धरान । कोरोना महामारीले यातायातका सवारी साधनहरु ग्यारेजमै थन्काउनु परेको बाध्यात्मक अवश्थामा मोटर बिमा प्रिमीयम छुट गरिदिन यातायात व्यवसायीहरुले आग्रह गरेका छन् । पहिलो चरणको लकडाउन केही खुकुलो भए पछि लयमा फर्किदै गरेको अवश्थामा पुनः दोस्रो चरणको लकडाउनले यातायात व्यवसाय धरायसी बन्दै गएको अवश्थामा मोटर बिमा छुट गरिदिन बिमा समितीलाई आग्रह गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले मोटर बीमा प्रिमीयम छुट गरिदिन आग्रह गर्दै बीमा समितीलाई जेठ २५ गते पत्र पठाएको छ । दोस्रो चरणको भेरियन्टका कारण वैशाख १६ गते देखिनै सवारी साधनहरु घर तथा ग्यारेजमा थन्किएर बसेका छन् । ल
झापा । मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् । व्यापारीले आफूखुशी घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित बनेका हुन् । निषेधाज्ञा लाग्नु अघिसम्म स्थानीय बजारमा मकै प्रतिक्वीन्टल रू। दुई हजार ४०० मा विक्री हुने गरेको थियो । अहिले स्थानीय व्यापारीले प्रतिक्वीन्टल रू। एक हजार ९०० भन्दा बढी मूल्य दिएका छैनन् । दुई वर्ष अघि नै प्रतिक्वीन्टल रू। तीन हजारमा किसानले मकै बेचेका थिए । झापाको कचनकवल, बाह्रदशी, झापा, कनकाई र गौरादहमा मकैको जोन तथा पकेट क्षेत्र विकास ग
सुनसरी । विभिन्न कारणले सर्दै आएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई आज हुने भएको हो । मन्त्रिपरिषद्को गत जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्ने माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । गत सोमबार हुने भनिएको सुनुवाई प्रधानन्यायधीस चोलेन्द्र शम्शेर जबराको स्वास्थ्यमा समस्या देखिए पछि बुधबारलाई सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस
यही जेठ १५ गते अर्थमन्त्रीले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटका केही विषय विवादित बनेका छन् । बजेट भाषणमार्पmत् सरकारद्वारा सार्वजनिक यस्ता नीतिहरूको चौतर्फी आलोचना भइरहेको छ । बजेट घाटा पूर्ति गर्न ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारी नीति पनि अहिले विवादित बनेको छ ।सरकारको यो नीतिले चुरे दोहनको बाटो खोल्ने बताउँदै सरोकारवालाहरू सरकारले यो नीति फिर्ता लिनुपर्ने माग गरिरहेका छन् । यो न्यायोचित माग हो । चुरे ढुङ्गा, गिट्टी, बालुवामात्र होइन, यो त जीवनरेखा पनि हो । तराई मधेशको जीवन यसैमा आश्रित छ । चुरेसँग मधेशको सभ्यता र संस्कृति पनि जोडिएको छ । त्यसकारण चुरेको द
बेलबारी÷ मोरङको बेलबारी नगरपालिकासँगको सहयोग र समन्बयमा स्वमंसेवकबिद्यार्थीहरुले नगर भित्रका कोरोना सक्रमितहरुको घर घरमापुगेर सेनिटाइजर छर्कने काम गरीरहेका छन । नगरपालिकामा कोरोना सक्रमण घटाउने उदेश्यका साथ संचालितअभियानमामास्क सेनिटाइजर लागयतका स्वास्थय सामाग्रिहरु समेत बितरण गर्ने गरीएको छ । कोरोना नियन्त्रणका लागि नगरपालिकाले अभियानमा खटिने बिद्यार्थीहरुलाई सेनिटाइजर छर्ने मेसिन,पिपिई पंजा,मास्कतथा सेनिटाइजर उपलब्ध गराउने गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
इनरुवा । सुनसरीमा कोरोना संक्रमितहरुको अवस्थाको बारेमा जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको छ । एक महिना अघि गठन भएको टिमले पहिलो पटक फिल्डमै गएर अनुगमन गरेको हो । टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरुले सदरमुकाम इनरुवा, भोक्राहा नरसिंह, कोशी र बराहक्षेत्र नगरपालिकाका सरोकारबालासंग छलफल र अनुगमन गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमका संयोजक न्यौपाने र इन्सेक जिल्ला प्रतिनिधि तथा टिमका फोकल व्यक्ति जयकृष्ण यादव, सदस्य नईम अंसारी, रविन घिमिरे सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका पर
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले ढुंगागिटी निर्यात र चुरे संरक्षणको विषयमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । संघीय सरकारले बजेटमार्फत चुरेबाट ढुंगागिटी बालुवा उत्खनन् गरी निकासी गर्ने घोषणा गरेसंगै यसको चौतर्फी विरोध भईरहेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सचेतक राईले चोरी उत्खनन्को विषयमा आफूले बारम्बार सदनमा कुरा उठाएको तर प्रदेश सरकारले यस विषय गम्भीर नभएको बताए । भने,“अहिले एमाले नेतृत्वकै सरकारले चुरे विनास हुने प्रस्ताव ल्याएको छ । यसलाई स्विकार गर्न सकिदैन ।” चुरेको विषयमा प्रदेश २ सरकारले आफ्नो धारणा
विराटनगर । प्रदेश १ का विभिन्न जिल्लासहित राजधानी विराटनगरमा चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन शुरु गरिएको छ । मंगलबार र बुधबार दुई दिनसम्म खोप लगाइने विराटनगर महानगरपालिकाले जनाएको छ । मापदण्डमा परेका व्यक्तिहरुलाई महानगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।ज्येष्ठ नागरिकको हकमा वि. सं २०१६ साल जेठ २५ गते अगाडि नै जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउनु पर्नेछ । नागरिकता, मतदाता परिचय पत्र र सरकारी कागजातलाई मान्यता दिइने बताइएको छ । जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसिल खोप अग्रपंक
इटहरी । प्रदेश एकको सुनसरी, मोरङ र झापा गरि तिन वटा जिल्लामा रेल गुडाउने योजना सहित अघि बढेको काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा बिवाद यहि असार मसान्त भित्र टुंगिने भएको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाका प्रमुख एवम तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त भर्चुअल बैठकले असार मसान्त भित्र मुआब्जा बिवाद टुंगोमा ल्याइसक्ने प्रतिवद्धता जनाएका छन । स्थानीय संगै सरोकारवालाहरूले रेल मार्ग बिस्तारको काममा ढिलासुस्ति भएको र मुआब्जा नदिए सम्म काम अघि बढाउन नदिने भने पछि तिनै जिल्लाका प्रमुख जिल्ला प्रमुखहरूको भर्चुअल बैठकले आगामी असार मसान्त सम्ममा मुआब्जा बिवाद टुंगोमा
मोरङ । मोरङको बेलबारी नगरपालिका ५ कसेनीका ३८ वर्षीय मनिराम चौधारीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।