पानवारीलाई नयाँ धरान बनाउँछौ

  • वैशाख २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । २०७४ सालको स्थानीय तह निर्वाचनबाट हरि राई धरान उपमहानगरपालिका वडा नं. ६ को खुल्ला वडा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित भएपछि वडाध्यक्ष भुबन सिं बस्नेतको नेतृत्वमा निर्बाचनताका जनतामाझ प्रतिबद्धता गरेका घोषणा पत्र अनुसार वडामा ८० प्रतिशत काम पूरा गरे । उनै हरि राई आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका छन् ।

२०३९ सालमा जन्मेका राई पानबारीका स्थायी बासिन्दा हुन् । २०६९ सालयता सक्रिय रुपमा पार्टी जिवनमा लागेका उनी तत्कालिन पाचकन्या गाविस २ नं. वडा कमिटीका सचिब भएर काम गरे । पार्टी जिवनमा सक्रिय साथ लागेका उनी ६ वर्ष पानबारी सामुदायिक बनको सचिब पदको कार्यभार सम्हाले । सामुदायिक बनमा रहदा उनको नेतृत्वमा एक तल्ले पक्की भवन निर्माण गरी समुदायलाई हस्तान्तरण गरे ।

मिजासिलो स्वभावका राईको सामाजिक यात्रा यति मात्र सिमित छैन । उनले सडकको गोरेटो मात्र कोरेको पानवारी–इटहरी सडक विस्तारमा समेत महत्वपूर्ण भुमिका खेलेका छन् । वर्षौदेखी सेहरा खोलाले पानवारीबासीलाई धरान आउन असहज हुँदा पक्की पुल बनाउन राईको समेत महत्वपूर्ण पहल कदमी भएको थियो । पुल निर्माण समितिको समेत मुल सदस्यमा रही काम गरेका थिए । सामाजिक कार्यमा क्रियाशिल राई किरात राई समुदायको गौरब शाली जातीय संस्था किरात राई यायोक्खा प्राकासा पाचकन्याको सचिबको रुपमा रहेर २ वर्ष काम गरे ।

५ वर्ष जनप्रतिनिधिका रुपमा काम गरेको अनुभब बटुलेका उनले वडाध्यक्षमा विजयी भए समृद्ध वडा बनाउने बताउँछन् । ‘कसरी काम गर्नुपर्छ भनेर मैले ५ वर्ष अनुभव बटुले, हाम्रो कार्यकालमा धेरै काम गरेका छौं । पानवारीको हरेक ठाउँमा बाइक कुद्न गाह्रो हुन्थ्यो अहिले चार चक्के गाडी लिएर हरेक ठाउँमा पुग्न सकिन्छ’ राईले भने ‘अब मलाई वडाध्यक्षमा विजयी गराए समृद्ध वडा बनाएरै छाड्छु ।’

एमालेकै नेतृत्वमा सेहरा खोलाको पुल बनेपछि सुरु भएको पानवारीको विकासको काम तिब्र रुपमा भइरहेको छ । सेहरा खोलामा बनेको दुईवटा पुल, सेउतीको दुईवटा पुल, पोखरा खोला, देवीखोला लगायतमा बनेका कल्भर्ट र पुल लगायत माथिल्लो बाटो पक्कि गर्ने काम, इटहरी रोड पक्कि गर्ने काम, लिंक रोडको रुपमा रहेको स्कुलडाडा–सरस्वतीचोक सडक पक्कि, कल्भर्ट–सितलचोक पक्कि सडक जस्ता काम भए । स्वास्थ्य चौकीको भवन निर्माण र कार्यालय सञ्चालन, विद्यालयलाई प्रविधिमैत्री बनाउने काम, वडाको सेवालाई चुस्त गर्ने काम भएका छन् । अन्य पार्टीका नेताहरुले माथिबाटै बजेट बङ्ग्याएकाले माथिल्लो बाटोलाई चोक्टीसम्म पक्कि गरेर जोड्ने कार्यमा गर्न सकेनौ तर अब सचेत छौ कसैले बजेट बङ्ग्याउन सक्दैन हाम्रो पहिलो प्राथमिकतामा सोही सडक छ । मालपोत कार्यालयको सेवा अब यसैवर्षदेखि पानवारीबाट सुरु हुदैछ । समग्रमा भन्दा पानवारीलाई कान्छो धरानको रुपमा विकास गर्छौ । धरानको चार्म पानवारीमा साछौं ।

दुब्र्यसन मुक्त वडा बनाउँछु
राईको पहिलो चुनाबी एजेण्डा दुब्र्यसनी मुक्त वडा बनाउने छ । पछिल्लो समय युवा पुस्ताहरु लागुऔषध, कुलतमा फसेका कारण समाजमा विकृति फैलिएको र परिवारमा विचलन आएको बुझाई राईको छ ।

राईले करिब डेढ वर्ष भित्र दुव्र्यसन मुक्त गर्न देखिने गरी काम गर्ने उनको अठोट छ । दुव्र्यसनिकै कारण समाजमा अपराधीक घटना बढिरहेको र परिवारमा पनि झै–झगडा भइरहने भएकोले त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको राईको ठम्याई छ । उनी भन्छन्, ‘राजनीतिक संरक्षणका कारण पनि लागुऔषध प्रयोगकर्ता बढेको छ, कतिपय अवस्थामा ठाना–चौकी नगइदिए राजनीतिक मुद्दा बनाउने प्रचलन बढेको छ, यसलाई जुनसुकै हालतमा नियन्त्रण गर्न आवश्यक छ ।’

खानेपानी समस्याको दिर्घकालिन समाधान
पानवारीमा वर्षाैदेखि खानेपानीको समस्या यथावत छ । यसलाई दिर्घकालिन रुपमा समाधान गर्न जरुरी छ । हाम्रो खानेपानीको मुहान टाढा भएको र मुहानमा पर्याप्त पानी नभएकै कारण खानेपानीको समस्या भएको हो । माङफाङको मुहानबाट आउने पानी र डिप बोरिङबाट उत्पादन हुने पानीलाई संकलन गर्न सक्दा पानवारीको खानेपानी समस्या समाधान हुन्छ । ठूलो ट्याङ्की बनाउने र भर्खरै खानेपानीको डिपिआर सकिएको छ । यसको कार्यान्वयन भएपछि खानेपानी समस्याको दिर्घकालिन समाधान हुन्छ ।

उत्पादनमा जोड दिइने
कृषिको पकेट क्षेत्र भनेर पनि पानवारीलाई चिनिन्छ । अब आधुनिक प्रविधिबाट कृषि गर्न आवश्यक छ । हामीले अनुदान दिने त हो तर उत्पादनमा अनुदान दिनुपर्ने आवश्यकता छ । पानवारीमा तरकारी खेती, दुग्ध व्यवसाय र मासुजन्य उत्पादनको भविष्य राम्रो छ । हामीले यसलाई प्रोत्साहन गर्न आवश्यक छ । मेरो कार्यकालमा अहिलेको उत्पादन क्षमतालाई ५ गुणा बढी गर्ने लक्ष्य छ । त्यस्तै हाम्रो उत्पादनले बजारमूल्य पाउदैन । किसानले आफ्नो लागत उठानउ नसक्ने स्थिति बन्छ । यसका लागी वडामा आफ्नै विक्री केन्द्र स्थापना गरेर कृषी उत्पादनको उपर्युक्त मूल्य दिलाइने छ ।

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved