बोलबमका कारण अन्य मन्दिरमा समेत चहलपहल बढ्यो

  • श्रावण ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानको विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लागेसँगै अन्य मन्दिरमा समेत चहलपहल बढ्न थालेको छ । बोलबममा आउने भक्तजनहरुले पिण्डेश्वर मन्दिरमा जल चढाएपछि दन्तकाली, बुढासुब्बा, पञ्चकन्या मन्दिरमा दर्शन गर्न पुग्ने भएकोले पनि विजयपुरमा रहेका मठमन्दिरमा चहलपहल बढेको हो ।

भगवान शिवको प्रिय महिना साउन त्यसमा पनि प्रिय बार सोमबार मानिन्छ । त्यही भएर धरान १४ पिण्डेश्वरमा सुनसरीका चतरामा रहेको कौशिकी नन्दी अर्थात सप्तकोशीबाट जल चढाउने भक्तजनको भीड थामिनसक्नुहुन्छ । तर पछिल्लो समय अन्य वार पनि जल चढाउने भक्तजन बढ्दै गएका छन् । शनिवार पनि पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजन टाढाटाढा आउन थालेका छन ।

बारा निजगढका सन्दिप चौधरी शनिवार विहानै गेरु वस्त्रमा विजयपुरमा रहेको दतकाली मन्दिरमा दर्शन गर्दे गरेको अवस्थामा भेटिए । एक हप्ते अभियान नै लिएर पूर्वमा रहेको खोटाङको हलेसीलगायतका शिवालयको दर्शन गर्दैै शनिवार धरानको पिण्डेश्वर मन्दिर आइपुगेका उनी सप्तकोशीको जल पिण्डेश्वरमा चढाएपछि साथीहरुसँगै उनी दन्तकाली दर्शनका लागि पुगेको हुन् । धरानका मन्दिरहरुका महिमा सुनेर पूर्वक अन्य शिवालयको दर्शनपछि पिण्डेश्वरमा जल चढाएर दन्तकाली दर्शन गर्न आएको उनी बताउँछन् ।

यस्तै भनाई वारा निजगढकै मौजुलाल साहको छ । मोटरसाइकलमै पूर्वमा रहेका शिवालयको दर्शनमा हिडेका उनी भने धरानको विजयपुरमा रहेको मठमन्दिर दर्शनका आएको पहिलो पटक बताउँछन । पिण्डेश्व लगायत दन्तकाली, बुढसुब्बाको महिमा अगाडिदेडि नै सुन्दै आएको भए पनि आउन नपाएको बताऐ । अघिल्लो बर्ष नै आउने सोच बनाएका उनी दुइ बर्ष कोरोनाका संक्रमणका कारण पिण्डेश्वर आउन पाएनन् । अहिल पिण्डेश्वर मन्दिरमा जल चढाएर दन्तकाली मन्दिरमा जल चढाएपछि बुढासुब्बा मन्दिर दर्शनका गएको उनी बताउँछन् । उनले धरानको विजयपुर आफूले सुनेको भन्दा पनि धेरै राम्रो सुन्दर लागेको बताए ।

पछिल्लो समय धरानको पिण्डेश्वरमा साउनको सोमबार मात्र हैन शनिवार पनि अत्याधिक भीड हुने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरु अन्य मन्दिरमा समेत दर्शनका लागि पुग्ने गरेको मन्दिरका पूजारीहर बताउछन् ।

धरान १४ का वडासदस्य एवम् दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले साउन लागेपछि दन्तकाली मन्दिरमा चहलपहल बढेको बताए । उनले दुई बर्ष कोरोनाका कारण आउन नपाएका भक्तजनहरु अहिले मन्दिरमा दर्शनका लागि धेरै आउने गरेको बताए ।

पिण्डेश्वरमात्र हैन प्रदेश नं. १ मै एक मात्र रहेको बुढासुब्बा मन्दिरमा समेत बोलबमको चहलपहलसँगै भक्तजनहरुको चहलपहल बढेको बुढासुब्बा व्यवस्थापनसमितिका सदस्य उत्तम आले मगर बताउछन । साउन लागेयता दैनिक २ हजारको हाराहारीमा भक्तजनहरु आउने गरेको उनी बताउँछन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved