स्थानीय सरकार खेलकुद गतिविधिमा सक्रिय

  • मंसिर २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानलाई फुटबल खेलमा मिनी ब्राजिलको रुपमा चिनिने गरिन्छ । विभिन्न खेलहरुमा धरान अग्रस्थानमै रहेको छ । थप धरानको खेलकुदको विकासमा स्थानीय तहहरुले जोड दिएका छन् । स्थानीय स्तरको विकासको एउटा पाटो खेलकुद रहेको भन्दै स्थानीय तहको पनि वडावडाबाट टोलस्तरीय प्रतियोगिता हुन थालेका छन् ।

करिब तीन दशक देखि धरान उपमहानगरपालिका वडा नं. १७ ले प्रत्येक बर्ष सञ्चालन गर्दै आएकोे गोधुली फुटबल प्रतियोगिताबाट धरानको फुटबल खेलको विकास भएको पाइन्छ । गोधुली पश्चात शुरु भएको मोफसलकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन भएको बुढासुब्बा गोल्डकप पनि दुई दशकभन्दा लामो समय भइसकेको छ ।

क्लबले आफ्नो बलबुताले भ्याएसम्म आयोजना गर्ने गरेका यस्ता प्रतियोगितालाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत सहयोग गर्दै आएको छ । धरानको खेलकुदको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले तत्कालीन मेयर स्व. तारा सुब्बाले मेयर कपको आयोजना गरेसंगै अहिले वडा वडाबाट समेत प्रतियोगिता हुन थालेका हुन् ।

यसैको निरन्तता दिदै धरान १४ ले गतबर्षदेखि टोल स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । ग्रास रुटबाट नै फुटबलखेलको विकास गर्ने र स्थानीय स्तरबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वडाध्यक्ष कपको आयोजना गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् । स्थानीय युवाको व्यक्तित्व विकास, अनुशासन, विवेकशील बनाउन मात्र हैन राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बताए । उनले भने, ‘धरानबाट राम्रा खेलाडी उत्पादन गर्नकै लागि हामीले गतबर्षदेखि वडाध्यक्ष कप आयोजना गरेका हौं ।’

खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर १४ नंं वडा समिति अगाडि बढेको वडा कार्यालयले जनाएको छ । प्रतियोगितामात्र हैन समय समयमा खेलसम्बन्धी तालिम समेत प्रदान गर्दै आएको १४ नं. वडा समितिका सचिव अनिस भट्टराईले बताए । उनले भने, ‘हामीले खेलकुदका गतिविधिमात्र हैन समय समयमा खेलकुद सम्बन्धि तालिम समेत दिँदै आएका छौं ।’

वडा समितिको कामलाई स्थानीय बासिन्दाहरुले समेत प्रशंसा गर्दै सहयोग गर्ने गरेका छन् । धरान १४ का पंकज घिमिरेले वडास्तरबाटै शुरु भएको प्रतियोगिताले अन्य खेल खेल्न सहज हुने मात्र हैन खेलप्रति उनीहरुलाई रुची हुने बताए । उनले भने, ‘धरानलाई मिनी ब्राजिल भनेर चिनिन्छ, यहा धेरै खेलकुदका गतिविधि हुने गर्छन्, स्थानीय तहबाट नै यसरी खेलकुदको गतिविधि हुँदा धरानबाट खेलाडी उत्पादनमा सहयोग पुग्छ ।’

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved