प्रदेश १ मा ९ हजार बढी मुद्धा दर्ता , ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन

  • साउन ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश १ मा आर्थिक बर्ष ०७८÷०७९ मा ८ हजार ५५ मुद्धा भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटगरले जनाएको छ । नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा १ नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक २०७८÷०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएको जनाइएको छ भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको जनाएको छ ।

एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार, संगठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै एक नम्वर प्रदेशका विभिन्न प्रहरी कार्यालयमा कार्यारत सम्पूर्ण प्रहरीहरुले आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुरुप उल्लेख्य मात्रामा सफलता हासिल भएको जनाएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले अनुसार, यस आर्थिक बर्षमा ८ हजार ५५ वटा बिभिन्न अपराध सम्बन्धि सिर्षकमा मुद्धा दर्ता भई कानुनी कारवाही अगाडि बढाएको बताए । उनले भने–‘यसमध्ये ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट भइसकेको छ, फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भएर फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको हो ।’

उनका अनुसार भन्सार चोरी निकासी गर्ने ७३ जनालाई पक्राउ गरी ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेका, नदीजन्य पदार्थको दोहन गर्ने ३७ जना र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गरेवापत ै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ ।

यसैगरी अबैध काठ चोरी निकासीमा संलग्न ४७ जनालाई पक्राउ गरी ४ हजार ६ सय ४८ क्यू.फिट. काठ बरामद गर्दा १ करोड ४ लाख ३३ हजार ५ सय ३७ राजश्व संकलन गरेको जनाइएको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिकमा ट्राफिक नियम उलंघन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनलाई कारवाही गरी १८ करोड १ लाख ५९ हजार राजश्व संकलन गरेको, लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९०२ ग्राम, चरेश २३ ग्राम ९१७ मिलिग्राम, ब्राउन सुगर २ किलोग्राम ४५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु ३१ हजार ९ सय ७०, मनोद्धिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्धिपक औषधीहरु ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको प्रदेश प्रहरी कार्यालयल जनाएको छ ।

यो आर्थिक बर्षर्मा उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना प्रहरीहरुलाई पुरस्कृत गरिएको छ भने प्रहरी आचरण बिपरित कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीहरुलाई बिभागीय कार्वाही गरिएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विरानगरले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved