मुख्यमन्त्रीको अभिव्यक्तिप्रति एमाले रुष्ट

  • श्रावण ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति रुष्ट बनेको छ ।

शनिबार बसेको एमाले जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै आपत्ति जनाएको होे ।

वैठकले मुख्यमन्त्री राईलाई सुझाव दिदै अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न अनुरोध गरेको छ । वैठककमार्फत प्रदेश सरकारलाई एमालेलले सार्वजनिक महत्वका क्षेत्रमा विभिन्न १८ बुँदे निर्णय गरेको अलपत्र अवस्थामा छाडिएको हु्लाकी राजमार्ग र रतुवा खोलाको पुल निर्माणको काम अविलम्ब सक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अधिक बजेट खर्च गरेको देखाउने नाममा प्रदेश सरकारले गत जेठ र असारमा अत्यन्तै कमसल तथा गुणस्तरहीन काम गर्दै अरबौं रुपैयाँको अपचलन गरेको भन्दै एमालेले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । धान रोप्ने मुख्य समयमा समेत मल र बिउँको उचित व्यवस्थापन नगरेर वर्तमान सरकार राज्यको ढुकुटी लुट्न मात्र उद्दत देखिएको आरोप लगाउँदै एमाले मोरङले यस्ता क्रियाकलापप्रति आपत्ति जनाएको छ ।

मोरङका विभिन्न नाकाबाट सरकारी आडमै दिनदहाडै तस्करी हुने गरेपनि यसरलाई रोक्ने काममा सरकार उद्दत नभएको भन्दै एमालेले तस्करी रोक्न र प्राकृतिक विपद्को क्षति न्यूनिकरणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले वैठकमा सरकारी सेवाप्रदायक कार्यालयहरुमा हुनेगरेको ढिलासुस्ति, अनियमितता, भ्रष्टाचार, घुसखोरी लगायतका बेथितिहरुलाई नियन्त्रण गरि आम नागरिकलाई सहज, सरल र भरपर्दाे सेवा प्रवाह गर्न सरकालाई ध्यानाकर्षण गराएको छ ।

एमाले मोरङले आगामी दुई महिनाभित्र पार्टीको संगठनात्मक कामलाई पूर्णता दिई राजनैतिक तथा वैचारीक प्रशिक्षण अभियान चलाउने भएको छ । पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार दुई महिनाभित्र पार्टीका सम्पूर्ण कमिटी तथा जनसंगठनहरुलाई पूर्णता दिई गतिवान बनाउने निर्णय भएको छ । वैठकले एमालेले जिल्लास्तरीय प्रशिक्षण साउन २३ गते मोरङको सुन्दरहरैचाको विराटचोकमा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved