संघीयता प्रति वितृष्णा पैदा गर्न खोजियो

  • माघ २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

धरान । गठबन्धनका दलहरुले कार्यकर्तालाई मन्त्री बनाउनकै लागि मात्र मन्त्रालय विस्तार गरेको आरोप लागेको छ । कार्यकर्तालाई रिझाउनकै लागि मन्त्री बनाउँदा अर्थतन्त्रमा पनि ठुलो असर गरेको राजनितिशास्त्रीहरु बताउँछन् ।

धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनितिशास्त्रका प्राध्यापक डा. अमृत श्रेष्ठले सरकार विस्तारले आम जनमानसमा नकारात्मक सन्देश प्रवा गरेको बताए । उनले भने, ‘यो काम राम्रो भएन, यसले आम जनमानसमा नरारात्मक सन्देश प्रवाह गरेको छ, कार्यकर्तालाइ रिझाउनकै लागि मन्त्री बनाउदा अर्थतन्त्रमा पनि ठूलो असर पर्छ ।’

मन्त्रि परिषदको विस्तारले अन्य पार्टीमा त असन्तुष्ट देखिए सँगै गठनन्धनका तहमा पनि अगुवा कार्यकर्ताहरु पनि असन्तुष्ट रहेको उनको भनाई छ । नेता तथा कार्यकर्ताको कार्यबाट आम नागरिकलाई पनि संघीयताप्रति वितृष्णा पैदा भएको उनी बताउँछन् । उनले भने, ‘संघीयतालाई सकारात्मक ढंगले लिएर जानुपर्ने हो, मन्त्री परिषद् विस्तारले संघीयतामा आफ्नो मान्छे, कार्यकर्तालाई मात्र मन्त्री बनाउने थलोको रुपमा विकास भएको देखिएको छ ।’

संघीयता लागू हुने वित्तिकै धेरै कमीकजोरी भएको उनको ठम्याई छ । उनले भने, ‘शुरुमै प्रदेश प्रमुख फेरिनु, मुख्यमन्त्रीले पनि पूरा कालसम्म काम गर्न नसक्नु, प्रदेश प्रमुख फेरिनु हुदैन थियो, सघीयताको अस्लिताको शुरुवात यहीबाट शुरु भएको हो, आम नागरिकले जुन कुरा सोचेका थिए, त्यो अनुरुपको काम हुन नसक्दा संघीयतातर्फ विस्तृणा भएको छ ।’
यता विपक्षी दल नेकपा एमाले स्थायी समिती सदस्य तथा प्रदेश एकका पुर्व मन्त्री हिक्मत कार्कीले वर्तमान गठबन्धन दलका नेताहरुले संघीयतालाई मजबुद बनाउन लाग्नु पर्ने बेलामा कमजोर बनाउन लागेको बताए ।

मन्त्रालयलाई टुक्र्याएर १३ वटा पुर्याएको विषयमा आपत्ती जनाउँदै कार्कीले भने, ‘राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश सरकारले संघीयता विरुद्धमा जनतामा वितृष्णा पैदा गर्छ ।’ सीमित अधिकार भएका सीमित मन्त्रालयलाई विभाजन गरेर मन्त्रालय थप गर्नु भनेको राजनीतिक दलप्रति जनतामा थप वितृष्णा थप्ने काम भएको उनको आरोप छ । अविलम्ब संसदको बैठक बस्नुपर्ने बताउँदै कार्कीले त्यही आफ्नो कुरा सशक्त ढंगले राख्ने बताए ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved