खानेपानी व्यवस्थीत बनाएका देउरालीका मन प्रसाद लिम्बु

  • वैशाख २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केही वर्ष अघि सम्म धरान ५ स्थित देउराली खानेपानी व्यवस्थापन समितीका अध्यक्ष मन प्रसाद लिम्बु हुँदा व्यवस्थीत रुपमा वितरण प्रणाली थियो । उनले आफ्नो अध्यक्षता कालमा देउरालीको सबै टोलहरुमा सहज खानेपानी वितरणको प्रणाली बनाएका थिए । तर उनले छाडे पछि खानेपानी व्यवस्थापन अव्यवस्थीत बनेको छ । अहिले देउरालीका विभिन्न वडाहरु पानीको अभाव देखिन थालेको छ । उनी भन्छन, ‘अहिलेको खानेपानी वितरण हेर्दा दुख लाग्छ, खानेपानीको समस्याले दुखि बनाएको छ ।’

उनी भन्छन्, ‘मैले कार्यकाल सुरु गर्दा देउराली, देवीगाँउका स्थानीय खानेपानीको पाइप भए पनि पानी लिन डोको बोकेर ठिङ्गाबारी, खैरेनी, पानबारी देखी धरान १५ का विभिन्न ठाउँमा पुग्ने गर्थे तर म आइसकेपछि आफ्नै धारामा पर्याप्त मात्रामा पानी आउने वातावरण बनाए अहिले पुरानै अवस्था देहोरिएको छ । देउराली बासीले पर्याप्त मात्रामा पानी पाएका छैनन् ।’

स्थानीय तहमा नेपाली कांग्रेसको जनप्रतिनिधि आए पछि अव्यवस्थीत हुन थालेको उनी बताउँछन् । विभिन्न संघ संस्थाबाट सहयोग लिएरै भए पनि खानेपानीको उचित व्यवस्थापन गरेको बताउँदै उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि खानेपानीमा समस्या देखिनु दुर्भाग्य हो ।’

लिम्बु अध्यक्ष भएको समयमा जनघनत्व बढ्दै गर्दा पानीको थप आवश्यकता पर्छ भनेर विभिन्न योजनाहरू अघि सारेको थिए । कम्तिमा दैनिक २ घण्टा पानी खुवाउँने योजना थियो । तर योजना पुरा हुन नपाउँदै उनको कार्यकाल सकियो । उनको कार्यकालमा देउरालीमा खानेपानी डिभिजन, उपमहानगर र प्लान नेपालको लगानीमा ७६ लाखको योजना बनाएर देउरालीमा दैनिक २ घण्टा खुवाउने योजना बनाएको भए पनि समय अभावका कारण त्यो काम गर्न नसकेको उनी बताउँछन् ।

उनै लिम्बु अहिले नेकपा एमालेका तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका छन् । वडा नम्बर ५ को प्रमुख समस्याको रुपमा रहेको खानेपानी वितरण व्यवस्थापन नै पहिलो प्राथमिकतामा राखेका छन् । धरान ५ भरी देखिएको खानेपानीको समस्यालाई स्थानीय जनप्रतिनिधिको हैसियतले समन्वयनकारी भूमिका निर्वाह गर्दै, संघ, प्रदेश, नगर सरकार र दात्री संस्थाहरूको सहयोगमा जनसहभागितालाई परिचालन समाधान गर्ने उनको योजना छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसको तर्फबाट सन्तोष लिम्बु वडाअध्यक्षमा सन्तोष लिम्बु निर्वाचित भएका थिए । उनले देउरालीको खानेपानी समस्या समाधान गर्न कुनै पनि पहल गरेनन् । जसले गर्दा अहिले दुई दिनमा एक घण्टा पानि विरतण गर्नु पर्ने बाध्यता छ । लिम्बु भन्छन्, ‘अहिले देउराली मात्र हैन ५ नम्बर वडा भरी खानेपानीको समस्या छ, बर्खामा त झन हाहाकार नै हुन्छ, खानेपानीमा अघिल्लो जनप्रतिनिधिको भूमिका शून्य नै थियो, खानेपानीको क्षेत्रमा वडागत बजेट छैन भन्दा पनि हुन्छ, वडा आफैले खानेपानीको समस्या समाधान गर्न सक्दैन त्यो सत्य हो तर नगरमा माग्न सक्छ, प्रदेशमा माग्न सक्छ, केन्द्रमा, मन्त्रालय छ । त्यतातिर कुनै पहल भएन ।’

उनले आफू वडाध्यक्ष भएर आए देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा रहेर काम गरेको अनुभवलाई प्रयोग गर्दै धरान ५ भरी नै खानेपानीको अवस्थामा व्यापक सुधार गर्ने बताउँछन् ।

समितिले अहिले २ दिनमा एक पटक मात्र पानी वितरण गर्दै आएको छ । धारामा पानी आएको समयमा पनि सानो आउने, पर्याप्त मात्रामा नआउने भएकाले ट्याङ्करमा किनेर खानुपर्ने बाध्यता रहेको तल्लो देउरालीका खिलमान खजुम बताउँछन् । उनी भन्छन्, ‘धारामा पानी नै चुहिँदैन किनेर खानुपर्ने अवस्था छ, होटल, व्यवसाय गर्ने त अवस्था नै छैन ।’

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved