विराटनगर । प्रदेश १ मा आइतबा ४ सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २ सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १ सय ४ पुरुष छन् । मोरंङको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगे
विराटनगर । सीमा नाका बन्द भएपनि भारतबाट नेपालतर्फ हुने तस्करीमा भने कमी आउन सकेको छैन । मोरङ र सुनसरीका सीमा नाकामा दसैं नजिकिएसंगै विभिन्न सरसामान तस्करी हुने क्रम पनि बढेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार अवैध रुपमा भन्सार छली गरी लुकाई पिपाई ल्याएको करिब रु. ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामग्री प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा विराटनगरको रानीको सिमा क्षेत्रबाट ल्याउँदै गरेको करिव रु. ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अवैध
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।प्रहरी दिवशको अवसर पारेर विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवा नगरपालिका–३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका–७ का रमेश यादव, इनरुवा नगरपालिका–३ का जिनियस निरौला रामधुनी नगरपालिका–१ कि रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा न–६ का जिवन पराजुली रहेका छन् भने निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका&ndash
इलाम । पर्यटकीय नगरीको रुपमा चिनिएको इलामको सूर्योदय नगरपालिका–८ मा एक वर्ष अघि १५ करोड लगानीमा होटल ‘स्टन ब्लू’ खुल्यो । होटलमा लगानी गरेका नरेन्द्र रिजालले एनआईसी एशिया बैक बाट ऋण लिएका थिए । झापाको शिवसताक्षी नगरपालिका–११ का रिजालले अघिल्लो वर्षको दशैको मुखबाट होटल सञ्चालन शुरु गरेका थिए । होटल शुरु गरेको छ महिना वित्न नपाउँदै गएको चैत ११ गते देखि भएको लकडाउनसंगै होटल पनि बन्द भयो । होटल सञ्चालन शुरु भएको छ महिना वित्न नपाउँदै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएपछि होटल बनाउन बैकबाट लिएको ऋणको किस्तानै बुझाउन गाह्रो भएको स्टन ब्लुका सञ्चालक नरेन्द्र रिजाल बताउँछन ।
विराटनगर । विराटनगर महानगरपालिकामा दैनिक औसत ढेड सयको संख्यामा कोरोना संक्रमित थपिने गरेका छन । पीसीआर परीक्षणको नजिता ढिलो आउनाले सर्वसाधारण समस्यामा परेका छन । स्वाब दिंदा ६ दिनसम्म कुनुपर्ने बाध्यता भएकै बेला समस्या समाधान गर्न भन्दै महानगरकै संयोजनमा उद्योगी–व्यवसायी, सांसद तथा राजनीतिकर्मीले सहयोग गरी कोसी अस्पताललाई पीसीआर र एक्ट्राक्ट मेसिन हस्तान्तरण गरे । ७६ लाख रुपैया संकलन गरी दिएको दुईवटा मेसिनको अस्पतालले सदुपयोग नै गर्न सकेको छैन । मेसिनको क्षमता अनुसार संचालन नहुँदा पीसीआर परीक्षण गराउने सर्वसाधारणलाई झन् सास्ती भएको छ । कोसी अस्पतालले दुबै मेसिनलाई पूर्ण क्षमतामा संचालन
धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।
धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।
इलाम / इलामको माई नगरपालिका १ का ४६ वषिर्य शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि ठाउँका ४५ वर्षिय पदम बहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । प्रहरि कार्यलय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीका अनुसार मृतक राई सोहि स्थानको पदम बहादुर राईको घर आगनमा मृत अवस्थामा रहेको भन्ने सुचना पाएपश्चात प्रहरिले अनुसन्धान थालेको थियो । ‘ घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियार द्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप पारमभीक अनुसन्धानमा सहयोगको लागी तत्काल संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा &ldqu
इलाम / कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यूू भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा राती साढे ११ बजे बालकको बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भईरहेको थियो । असोजको ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएको ती बालिकामा ५ दिन अघि कोरोना संक्रमण देखिएको थियो । थप उपचारको लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्र
धनकुटा / धनकुटाको साँगुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाध्यान्न सहित आर्थिक सहयोग राहत स्वरुप वितरण गरिएको छ । सो गाँउपालिकाको वडा नं. १, २ र ७ का ४१ घरपरिवारलाई खाध्यान्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र साँगुरीगढी गाउँपालिकाको व्यवस्थापनमा वितरण गरिएको हो । प्रति पीडित परिवार ५०÷५० केजी चामाल, ४÷४ लिटर तेल, ३÷३ केजी नुन, ३÷३ केजी चिनी, ५÷५ केजी दाल र २÷२ हजार नगद आर्थिक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीनप्रसाद सुवेदीले बताए । यस वर्षको अविरल वर्