स्थानीय सरकार खेलकुद गतिविधिमा सक्रिय

  • मंसिर २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानलाई फुटबल खेलमा मिनी ब्राजिलको रुपमा चिनिने गरिन्छ । विभिन्न खेलहरुमा धरान अग्रस्थानमै रहेको छ । थप धरानको खेलकुदको विकासमा स्थानीय तहहरुले जोड दिएका छन् । स्थानीय स्तरको विकासको एउटा पाटो खेलकुद रहेको भन्दै स्थानीय तहको पनि वडावडाबाट टोलस्तरीय प्रतियोगिता हुन थालेका छन् ।

करिब तीन दशक देखि धरान उपमहानगरपालिका वडा नं. १७ ले प्रत्येक बर्ष सञ्चालन गर्दै आएकोे गोधुली फुटबल प्रतियोगिताबाट धरानको फुटबल खेलको विकास भएको पाइन्छ । गोधुली पश्चात शुरु भएको मोफसलकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन भएको बुढासुब्बा गोल्डकप पनि दुई दशकभन्दा लामो समय भइसकेको छ ।

क्लबले आफ्नो बलबुताले भ्याएसम्म आयोजना गर्ने गरेका यस्ता प्रतियोगितालाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत सहयोग गर्दै आएको छ । धरानको खेलकुदको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले तत्कालीन मेयर स्व. तारा सुब्बाले मेयर कपको आयोजना गरेसंगै अहिले वडा वडाबाट समेत प्रतियोगिता हुन थालेका हुन् ।

यसैको निरन्तता दिदै धरान १४ ले गतबर्षदेखि टोल स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । ग्रास रुटबाट नै फुटबलखेलको विकास गर्ने र स्थानीय स्तरबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वडाध्यक्ष कपको आयोजना गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् । स्थानीय युवाको व्यक्तित्व विकास, अनुशासन, विवेकशील बनाउन मात्र हैन राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बताए । उनले भने, ‘धरानबाट राम्रा खेलाडी उत्पादन गर्नकै लागि हामीले गतबर्षदेखि वडाध्यक्ष कप आयोजना गरेका हौं ।’

खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर १४ नंं वडा समिति अगाडि बढेको वडा कार्यालयले जनाएको छ । प्रतियोगितामात्र हैन समय समयमा खेलसम्बन्धी तालिम समेत प्रदान गर्दै आएको १४ नं. वडा समितिका सचिव अनिस भट्टराईले बताए । उनले भने, ‘हामीले खेलकुदका गतिविधिमात्र हैन समय समयमा खेलकुद सम्बन्धि तालिम समेत दिँदै आएका छौं ।’

वडा समितिको कामलाई स्थानीय बासिन्दाहरुले समेत प्रशंसा गर्दै सहयोग गर्ने गरेका छन् । धरान १४ का पंकज घिमिरेले वडास्तरबाटै शुरु भएको प्रतियोगिताले अन्य खेल खेल्न सहज हुने मात्र हैन खेलप्रति उनीहरुलाई रुची हुने बताए । उनले भने, ‘धरानलाई मिनी ब्राजिल भनेर चिनिन्छ, यहा धेरै खेलकुदका गतिविधि हुने गर्छन्, स्थानीय तहबाट नै यसरी खेलकुदको गतिविधि हुँदा धरानबाट खेलाडी उत्पादनमा सहयोग पुग्छ ।’

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved