बराहक्षेत्र । अघिल्लो वर्षको कोरोना महामारीले मन्दिर परिषरमा फुलपातीको व्यापार गर्ने व्यापारीहरु लाई वर्ष भरीनै बेरोजगार बनायो । लकडाउन केही सहज हुँदै गर्दा मन्दिर आउने भक्तजनले उनिहरुको व्यापार तङरिन खोज्दै थियो । पुनः दोस्रो चरणको कोरोनाको महामारिले फेरि बेरोजगार मात्रै बनाएन उनिहरुलाइ आर्थिक भार समेत थपिदिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण जोखिम बढे पछि सरकारले लगाएको निषेधाज्ञा घोषणा गरे पछि मन्दिरमा चहल शुन्य छ । पर्यटन व्यवसायलाई समेत दुर्गामी असर पारेको छ । वराहक्षेत्र मन्दिर परिषदमा फुलपाति, मिठाइँ व्ययसाय गर्दै आइरहेकी आशा कार्की व्यवसाय गत बर्षको जस्तै यस बर्षको सुरुवाती म
धरान/ कोरोना भाइरसको संक्रमण न्युनकरण गर्न सुनसरी जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा थप एक साता लम्बयाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार बसेको डिसिसिएमसिकको बैठकले निषेधाज्ञाको अवधि बढाएर जेष्ठ ३१ गते सम्म पु¥याएको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि शनिवार राती १२ बजे सकिदैछ । बैठकले निषेधाज्ञा अवधिभर कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृर्षि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिन
इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । उपमेयर गौतमको अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको हो । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह समेत गरि
जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” : जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरेको व्यवस्था अ
विराटनगर । कोभिड महामारीसंग जुध्न तीन तहकै सरकारबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी बोध गरेर अघि बढ्न गाउँपालिका राष्ट्रिय महासंघले आग्रह गरेको छ । महामारी नियन्त्रणमा सक्रिय तीनै तहका सरकारबीच समन्वय नुहँदा संघीयताको मर्म नै हराउँदै गएको महासंघको ठहर छ । महासंघले अनलाइन आवेदन दिएर कोरोना खोप वितरण गर्दा त्यो समानुपातिक नहुने र ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकोले दूरदराजका नागरिक छुट्ने भएकोले यो सहर केन्द्रीत मात्र हुने जनाएको छ । स्थानीय सरकारका सन्दर्भमा संघीय सरकारबाट ल्याइएको बजेटका मुख्य विषय, सवालहरु र गाउँपालिकाहरुले आगामी आ.व.को बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयमा महा
झापा/ झापाको बिर्तामोड नगरपालिका-९ धौलापुरबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ । मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका-४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश-१-०५-००१ प.००६१ एन.एस २०० सी.सी को मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
इटहरी । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणको दर उच्च बनेपछि नियन्त्रणकालागि प्रसाशनले जारी गरेको निषेधाज्ञाको उलङ्घन गरेको भन्दै इटहरीबाट ६ सय ८१ सर्वसाधरण तथा व्यवसायिहरूलाइ प्रहरीइले नियन्त्रणमा लिइ जरिवाना तिराएर छाडेको छ । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार निषेधाज्ञा सुरू भएको भोलिपल्ट वा बैशाख १५ देखि जेस्ठ १९ गतेको अवधिमा उपमहानगर क्षेत्रबाट ६८१ जनालाइ नियन्त्रणमा लिइ रू १ शय जरिवाना तिराइ छाडिएको हो । दोश्रो चरणमा देखा परेको र समुदाय स्तरमा फैलिएकोनयाँ भेरियन्ट सहितको कोरोना संक्रमणलाइ न्युनिकरण गर्ने उद्धेश्य साथ जिल्ला प्रशासन कार्यालय सुनसरीले गत बैशाख १४ गते दे
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाईते छन् । विराटनगरको एयरपोर्ट मोड स्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताईएको छ । गम्भीर घाइते उनलाई कोसी अस्पताल लगिएको थियो । लगत्तै मृत्यु भएको हो । घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्मीचर
मेष । काम बिग्रनाले घाटा हुने अवस्था छ । दम्पतीमा विवाद बढ्न सक्छ । बढी खर्चले मन आत्तिन सक्छ । व्यापारमा समस्या आउन सक्छ । बृष । परिश्रम अनुसार कम प्रतिफल प्राप्त होला । आम्दानीका नयाँ स्रोत खुल्नेछन् । अरुको भर पर्नाले पछि परिनेछ । लगानी बढ्न सक्ने संभावना छ । मिथुन । दिगो काम प्रारम्भ हुनेछ । कार्यबाट लोकप्रियता हासिल गर्न सकिनेछ । व्यापारमा फाइदाको समय छ । मन प्रसन्न रहनेछ । कर्कट । रोकिएका काम सुचारु गर्नुहोला । प्रियजनको सहयोग प्राप्त हुनेछ । स्वजनबाट धोका हुन सक्नेछ ।धर्मकर्ममा मन लाग्नेछ । सिंह । शरीर अस्वस्थ हुन सक्नेछ । मानसिक चिन्ता बढ्न सक्नेछ । खानपिनमा सचेत रहनुहोला । आउने सम