पहाडी क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित

  • माघ २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पहाडी क्षेत्रमा अत्याधिक हिउँ परेका कारण जनजीवन प्रभावित बनेको छ ।

खासगरी ताप्जेजुङ, तेह्रथुम, धनकुटा तथा संखुवासभाको अधिकांश पहाडी क्षेत्रमा हिउँ परेका कारण त्यहाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो ।

तेह्रथुमको लाली गुँरास नगरपालिका अन्तर्गत बसन्तपुर, धनकुटाको चित्रे र नुनथला तथा संखुवासभाको देउराली, ताप्लेजुङको तीनजुरेमा अत्याधिक हिउँ परेको स्थानीयहरु बताउँछन् । लालीगुरास नगरपालिकाका स्थानीय कृष्ण खुवाङले हिउँ परेकै कारण बसन्तपुर बजारका स्थानीय जनजीवन कष्टपूर्ण भएको बताए । उनले बसन्तपुरमा तीन चार फिट हिउँ परेको बताए । उनले भने, ‘विहीबार र शुक्रबार अत्याधिक हिउँ परेको छ, अहिलेसम्म हिउँ विलाएको छैन, चीसोका कारण काम गर्न कठिनाई भएको छ ।’

स्थानीय मणिकुमार सुब्बाले हिउकै कारण दैनिकी रोजगारी समेत प्रभावित भएको बताए । सडकको कल्बर्ड ठेक्का लिएर काम गर्दै गरेका उनले अत्त्याधिक हिउँ परेकै कारण काम अवरोध भएको बताए । उनले भने, ‘दुई दिन परेको हिउँका कारण काम नै ठप्प भएको छ, काम गर्ने स्थानमा हिउँले ढाकेका कारण असहज भएको हो ।’

अत्याधिक परेको हिउँका कारण यात्रुवाहक बस समेत गन्तव्यमा पुग्न नसकेको यातायात मजदुरहरु बताउँछन् । यातायात मजदुर पर्शुराम नेपालले विहीबार र शुक्रबार परेका हिउँका कारण सिधुवादेखि माथि सवारी साधन नै लान नसकेको बताए । उनले भने, ‘सिधुवादेखि माथि नुनथलामा अत्याधिक हिउँ परेको छ, हिउँ पन्छाएर पनि बस लान सकिएन, शनिवार भने डोजरले हिउ खनेर बाटो बनाएपछि सवारी साधन मुस्किलले लान सकिएको हो ।’

उनले धनकुटाको सिंधुवा, चित्रे, तेह्रथुमको बसन्तपुर र संखुवासभाको देउरालीमा सबैभन्दा बढी हिउँ परेका कारण सवारी सञ्चालनमा कठिनाइ भएको बताए । उनले भने, ‘डोजरले हिउँ पन्छाए पनि सवारी साधन चलाउन कठिनाई भयो, संखुवासभाको मुढे सनिश्चरे सम्म पुगियो तर फर्किन कठिन छ ।’

हिउँ पूर्ण रुपमा नपग्लिएसम्म सहज रुपमा सवारी साधन सञ्चालन गर्न कठिनाई भएको उनको भनाई छ । जबरजस्ती सवारी साधन चलाउदा पनि दुर्घटनाको जोखिम बढी भएको उनले बताए ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved