुलाई दिक्षित गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनाल, ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेन्द्र कुँवरले रोभर रेञ्जरहरुलाई दिक्षित गरेका थिए । उपप्रमुख भण्डारी धरान उपमहानगरपालिकाकी स्काउट प्रमुख पनि हुन् । एम्स एकेडेमी सुनसरीमै प्लस टु पढाई हुने शैक्षिक संस्थाहरुमध्ये स्काउटिङ क्रियाकलाप गर्ने एक मात्
इलाम । कोभिड संक्रमण नियन्त्रणका लागि इलाममा वैशाख २८ देखि शुरु भएको निषेधाज्ञा पछिल्लो पटक पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार आगामी साउन ७ गते सम्मका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले आदेश जारी गर्दै असार ३१ गते मध्यराति सम्म लागू गरिएको निषेधाज्ञालाई आगामी साउन ७ गते सम्म बढाइएको जनाएका छन् । यसअघि असार ३१ सम्म सबै प्रकारका सभा, जुलुस सेमिनार, गोष्ठी, होटल, साप्ताहिक हाट लगायतका क्षेत्रलाई निषेध गरिएको थियो । आदेशमा इलाम बजार क्षेत्रभित्र यात्रुबाहक सवारीलाई निषेध गरिएको थियो । यस्तै जिल्ला भित्रने र बाहिरिने यात्रु वहाक सवारीमा स
धरान/ लामो समयसम्म कोठा भाडामा राखेर कार्यालय सञ्चालन गर्दे नेपाली कांग्रेस धरान नगर समितिको आप्नै भवन निर्माण भएको छ । जग्गादाताबाट जग्ग प्राप्त भएपछि निर्माण कार्य शुरु गरेकोे कार्यालयको भभवन निर्माणको कार्य सम्पन्न भई भवनको सज्जावटको काम भइरहेको जनाइएको छ । नेपाली कांग्रेस धरानका नगर सभापति तिलक राईका अनुसार नेपाली काँग्रेसबाट निर्वाचित धरान १८ की महिला निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नं. १७ मा भवन बनाउनका लागि निःशुल्क २५ धुर जग्गा उपलब्ध गराएपछि भवन निर्माणले तिब्रता पाएको थियो । सभापति राईले भने, ‘पार्टीका नेता साथीहरुले त्यहाँ अपायक पर्ने भयो, पायक पर्ने ठाउँमा भवन निर्म
धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको माग राखी विगत एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा उत्रिएका संयुक्त सघर्ष समितिले नवनियुक्ति प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उनीहरुले चिकित्सक, विद्यार्थी, कर्मचारी लगायतसंग पटक पटक गरेका सहमति कार्यान्वयन गर्न नसकी आफ्ना पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । उनीहरुले चारजना पदाधिकारीको राजीनामासहित अन्य सुद्धिकरणका १२ बुदे मागसहित नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । समितिमा आफूहरुको प्रतिनिधित्व
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई समर्थन जनाउन शिक्षा, स्वास्थ्य सुधारमा माग राखी पटक पटक अनसनमा बस्नु भएका प्रा.डा. गोविन्द केसी धरान आएर आन्दोलनकारीरुलाई समर्थन जनाएका छन् । एक महिना भन्दा लामो समयदेखि प्रतिष्ठानमा भएको भ्रष्टाचार, व्यथिति, पदाधिकारीहरुले गरेका मनोमालिन्य कामहरुको विरुद्धमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, वेलफेयर सोसाइटी, विद्यार्थी लगायतले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरेर पदाधिकारीको राजीनामासहित १२ बुदे माग राखी आन्दोलनमा उत्रिएका उनीहरुको समर्थनमा केसीले यस अगाडि नै प्रेस विज्ञप्तीमार्फत समर्थन जनाएका थिए । तर बुधबार प्र