कोरोनापछि धरानका मठमन्दिरमा चहलपहल बढ्न थाल्यो

  • साउन ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरानापछि हरेक क्षेत्रमा चहलपहल बढ्दै गएको छ । कोरोनाका कारण धार्मिक आस्थामाथि ठेस पुगेका भक्तजनहरु कोरोना पछि जनजीवन सहज बन्दै गएपछि धार्मिक आस्थामा सर्वसाधारणको मन गएकोे पाइन्छ । यसैले प्रदेश नं १ कोे धार्र्र्मिय पर्यटकी क्षेत्र धरानको विजयपुर धार्मिक आस्थाको केन्द्र विन्दु बन्दै गएको छ ।

शनिवार धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा अत्याधिक भीड रहेको थियो । भक्तजनहरु नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँबाट बुढासुब्बाको दर्शनका लागि लाइन लागेर बसेको दृश्यले पनि धार्मिक क्षेत्र सर्वसाधारणको आस्थाको केन्द बनेको भान हुन्छ । विगतमा भाकल गरेर भाकल पूरा गर्नेहरु लाइनमा बढी देखिन्थे । साउन महिनादेखि विजयुरका मठ मन्दिरमा बली चढाउन नपाएकै कारण बुढासुब्बा र छेउको गैरेनीमातालाई भाकल बुझाउन कुखुरा बली चढाउनकै लागि भीड बढेको हो ।

सहज नभएकै कारण समयमा भाकल बुझाउन नसकिएको भाकल बुझाउन आएको सर्वसाधारण बताउँछन् । साउन महिनाभरि भाकल बुझाउन नपाउने भएकोले आज जसोतसो गरेर आएको उनीहरुले बताए । साउन ३२ गते बुढासुब्बा मन्दिरमा भेटिएका भारत दार्जिलिङ दिपेश प्रधानले बुढासुब्बामा भाकल गरेको लामो समय भएपनि कोरोना संक्रमण र आफनो व्यवस्थताका कारण आउन नसकेको बताए । उनले भने–‘साउन महिनाभरि बुढासुब्बा मन्दिरमा काटमार नहुने बुझे त्यही भएर अघिल्लो दिन हतार हतार भाकल बुझाउन आएको हु ।’

अन्य दिनभन्दा अषाढको अन्तिममा अत्याधिक भीड हुने गरेको बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सदस्य उत्तम आलेले बताए । उनले साउनमहिनाभरि बुढासुब्बा मन्दिरमा काटमार नहुने भएकोले पनि अषाढको अन्तिम दिन भाकल गर्नेहरु मन्दिरमा अत्याधिक आउने गरेको बताए । उनले भने–‘साउनमा पनि भक्तजनहरु त आउछन्, बोलबममा आएका भक्तजनहरु यहाँ दर्शन गर्न आउने हुन्, भाकल पूरा गर्नकै लागि भएपनि सर्वसाधारण आषाढभित्रमा आउने भएकोले यस बेला अत्यन्तै भीड लाग्ने गरेको छ ।’

धार्मिक पर्यटकलाई सहज भन्ने उद्देश्यले धरान उपमानगरपालिका वडा नं. १४ ले समेत पर्यटक सूचना केन्द्र समेत सञ्चालनमा ल्याएको छ । विजयपुर ऐतिहासिक मठमन्दिर भएको वडा भएकोले भक्तजनहरुको सुविधाको लागि सहज वातावरण बनाउनेदेखि लिएर सुरक्षा संयन्त्रका विषयमा सबैसंग छलफल गरेर काम थालेको धरान १४ विजयपुरका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । भीड बढ्दै गएपछि पार्किङमा समस्या भएको बताउदै पार्किङका लागि वैकिल्पिक स्थानको खोजी भइरहेको उनले बताए । उनले भने–‘दर्शन गर्न आएका भक्तजनहरुका लागि पार्किङ सबैभन्दा ठूलो समस्या देखिएको छ, वैकल्पिक जग्गाको खोजी गरेर यसलाई व्यवस्थापन गर्ने प्रयासमा हामी छौ ।’

विजयपुर ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, पञ्चन्या मन्दिरसंगै बुढसुब्बा मन्दिर रहेका छन् । अन्य मन्दिर प्रदेश नं. १ मा रहे पनि बुढासुब्बा मन्दिर प्रदेश १ मा धरानमा मात्र रहेको छ । बुढासुब्बा मन्दिरको धार्मिक किवदन्ती, महत्व सुनेर पूजाआजाका लागि सर्वसाधारण यहा आउने गरका छन् । यहा रहेका बासमा टुप्पो छैन । टुप्पो विनाका बासको महिमा सुनेर पनि बुढासुब्बामा देश तथा विदेशबाट आउन गरका छन् ।

इतिहासकार इमान सिंह चेम्जोङले विजयपुर राजा बिजय नारायण राय खेवाङको पालामा लिम्बुवान (पल्लो किरात) राज्यको राजधानी रहेको र राजा बिजय नारायणको नाम बाट नै विजयपुर नाम रहन गएको उल्लेख गरेका छन् ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved