व्याडमिन्टन खेलप्रति खेलाडीहरुको रुचि बढ्दै

  • श्रावण ६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुस्त राख्नकै लागि यो खेलप्रति सबैको रुचिको खेल बन्दै गएको होे । यस खेलका लागि सरकारले भने नगन्य रुपमा सहयोग पु¥याएको खेलाडी तथा यस खेलमा लागेकाहरु बताउँछन् ।

ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो । यस खेल सिङ्गल र डबल गरी दुई दंगबाट खेलिन्छ । व्यक्तिमा स्फूर्ति, लचकता, स्थिरता तथा शारीरिक सन्तुलनको विकास गर्न तथा मानसिक स्वस्थ्यताका निम्ति ब्याडमिन्टन खेल खेल्ने गरिएको छ ।

पछिल्लो समय शारीरिक तन्दुस्तका लागि उपयुक्त मानिएको यो खेल शारििरक स्मफूर्तिकै लागि खेल्ने गरेको खेलाडीहरु बताउँछन् ।

धरान १३ की शान्ता लिम्ब शारीररिक तन्दुस्तका लगि व्याडमिन्टन खेल खेल्ने गरेको बताइन् । प्रत्येक दिन धरान १३ मा रहेको अमरसेवा समाजको कवर्डहलमा व्याडमिन्टन खेल्न जानो गरेकी लिम्बुले भनिन्–‘म यहाँ आएर व्याडमिन्टन खेल्न थालेपछि एकदिम फिट छु, स्वास्थ्यमा कुनै समस्या आएको छैन ।’

शान्त लिम्बुमात्र हैन ६५ बर्षीय गणेशबहादुर खड्कालाई विहान नियमित धरान १३ म रहेको अमरसेवा समाजको कवर्ड हलमा व्याडमिन्टन खेल्दै गरेको अवस्थामा भेट्न सकिन्छ । नियमित व्याडमिन्टन खेल्दै आएका उनले व्याडमिन्टन नियमित खेल्दा दीर्घरोग उच्च रक्तचाप, मधुमेह जस्ता रोगबाट मुक्त हुने बताए । उनले भने–‘मलाई यो उमेरमा सुगर प्रेसर छैन, व्याडमिन्टन खेलेकै कारण दीर्घ रोग नलागेको हो, त्यही भएर म नियमित व्याडमिन्टन खेल्छु ।’

त्यसो त पूर्व राष्ट्रिय खेलाडी समेत रहनु भएकी सुनिता लिम्बु उमेरले झण्डै ५० पुगिसकेकी छन् । अहिले पनि उनीँ व्याडमिन्टन खेललाई निरन्ता दिँदै आएकी छन् । अमरसेवा समाजमा रहेको व्याडमिन्टन कोर्ट निर्माणमा समेत महत्वपूर्ण भूमिक निर्वाह गरेकी लिम्बुले नेपालका लागि अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोेगतामा तेस्रो स्थानसम्म ल्याउन सफल भएकी थ्एिन । तर उहाले व्याडमिन्टन खेलका लागि सरकारले सोचेजस्तो सहयोग नपु¥याएको उनी बताउँछिन् । उनी भन्छिन्–‘सरकारी स्तरबाट खासै सहयोग छैन, यो कवर्ड हल पनि स्थानीय बासिन्दाको सक्रियतामा बनेको हो, यहाँ राष्ट्रिय स्तरका खेलहरु हुन्छन्, तर सरकारले केही सहयोग पु¥याएको छैन ।’

व्याडमिन्टन खेलको प्रवद्धृनका लागि धरान १३ मा अमरहाटमा अमर सेवा समाजको पहलमा कवर्ड हल निर्माण गरिएको छ । २०७२ सालमा स्थानीय तथा विदेशमा रहेका स्थानीयहरुको सहयोगमा हल निर्माण भएपछि यहाँ राष्ट्रिय स्तरसम्मका खेलहरु हुने गरेका छन् । नीजि क्षेत्रबाट जसोतसो सञ्चालन भएको कोर्टका लागि सरकारी स्तरबाट कुनै सहयोग नपाइएको अमर सेवा समाजका अध्यक्ष भूमिराज लिम्बु बताउछन् । उनी भन्छन्–‘यहाँ स्थानीयदेखि राष्ट्रिय स्तरका व्याडमिन्टन खेलहरु हुने गरेका छन्, संस्थामा महिनामा ३० हजार भन्दा बढी खर्च हुन्छ, यहा उठाएको खर्चले चलाउनुपर्ने अवस्था छ ।’

व्याडमिन्टन खेलको इतिहासलाई हेर्ने हो भनृ खेल मुख्यतः अंग्रेजहरूले प्रचलनमा ल्याएको पाइन्छ । सन् १८२० तिर भारतको पुनामा समेत खेलिएको भनिएको यो खेल बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि सन् १८७० मा नियमबद्ध रूपमा खेलाएपछि यो खेलको आधिकारिक सुरुवात भएको मानिन्छ ।े सन् १९३४ सम्ममा यश खेलको अन्तर्राष्ट्रिय संघ विश्व ब्याडमिन्टन संघ स्थापना भएसँगैै सन् १९६२ मा एसियाली खेलकुद प्रतियोगिता र सन् १९९२ देखि ओलम्पिक खेलमा खेलाइएको पाइन्छ । नेपामा भने ब्याडमिन्टन वि.स.१९८९ देखिनै खेल्न थालिएता पनि वि.स.२००८ सालमा मात्र नेपाल ब्याडमिन्टन संघ स्थापना भएको थियो । नेपालमा व्याडमिन्टन खेलको इतिहास लामो भएपनि यस खेलको विकासमा राज्यले सोचेजस्तो विकास गर्न नसकेको खेलाडी, यस खेलको विकासमा लागेकाहरुले बताउदै आएका छन् ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved