सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा महिलाहरुको लागि १४ दिने थाकलद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम शुरु भएको छ । नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयले सहयोग गरेको हो । बुधबार देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रामरति चौधरी, ओम कुमारी चौधरी र सुनिता तिवारी हुमागाई रहेका छन् । २५ जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक सुनिता तिवारी हुमागाईले जानकारी दिइन् । महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल ग्रिन लिक फाउन्डेसन प
धरान । सफल कार्यकालको प्रशंसा गर्दै धरान उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । महेन्द्र वहुमुखी क्याम्पसमा आयोजना भएको बरिष्ठ कवि टिका आत्रेयको सिर्जना वाचन, पुस्तक परिचर्चा तथा सम्मान कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको हो । प्रा.डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र विजयपुरको आयोजना तथा किरात देवान समाज केन्द्रीय कार्य समिति सहआयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष भट्टराईलाई सम्मान गरिएको हो । कार्यक्रममा भट्टराईसँगै कला, साहित्य तथा समाजसेवामा योगदान पु¥याएको भन्दै अनिल पौडेल, मातृका संग्रौला, जयकला राई, भगवती
धरान । सुनसरी जिल्लामा ५ लाख ३८ हजार ३ सय १३ जनाले कोरोनाको खोप लगाए पनि पुर्ण खोप भने ३ लाख ९२ हजार ५ सय ९ जनाले मात्रै लगाउन पाएका छन् । पुर्ण खोप लगाउन अझै १ लाख ४५ हजार ८ सय ४ जना बाँकी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार हाल सम्म खोप लगाउन लक्षित जनसंख्या मध्ये ६४ दशमलव ७४ प्रतिशतले मात्रै पुर्ण रुपमा खोप लगाएका छन् । कार्यालयले कुल जनसंख्या ९ लाख २४ हजार ४ सय ५९ मध्ये १८ वर्ष माथिका ६ लाख ६ हजार २ सय ६० जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । गत वर्षको माघ र फागुन देखि शुरु भएको कोभिड सिल्ड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउनेको संख्या हाल सम्म १ लाख ११ हजार २ जना रह
धरान । कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीहरूलाई असहयोग नगर्न सचिवहरूलाई पनि आग्रह गरेका छन् । उनले भने, ‘यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीज्यूहरूलाई अलमलाउनु भएन, टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवज्यूहरूले पनि मन्त्रीज्यूहरूलाई खुला र पारदर्शी ढंगले भन्नुप¥यो ।’ उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्दै जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने बताए । म
बिकासको नाममा सडक पुगेको, तर बर्सादमा पहिरोले गर्दा कैयौ महिना बाटो बन्द हुने। बिजुली पुगेको; तर साना जलबिद्दुततले गर्दा बिजुली बाल्नसम्म पुग्ने; टि.भि हेर्न नमिल्ने। फोनको टावर पुगेको, तर घाम लागेको दिनमात्र सम्पर्क गर्न सकिने ठाउँ अनि ति ठाउँका पिछडिएको समुदायका महिला; मुस्किलले पढ्नलेख्न सम्म सक्ने महिला। कति त अनपढ! त्यस्तो ठाउका महिलाले आफ्नो स्वास्थ्य सम्बन्धि अधिकारको लागि आवाज उठाएको, गाउटोलका अरु महिलालाई प्रजनन् स्वास्थ्य सम्बन्धि धेरै थोरै जानकारी दिएको, स्थानीय कर्मचारी र नेतासमक्ष प्रजनन् जस्तो बिषयमा आफ्नो समस्या खुलस्त रुपमा राखेको र समाधानको माग गरेको
जनकपुर/ धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिगमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरू गरेको छ। अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो। जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिगमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिगबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। ‘रेल्वे लिगमै
धरान । त्रिभुनव विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको चौथो सेमेष्टरको नतिजामा धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत छात्रा प्रिजा डाँगी यसपटक पनि ‘धरान टपर’ र प्रदेश १ टपर बन्न सफल भएकी छिन् । चौथो सेमेष्टर अन्तर्गत फाइनलको नतिजामा प्रिजाले ३ दशमलव ८३ जिपिए प्राप्त गरेकी छिन् । क्याम्पस प्रमुख तुम्बाबोका अनुसार यो नतिजा प्रदेश १ मै उत्कृष्ट हो । त्रिविले कलेजका लागि ३३ जनाको लागि कोटा निर्धारण गरेको छ । ३३ जना विद्यार्थीले नै उत्कृष्ट नतिजा ल्याएको उनले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले भने, ‘अन्यको पनि नतिजा उत्कृष्ट छ, समग्र विद्यार्थी अनुपातमा धेरै वि
धरान । थाई बक्सिङ खेललाई व्यवसायीकरण गर्न नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । मंगलबार धरानमा एक कार्यक्रमको आयोजना गरी मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको जानकारी दिइएको हो । सुनसरी जिल्ला समितिको अध्यक्षमा एलकन थापा मगर चयन भएका छन् । समितिको उपाध्यक्षमा अशेस राई, सचिवमा नविन राई, सह–सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा भने सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् । समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको प्रमुख आतिथ्यतामा भएको थियो । चयन भएका सुनसरी जिल्ला समितिका पदाधिकार
धरान । धरानका कृषकलाई चार थान खेतबारी जोत्ने पावर ट्रिलर उपमहानगरपालिकाले प्रदान गरेको छ । मङ्गलबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वडा नं. ४ का साना किसान तथा सहकारी संस्था लि, वडा नं. ५ का श्री जरिआहाल सामुदायिक कृषक समूह, वडा नं. ६ का गंगाधन बहुउद्देशीय कृषि फर्म र वडा नं. २० का चक्रकुण्ड सहकारी संस्था लि. का कृषकलाई पावर ट्रिलर हस्तान्तरण गरेका हुन् । कृषि शाखा अधिकृत भक्तिराज शर्माले धरान उपमहानगरपालिका भित्र रहेका कृषकहरुको व्यवसाय प्रवद्र्धन र सहजताका लागि आधुनिकिकरण कार्यक्रम अन्तर्गत विभिन्न प्याकेजहरु ल्याएको बताए । किसानहरुको पेशालाई प्रवद्र्धन गर्नका निम्ति खेतबारी जोत्ने प
धरान । सरकारी अस्पतालहरुको सेवा सुविधा चुस्त नहुँदा नागरिकले पाउने स्वास्थ्य उपचार प्रभावित बन्दै गएका छन् । देशका अधिकांश सरकारी अस्पतालको उपचार सेवा प्रति नागरिकको गुनासो बढ्दै गएको छ । विशेषज्ञ डाक्टर नबस्ने, सुचना प्रणाली व्यबस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहूँचवालाले मात्रै सेवा पाएको गुनासो सेवाग्राहीको छ । विराटनगर स्थित कोशी अस्पतालको उपचार सेवा प्रति पनि बिरामीको गुनासो अधिक छ । संवाद समुह प्रदेश एकले आयोजना गरेको संवादमा पनि सेवाग्राहीले अस्पताल सेवा सुधारका लागि सुझाव दिएका थिए । विराटनगर स्थित कोशी अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त नभएको गुनासो बढ्दै गए पछि मोरङका राजनीति