एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

  • साउन ७, २०७९
  • "रासस"
alt

 उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूलगेटमा धर्नामा पनि बस्दै आएका छन् ।

बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो।

 एक हप्तादेखि आफूहरुले नगर प्रमुख बसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताए ।

यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुको नगरपालिकाले म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरु स्वतः निष्कासनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ । नगर प्रमुख बस्नेतका अनुसार अस्थायी र करारका धेरै सङ्ख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठूलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहविना नै उनीहरु कसैलाई पनि म्याद थप नगरिएको हो ।

 अब आफूले निर्णय गरिसकेका कारण निर्णयबाट कुनै पनि हालतमा नफर्किने उनको भनाइ थियो । आन्दोलनरत कर्मचारीहरु भने आफूहरु विनाकारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म नगरपालिकामा निरन्तर धर्ना दिने, गेटमा ताला लगाउने र नगरपालिकाको कामकाज ठप्प बनाउने अडानमा रहेको बताए ।

नगर उपप्रमुख महेश्वरी राईसहित विभिन्न वडाका अध्यक्षहरु तथा सदस्यहरुसहित गरेर १७ जनप्रतिनिधिहरुले भने तत्काल नगर बैठक बोलाउन नगर प्रमुख बस्नेतलाई एक पत्र लेखेर आग्रह गरेका थिए ।
वडा नं१० का अध्यक्ष किरण पाण्डेले भने, ‘एक हप्तादेखि नगरपालिकामा ताला लगेको र कर्मचारीहरुले मूलगेटमा नै बसेर धर्ना दिएका कारण नगरप्रतिनिधिहरुसमेत कार्यालयभित्र छिर्न नपाइएकाले प्रमुखलाई तत्काल बैठक बोलाउन र समस्याको विषयमा छलफल गराउन एक पत्र लेखेर बुझाइएको हो ।’

आन्दोलनरत कर्मचारीहरुका अनुसार आफूहरु वार्ता विरोधी नभएको र प्रमुखले वार्तामा बोलाएर छलफल गराए त्यहीबाट समस्याको समाधान होस् भन्न चाहेको एक आन्दोलनरत कर्मचारी बताए ।

 

 

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved