‘धरानमा एमालेको विरासतलाई फर्काउँदैछौ’

  • बैशाख २१, २०७९
  • कोशीपत्र/संवाददाता
alt

● धरानको स्थानीय तहको एमालेका उम्मेवद्धवार उपनिर्वाचनमा पराजित हुनु भयो, यो चुनावमा बिरासत फर्काउने कोशिसमा हुनुहुन्छ, सम्भब छ ?

– बामपन्थीहरुले धरानलाई नेपालको एउटा बेईजिङ भनिन्छ । बि.स.२०१७ सालको निर्वाचन देखि अहिले सम्म धरान वामपन्थीहरुको वर्चस्व रहेको थियो । तर उपनिर्वाचनमा हामीले पराजय भोग्यौ । त्यो पराजय हाम्रो पाटीको प्रतिष्ठाको रुपमा पार्टीले हेरेको छ । अन्य ठाँउमा पनि निर्वाचन हारेउ । उपनिर्वाचन भएका ठाँउमा नेकपा एमालेले हार्यो । तर धरान हार्दा देशमै चर्चाको बिषय बन्यो। अन्य पार्टीहरुले पनि चासो राख्यो । कसरी नेकपा एमाले हार्यो भन्ने चर्चाको विषय बन्यो र यो आफनो बिरासत फर्काउने कुरा सम्भव छ किन की एमालेका जनप्रतिनिधीहरुले गरेको काम र जन विस्वास नै चुनाव जित्ने आधार हुन् । उप निर्वाचनबाट जितेर गएका मेयर तिलक राईले के गरे त ? आफ्नो कार्यकालमा त्यसै खेर फाले धराने जनताले आसा भरोसा गरेका कुरा पुरा गर्न सकेनन् । त्यसैले अव फेरी एमालेकै जनप्रतिनिधी अवास्इक रहेको अनुभव गर्न थालि सकेका छन् । अवको चुनावमा जनताले हाम्रै पाटीको उम्मेद्धवारको जीत सुनिश्चित हुने छ ।

● बिरासत फर्काउने आधारहरु के–के छन् ?

– धरान उपमहानगर पालिका देशकै चर्चित, बिकसित सहरहरुमा पर्छ । धरानलाई यो बिकासको नयाँ रेखा कोर्ने अभिभारा पनि धरानलाई जान्छ । नयाँ धरान बिकासको खाका कोरेर समृद्ध धरानको खाका कोरेर अगाडी बढेको भनेको नेकपा एमालेको नेतृत्वमा हो । पूर्व मेयर स्वर्गीय ध्यानबहादुर राई हाम्रै पार्टीको हुनुहुन्थ्यो । हाम्रै पार्टीबाट सूर्य चुनाव चिन्हबाट चुनाब लड्नु भएको थियो । वहाँको टिममा मनोजकुमार मेन्याङ्बो उपप्रमुख हुनुहुन्थ्यो । वहाँहरुकै नेतृत्वमा जनताको सहभागितामा बिकास निर्माण गर्न सकिन्छ भनेर उदाहरण पेश गर्ने नेकपा एमाले कै नेतृत्व हो । पूर्व मेयर स्वर्गीय ध्यानबहादुर राई र तत्कालिन उपमेयर मनोजकुमार मेन्याङ्बोले कोरेको बिकासको खाकालाई पछि मेयर भएपछि मेयर मनोजकुमार मेन्याङ्बोले त्यो खाकालाई साकार पार्नु भयो । धरानलाई सुन्दर, सफा, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारयुक्त व्यापारिक सहर नारा अघि बढाएर कुनै वडाहरुमा सडक कालेपत्रे थिएन । अघिकांश वडाहरुमा ड्रेनहरु पनि थिएन । कालो पत्रेको नाममा यहि कोशी राजमार्ग, केहि–केहि ठाउँहरुमा चतरा लाईन र सिद्धार्थमार्ग र महत्वपूर्ण मार्गहरुमा मात्र थियो । ती स्थानबाहेक अन्य स्थानमा कालोपत्रे सडक पनि थिएन ड्रेन पनि थिएन । त्यसलाई ड्रेन बनाउने, ढलको व्यवस्था गर्ने, कालो पत्रे गर्ने कुरा, सुन्दर फूलबारीको सहरको रुपमा बिकास गर्ने काम हाम्रो नेकपा एमालेको नेतृत्वमा सुरु भयो । धरान–८ स्थीत सभागृह, धरान–३ चिनिया चौक स्थीत सपिङ कमप्लेक्स, धरान–१३ स्थीत कृषि उपज बाजर, धरान–२ को घण्टाघर लगायत थुप्रै कुराहरु हाम्रै नेकपा एमालेको नेतृत्वको पालामा सुरु भएको हो । यी यस्ता थुपै आधारहरु छन् । जसमा धरान नेकपा एमालेलाई धराने जनताहरुको अपार साथ सहयोग छ । यो नयाँ धरानको स्वरुपलाई तयार पार्न सुरु गर्ने नेकपा एमाले हो । त्यो सृङ्खला अहिले पनि अगाडी बढ्दै आएको छ । अहिलेको सुन्दर बस्ती आयोजना, स्मार्ट बसपार्कको सुरुवात भएको त्यो पनि सुरुवात पनि नेकपा एमालेले जितेर नै अगाडी बढेको हो ।

● धरान आदिवासी जनजातीहरुको शहर हो ,यहाँको भाषा, कला, सँस्कृतिको बिकासको लागि एमालेसँग के छ योजनाहरु ?

– भाषा, कला, सँस्कृृतिको जर्गेना गर्नु पर्छ भनेर पूर्व स्वर्गीय मेयर तारा सुब्बाले नेकपा एमालेबाट स्थानिय चुनावब जितेर गएपछि धरानमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने काम प्रदेश नंबर १ मै पहिलो पटक गर्नु भएको थियो । धरान उपमहानगर पालिकाले यहाँको स्थानिय भाषा, कला, सँस्कृृति, सँस्कार, यहाँको भुगोललाई हेरेर पाठ्यक्रम तयार गर्ने भन्ने कुरा घोषणा पत्रमै छ । त्यसैले यो हाम्रो पार्टीले भाषा, कला, सँस्कृृति, सँस्कारको जगेर्ना गर्न लागि परेको छ ।

● यत्ति मात्रै पर्याप्त होला त धरान आदीबासी जनजातिहरुको सहरमा ?

– धरान आदीबासी जनजातिहरुको सहर त्यसो भएकाले विजयपुरमा आदीबासी जनजाति संग्राहलय निर्माणलाई अगाडी बढाईएको छ । आदीबासी जनजातिको पहिचानसँगै यहाँका सबै जातजातिको पहिचान झल्कने बहुजातिय संग्राहलयको निर्माण गर्न लागिएको हो । तर बजेटको अभावले गर्दा निर्माणमा तीब्रता पाउन सकेको छैन । यसलाई तीब्र्ररुपमा निर्माण गर्न हाम्रो नेकपा एमालेले धरानमा जिते पछि तीनै तहको समन्वयमा बहु जातिय संग्राहलय निर्माणलाई पनि अगाडी बढाईने छ ।

● एमालेबाट मेयरको उमेरद्धार मन्जु भण्डारी, उपमेयरको उमेरद्धार पदम इस्पोलाई उठाउनु भएको छ। धरान आदीबासी जनजातीहरुको सहर हो तर उमेरद्धारमा बिगतको झै मेयर र उपमेयर दुबै आदीबासी जनजाति थिए तर यसपाली त्यस्तो रहेन अब के होला त ?

. कस्को आवश्यकता पर्छ। उसैलाई उठाउनु पर्छ । त्यो जात, धर्म बिशेषले फरक पार्छ भन्ने हैन । मान्छेको प्रश्न त हरेक प्रकारको उठ्छ । यो मानवीय स्वभाव हो । त्यसैले गर्दा यस्ता कुराहरु उठ्छ । हाम्रो पार्टीले मन्जु भण्डारीले धरान उपमहानगरपालिकामा जित्नु हुन्छ र राम्रो नेतृत्व गर्नुहुन्छ भनेरै उमेरद्धारको रुपमा उभाएको हो । यसमा कुनै एउटा जाति विशेष भन्ने कुरा आयो ,त्यो आफनो ठाउँमा जायज होला तर हाम्रो पार्टीले धरानमा जस्को आवश्यकता छ उसैलाई उठाएको हो ।

● धरानमा रोजगारीको अभावमा छ, धेरै युवाहरु बेरोजगारी रहेका छन् उनीहरुको लागि तपाईहरुको के योजनाहरु छ ?

– धरान शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारयुक्त बहुसाँस्कृतिक सहर, सुविधा सम्पन्न सहर भनेर हामी भन्छौ । यहाँ रोजगारी सृजना गर्ने खालको उद्योगहरु हामीले स्थापना गर्न सकेका छैनो । तर संघिय सरकारको समन्वयमा धरान–६ पानवारीमा औधोगिक ग्राम निर्माण गर्न सुरु गरेका छौ । काम अगाडी बढेको छ । यसगरी धरान–८ को तीनकुनेको औधोगिक क्षेत्रलाई पनि थप बिकास गर्नका पनि हामी पहल गरिरहेका छौ । यसरी हामी औधोगिक ग्रामको तीव्र गतिमा निर्माण गरेर उद्योगको स्थापना गर्ने र धरान–८ तीनकुनेमा रहेको औधोगिक क्षेत्रलाई पनि स्तर वृद्धि, क्षमता वृद्धि गर्दै उद्योग संचालन गर्नेछौ। यसको लागि सघंमा पनि समन्वय भईरहेको छ र भईरहनेछ । साथै प्रदेश सरकारलाई यहाँबाट प्रतिनिधीत्व गर्नुहुने माननीयज्युहरुले पहल गर्नुहुनेछ । यसरी धरानको वेरोजगारी समस्यालाई समाधान गर्न र धरानबाहिरको उद्योगमा काम गर्न जाने युवाहरुलाई धरानकै उद्योगमा स्वरोजगार बनाउन पहल गर्नेछौ । यसैगरी निजी लगानीकर्ताहरुलाई धरानमा उद्योग स्थापना गर्नको निम्ति हामी पहल गर्नेछौ, हाम्रो घोषणा पत्रमा पनि उल्लेख छ ।

● तपाई संघिय सांसद भई रहँदा धराने जनताले के पाए ?

– मैले चुनावी दौडानमा नै धरानलाई पुरानो व्यापारिक सहरको रुपमा पुर्नस्थापना गर्नु पर्छ भनेर आम मतदातासँग प्रतिवद्धता गरेको थिए । सोही अनुरुप धरानको पुरानो व्यापारिक सहरको साखमा फर्काउन धरानलाई चारै तिर सडक संजालले घेर्नुपर्छ भनेर धरानलाई धनकुटा, मोरङ लगायत छिमेकी नगरपालिकाहरुसँग जोड्नु पर्छ भनेको थिए । त्यसको लागि अहिले मदन भण्डारी राजमार्ग अहिले धमाधम बनिरहेको छ । संघिय सरकारबाट धरानमा सर्दु खोलामा पुल, पटनाली खोलामा पुल, ठकुरी खोलाको पुल, मंगलबारे देखि विष्णुपादुका जाने पुल, झुम्काको लगुना चौक हुदैँ कुमार खत, हरियाली हुदै रास ताल जाने बक्लौरीसँग जोडिएको छ ।सेउती खोलामा पुल, निराजन बस्तीबाट पत्रङबारी, देबि गाँउ हुदै राजारानीसम्म जोड्ने ढाँडे तेलेनपुर सम्म जोड्ने पुल, अधेरी खोलामा पुलको निर्माण भएको छ । यसरी सडक संजाललाई जोडाएर धरानको व्यापार, व्यवसायलाई अन्य नगरहरुसँग जोड्ने प्रयास भएको छ । त्यी सडक संजालले एक स्थानबाट अर्को स्थानमा सहज तरिकाले आवत–जावत गर्न, व्यापार, व्यवसाय गर्न सँगै शिक्षा, पर्यटनलाई समेतलाई जोड्ने काम भएको छ । यसरी संघिय सरकारबाट करिब एक अरबको लागतमा ८ वटा पुलहरु बन्ने काम सम्पन्न हुने चरणमा छ । एउटा मात्र बाँकी छ ।
रणनीति सडकको रुपमा बाङ्े देखि सर्दु खोलाको पुलको डिलसम्म चतरा तिर जाने सडकमा यो मदन भण्डारी राजमार्गमै जोड्को निम्ति एक निर्वाचन क्षेत्र एक निर्वाचित सांसदले एउटा रणनीति सडक छान्न पाउँछ । त्यो छान्नको निम्ति मैले धेरै प्रयत्न गरे तीन वर्ष लगातार पहल, प्रयत्नमा तत्कालिन भौतिक, यातायात तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङज्युको कार्यकालमा हाम्रो सरकारको नेतृत्वमा एक सय पैसठ्ठी वटै निर्वाचन क्षेत्र छ। ती निर्वाचन क्षेत्रका एउटा–एउटा सांसदले छान्ने रणनीति सडक मैले एउटा छानेको छु र त्यो टेन्डर आव्हान भएर अव काम प्रारम्भ हुन्छ । त्यो महत्वपूर्ण कुरा हो । अनि हरियालीको सडक बक्लौरीसँग जोड्नको निम्ति स्थानिय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत सडक निर्माण गरिएको छ । शुलीकोटबाट गोलखाडी जाने महाभाराजानको लागि सहजताको लागि ट्राक खुला गरिएको छ । सतिघाट र धरानलाई जोड्को लागि पनि ट्रयाक खुला गर्ने काम सुरु गरिएको छ । जसको कारणले धरानमा आउन त्यहाँका बासिन्दाहरुलाई सहज हुन्छ । यसरी धरानको बिकासको लागि यस्ता सडक तथा पुलको संजालले चारै तिर धरानलाई जोड्न सकियो भने धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधारयुक्त व्यापारिक सहरको बिकास हुन्छ भनेर म संघिय सांसद भए पछि ती कार्य गर्न लागि परेको हु । कत्ति कार्य सम्पन्न भएका छन् भने कत्ति सम्पन्न हुने चरणमा छन् ।
यो सँगै धरानमा विद्युत प्रशारण लाईनको सब स्टेशन निर्माण, केवलकार संचालन यसैगरी धरान पर्यटनको हब भएकाले पर्यटन बोर्डको कार्यालय यसै क्षेत्रमा राख्नको लागि साथै खेलकुदको बिकास गर्नको लागि पनि निरन्तर उचित पहल प्रयत्न गरिरहेको छु ।

● अन्तमा के भन्न चाहनु हुन्छ?

– म सम्पूर्ण धराने मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु कि यहि बैशाख ३० गते हुने चुनावमा कसैको मीठो बोली र आश्वासनमा नभुलिनु होला । पार्टीहरुको घोषणा पत्र राम्रोसँग हेरेर मात्र मतदान गर्नु हुन अनुरोध गर्दछु । यदि कुनै त्यस्तो स्वतन्त्र व्यक्तिलाई मत दिएर धरानको बिकासलाई अबरुद्ध नगर्नु होला । यो बिकास कसले अगाडी बढाएको छ, कस्को नेतृत्वमा छ, अबमा कस्को पालोमा बन्ने छ भन्ने कुरालाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर मात्र मतदान गर्नहोला भन्न चाहन्छु ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved