एम्समा प्रवेश परीक्षा सम्पन्न

  • साउन १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान–१२ को एम्स एकेडेमीले कक्षा ११ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । २०७८ मा एसईई दिएर उत्तीर्ण भएका विद्यार्थीहरू परीक्षामा सहभागी भएका हुन् ।

प्रवेश परीक्षामा ४ सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका संयोजक हेमन्त भण्डारीले बताए । एकेडेमीमा अहिले साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, शिक्षा र मानविकी सङ्कायमा अध्ययन–अध्यापन भइरहेको छ । विद्यार्थीहरूबाट माग आएकाले यसै शैक्षिक सत्रबाट होटल म्यानेजमेन्टको पठनपाठन पनि शुरु गरिएको व्यवस्थापन सङ्कायका संयोजक दुर्गा सुवेदीले बताए । गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिइने उनको भनाइ छ ।

विज्ञानका लागि पर्याप्त मात्रामा प्रयोगात्मक सामग्रीयुक्त प्रयोगशाला भएकोले गुणस्तरीय शिक्षामा कुनै कमी नआउने शैक्षिक संयोजक नेत्र सुवेदीले बताए । विज्ञानमा प्रयोगात्मक कक्षाकै बढी महत्व हुने भएकोले आपूmहरूले फिजिक्स, केमिस्ट्री र बायोलोजीका लागि अलग–अलग प्रयोगशालाको व्यवस्था गरेको उनले जनाए । शिक्षा र मानविकी सङ्कायका विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षा दिइने एकेडेमीका प्रिन्सिपल मित्र तामाङले जानकारी दिए ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved