ईद उल फितर समापनमा एमालेका मेयर उपमेयरका उम्मेद्वारको प्रतिवद्धता

  • वैशाख २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइने ईद उल फितरको आज समापन गरिएको छ । धरानमा पनि मुस्लिम समुदायले शुभकामना आदान प्रदान कार्यक्रम गरेर ईद उल फितरको समापन गरेका छन् । शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरको उम्मेद्वार पदम इस्वो(लिम्ब) सहभागी हुनु भएको थियो । कार्यक्रममा सम्बोधन गदैं भण्डारीले जितेर गए पछि मदरासा भवन निर्माणका लागि सहयोग गर्ने बताउनु भएको छ । धरान–५ मा भवन निर्माणका लागि जग्गासमेत हेरि सकेको उहाँले बताउनु भयो ।

उहाँले नेकपा एमालेले सबै वर्ग समुदाय, जाती धर्म र चाड पर्वलाई समान रुपमा हेर्ने बताउनु भयो । यस्तै उपमेयरका उम्मेद्वार पदम लिम्बुले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश भएकाले हाम्रो पार्टीले प्रत्येक समुदाय, जातजातिहरुको समानुपातिक , सन्तुलित र न्यायसँगत प्रगतिका लागि काम गर्ने बताउनु भएको छ । कार्यक्रममा अञ्जुमन इस्लामियनका अध्यक्ष तथा नेपाल मुस्लिम इतिहात संगठनका निवर्तमान अध्यक्ष युसुप सेख, मुस्लिम इतिहात संगठनका जिल्ला सह–इञ्चार्ज तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य फिरोज अलि, युवा नेता अफागलगायतको उपस्थिति रहेको थियो । इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । ईद उल फितर र बकर ईद ।

यी दुईमध्ये पहिलो पर्व ईद उल फितर अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ । दोस्रो पर्व त्यो अद्वितीय कुरबानी (बलिदानको सम्झना) हो । जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गरेका थिए ।

इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्रायः एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदछन् । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्यन नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ । नव वर्षको शुभकामना स्वरूप इद मुवारकको आदानप्रदान गरिन्छ ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved