‘हामी यसपटक पार्टी होइन व्यक्ति हेरेर भोट दिन्छौं ’

  • वैशाख २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १४ का सर्वसाधारणले यसपटक पार्टी हेरेर नभई राम्रो व्यक्तिलाई छानेर मतदान गर्ने बताएका छन् ।

वडाको समाग्र विकास गर्ने व्यक्ति जनप्रनिधिनि भएर आए पार्टीले केही फरक नपने बताउदै यस पटक पार्टी नभई विकासप्रेमी व्यक्तिलाई भोट दिने बताएका छन् ।

उनीहरुले अहिलेसम्म धरान १४ मा उठेका उमेद्वारहरुमा सबैभन्दा अब्बल दर्जाको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४ नं. वडाध्यक्षको उमेद्वार बनेका कृष्णप्रसाद भट्टराईलाई भोट दिने कुरा खुलेरै बताएका छन् ।

धरान १४ का सुरज केसीले भट्टराईले कोरोना संक्रमणका समयमा आफूहरुलाई गरेको सहयोग र विपत्ति परेको समयमा आफै लागेर घर निर्माण गरी बासस्थानको सुनिश्चित गरिएको स्मरण गर्दै उनले भने –‘धरान वडा नं. १४ को विकास कृष्णप्रसाद भट्टराई बाहेक अरुले सम्भव छैन, उहाँ कुन पार्टीमा हुनुहुन्छ त्यो हामीलाई थाहा छैन, उहाँजस्तो व्यक्ति फेरि एक पटक वडालाई चाहिएको छ ।’ उनले सर्वसाधारलाई समस्या परेको बेला साझ बेलुका केही नभन्ने बताउदै यस्ता व्यक्तित्वलाई पार्टीले टिकट नदिएर ठूलो गल्ति गरेको बताए ।

सुरजकै जस्तो भनाई रोजिना अधिकारीको नि छ । सुत्केरी भएको समयमा वडाध्यक्षले प्रत्यक्ष गरेको सहयोग आफू कहिल्यै नविर्सिने उनी बताउँछिन् । उनी भन्छिन्– पार्टीले टिकट नदिएर के भयो हामी भोट उहालाई नै दिन्छौं, १४ नं वडाबासीको सुख, दुःखमा साथ दिने र वडाको विकासमा दत्तचित्त भएर लाग्ने मान्छे अरु को छ र ?’

नेपाली कांग्रेस त्यागेर राप्रपाबाट टिकट लिएका धरान– १४ का वडाध्यक्षले भट्टराईलाई भने, ‘जनताले नै जुनसुकै चिहनबाट उठेपनि भोट हाल्छौं भनेपछि धरान–१४ का लागि वडाबासी बुबा आमाको सरसल्लाह अनुसार आफूले उम्मेदवारी दिएको हुँ ।’

कोरोनाको समयमा पनि मइले घरदैलो कार्यक्रममा गरि घर घरमा औषधी र खाद्यान्य लिएर पुगेको छु । सूचनाको प्रचार प्रसार गरेर धार्मिक पर्यटकीय स्थलहरुलाई अगाडी बढाँएका छौ । कांग्रेसलाई केही मागेका थिएनौ अधुरा काम गर्नु एक पटक अवसर माग्दा नदिएकाले राप्रपा रोज्नु पर्यो । जता भए पनि म जुन पार्टीमा भएपनि काम गर्ने हो । अघिल्लो घोषणाका ७५ प्रतिशतको काम पुरा भएको छ । केही काम पुरा हुन पाएका छैनन् अब म मेरो अधुरो काम पुरा गर्छु ।

उनले नेपाली काँग्रेसकै कारण आफू अहिले वडाको जिम्मेवारी सम्हाल्न पाएको बताउदै काँग्रेसलाई धन्यवाद समेत दिए । तर उनको गुनासो भने विगतमा कोरोना महामारी लगायत बजेट अभावका कारण पूरा हुन नसकेका कामहरुलाई पूरा गर्ने लक्ष्य राखेर पुन दोहोरिन चाहेको भएपनि पार्टीले टिकट नदिएपनि राप्रपाबाट उमेद्वारी दिएको बताउछन् । उनी भन्छन्–‘नेपाली कांग्रेसले मलाई यो ठाउँमा पु¥याएको हो । धरान १४ मा सडक विस्तारका कामहरु त भएका नै छन् अब धरान १४ का जनतालाई जति सक्दो छिटो पानी खुवाउँछु भनेर लागेको थिए । काठमाण्डौबाट विज्ञ टोली आएको थियो निर्वाचन आचार संहिता लागु भएकाले अहिले काम गर्नु पाएको छैन् । यो टोलीले बैशाख देखी आएर काम गर्छ जसले धरान १४ मा २० वर्ष पानी पुग्छ ।’

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved