‘प्रविधिमैत्री शिक्षानै एम्स र नेशनलको प्राथमिकता हो’

  • पुष १६, २०७८
  • कोशीपत्र/संवाददाता
alt

प्लस टु अध्ययन गराउँदै आएको एम्स एकेडेमी र ब्याचलर तहको अध्यापन गराउँदै आएको नेशनल मल्टिपल कलेजले सहकार्य गरेर नयाँ व्यवस्थापन सहित संचालनमा आएको छ । एम्स तर्फ स्कुल तहको प्लस टुमा विभिन्न विषयहरुमा अध्यापन गराउँदै आएको छ भने ब्याचलर तर्फ एउटै परिषरमा नेशनल कलेजबाट चार वर्षे बिएड आइसिटी, बिएड र बिबिएस कार्यक्रम सञ्चालनमा ल्याएको छ । ब्याचलर तह पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा कोर्ष सञ्चालनमा आएको हो । अहिलेको जमाना प्रविधिको हो । प्रविधिको जमानामा त्योसँगै अघि बढ्न सकिए भने सबैलाई फलदायी हुन्छ । त्यसैले कलेजमा ब्याचलर तहमा कम्प्युटर बेसमा आधारित प्रयोगात्मक शिक्षा बिएड आइसिटी कोर्ष ल्याएको छ । विद्यार्थीले आफैं आत्मनिर्भर बनाउने शिक्षाका रुपमा बिएड आइसिटी संचालन गरेको हो । कलेजले दिएको गुणस्तरिय शिक्षा सहित अध्यापन हुने विषयबाट उत्पादन हुने जनशक्तिको बजार लगायतका विषयमा एकेडेमीका प्राचार्य तथा क्याम्पस प्रमुख मित्र तामाङ सँग गरिएको कुराकानीको सम्पादित अंशः

● एम्स कलेज र मल्टिपल कलेज किन एकै ठाउँ आयो ?
पहिले एम्स कलेज संचालनमा थियो, त्यो चै प्लस टु अध्ययन गर्ने संस्था हो । त्यो भन्दा माथि ब्याचलर लेभल योजनामा थियो । त्यो थप्ने क्रममा एम्सले नेशनल मल्टिपल कलेज सँग सहकार्य गरेको हो । एम्सबाटै प्लस टु उत्तिर्ण विद्यार्थीहरुलाई ब्याचलर तहको अध्यापनमा सहजता प्रदान गर्न नेशनल मल्टिपल कलेज सँगको सहकार्य हो ।

● दुई शैक्षिक सँस्था एकै ठाउँ हुँदा विद्यार्थीहरु अन्यौल हुँदैनन् ?
यो छुट्टा छुट्टै सम्बन्धन लिएर एकै ठाउँमा संचालन भएको दुई शैक्षिक सँस्था हुन् । प्लस टु अध्ययनका लागि एम्स एकेडेमी राष्ट्रिय परिक्षा बोर्डबाट सम्बन्धन लिएको हो भने नेशनल मल्टिपल चै पुर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन लिएका छ । दुईटै शैक्षिक संस्था छुट्टा छुट्टै कम्पनी हो । एम्स कलेज एम्स एकेडेमी प्राइभेट कम्पनी अन्तर्गत चलेको छ भने नेशनल मल्टिपल कलेज प्राइभेट कम्पनी अर्कै छ । लेभलमा पनि एम्स स्कुल लेभल हो भने नेशनल चै कलेज हो । यी दुई शैक्षिक संस्थाको छुट्टै भवन छ । एउटा समुहबाट संचालित हो तर सम्बन्धन लिने ठाउँ चै फरक छ । त्यसैले अन्यौल हुनुपर्ने अवश्था छैन् ।

● एम्स र नेशनलले दिने सेवा सुविधाहरु के–के हुन् ?
स्कुल लेभलमा विषय छुट्न्छि, फ्याकल्टी छुटिदैन् । ब्याचलर लेभलमा छुट्टा छुट्टै फ्याकल्टी रहेका छन् । ब्याचलरमा मेनेजमेन्ट बिबिएस, एजुकेशन ( जेनेरल एजुकेशन र बिएडआइसिटी) अध्यापन भइरहेका छन् । स्कुलमा जेनेरल स्कुलमा झै पढाइ हुने गरेको छ । स्कुल तर्फ हुमानिटिज, साइन्स, मेनेजमेन्ट, कम्प्युटर साईन्स, सबै विषयहरु अध्ययन भइरहेको छ ।

● बिएड् आइ सीटी भनेको चै के हो ?
बिएड् आइ सीटी विषय भनेको कम्प्युटर सँग सम्बन्धीत छ । हामीले संचालन गरेको बिएड आइसिटी चै एजुकेशनमा आइटी हो । यसको लक्ष्य दक्ष कम्प्युटर शिक्षक उत्पादन गर्ने हो । नेपालमा कम्प्युटरको युग सँग शिक्षामा अनिवार्य प्रविधि जोड्नुपर्छ । अहिले ८ कक्षा सम्म स्कुलमा सरकारले कम्प्युटर शिक्षा अनिवार्य बनाएको छ । कम्प्युटर शिक्षा पठाउने शिक्षक पनि एजुकेशन सहित कम्प्युटरमा दक्ष हुनुपर्छ भनेर अघि ल्याइएको विषय हो । अहिलेको जमाना प्रविधिको हो । प्रविधिको जमानामा त्योसँगै अघि बढ्न सकिए भने सबैलाई फलदायी हुन्छ जस्तो लाग्दैछ । यो वास्तवमै कम्प्युटर बेसमा आधारित प्रयोगात्मक शिक्षा हो । अहिले संसारले रोजेको र खोजेको विषय नै प्रयोगात्मक विषय हो । यो विद्यार्थीले आफैं आत्मनिर्भर बनाउने शिक्षा हो । यो प्रयोगात्मक शिक्षा भएकोले विद्यार्थी आफैं आत्मनिर्भर बन्न सक्छन् । आइसिटी शिक्षालाई प्रभावकारी बनाउन दक्ष आइसिटी शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो कोर्ष आवश्यक रहेको छ । यो कोर्षले विद्यालयस्तरको एक दक्ष आइसिटी शिक्षकको परिकल्पना गरेको बताउँदै कलेजले दक्ष आइटी शिक्षकहरु उत्पादन गरी विद्यालयस्तरका आइटी शिक्षकको अभावलाई पूर्ति गर्दछ ।

● यसलाई रोजगारीमुखी शिक्षा कसरी भन्ने ?
सरकारको योजना अनुसार उच्च तहका कक्षाहरुमा अब अनिवार्य कम्प्युटर विषय बनेर लैजाने हो । कम्प्युटर विषय अनिवार्य भए पछि यसका लागि दक्ष शिक्षक पनि चाहियो । लाइसेन्सवाला शिक्षक सँग कम्प्युटरको पनि विज्ञ हुँदा त्यसैले यो विषय पढेका विद्यार्थीहरु प्रविधिमा दक्ष हुन्छन् । व्यवहारिक सहित कम्प्युटर ज्ञान पनि प्राप्त हुन्छ । यो विषय पढेका विद्यार्थीहरु शिक्षक मात्रै होइन, अन्य सुचना अधिकृतका रुपमा, निजामती कर्मचारीहरुमा पनि भिड्न पाउँछन् । यसको बजार फराकिलो छ । विद्यार्थीहरुलाई फाइदाजनक रहेको छ । विशेषतः बिएड आइसिटी पढेपछि जागिर खोज्दा सहजै खान सकिने विषय भएकोले यसतर्फ विद्यार्थीको क्रेज रहेको छ । हरेक विद्यालयमा आइटी शिक्षक चाहिने र बजारमा छिटो बिक्ने हुनाले यो विषय विद्यार्थीको रोजाइमा पर्छ । विद्यालय तहका लागि अन्य विषय दरबन्दी सिर्जना गरी स्थायी शिक्षक नियुक्ति गरिएजस्तै कम्प्युटर शिक्षाको दरबन्दी सिर्जना गरिने हुँदा सो का लागि न्यूनतम योग्यता प्राप्त जनशक्रि निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । यस प्रयोजनले विश्वविद्यालय शिक्षमा यो विषय समावेश गरिएको छ, यो विषय अध्ययन गर्ने विद्यार्थीले स्थायी कम्प्युटर शिक्षकका रुपमा न्यूनतम प्रतिस्पर्धा वा बिना प्रतिस्पर्धा नियुक्ति पाउने सम्भावना रहेको छ ।

● विद्यार्थीहरुलाई दिने सुविधा के छ ?
शिक्षामा मानसिक सँगै शारिरिक विकाशलाई पनि सँगसँगै अघि बढाएको छौं । एम्सको पहिचानमा पनि त्यसमै बनेको छ । ब्याचलर लेभलमा चै अलिक फरक छ । यहाँ पढाई हुने विषय पेशा ओरियन्टेट हुन्छ । पढ्दा पढ्दै जागिर सहितको सुनिश्चिता गर्दै जानुपर्छ । पढाई सहित अतिरिक्त शिक्षाका लागि फिल्डमा लाने, विषयगत विज्ञहरुबाट काउन्सिलिङ गर्छौ । स्मार्ट बोर्ड सहितको कक्षा, इलेक्ट्रिक लाइब्रेरी, कम्प्युटर ल्याबको व्यवस्था गरेका छौं । ब्याचलरको पढाईलाई व्यवस्थीत र व्यवहारिक बनाएका छौं । आइसिटीको दोस्रो वर्ष अध्ययन सकेका विद्यार्थीलाई उनीहरुले पाएको ज्ञानका आधारमा कतै न कतै जागिरको बन्दोबस्त गरिदिन्छौं । त्यस्तै, ब्याचलर्स पास भएपछि पहिलो खुड्किलोमै उनीहरुले सहजै जागिर पाउँछन् ।

aims 4

 ● गुणस्तरिय शिक्षा प्रदान गर्न कस्तो व्यवस्थापन छ ?
एम्स र नेशनल मल्टिपल कलेज लामो समय देखि संचालनमा रहेको शैक्षिक संस्था हो । एम्स र नेशनलका शिक्षकहरुलाई निरन्तरता दिर्दै थप बजारमा नाम चलेका जनशक्तिहरु हामी सँग हुनुहुन्छ । तहलाई बढाउँदै मास्टर्स सम्म पु¥याउने योजना छ । जसरी ब्याचलर लेभल माथि जान्छ त्यतीनै पेशा सँग सामाजिक प्रतिष्ठा सँग जोडिएका हुनाले जागिरको लागि सहजीकरण सहित विशेषज्ञबाट तालिमहरु दिनेछौं । विभिन्न संघसंस्थामा भ्रमण गराउँछौं । विषयगत विज्ञहरुलाई कलेजमै ल्याएर काउन्सिलिङ गराउने, विश्वमा प्रयोगमा आएका प्रविधिहरुको बारेमा जानकारी गराउँदै गुणस्तरिय शिक्षामा जोड दिइरहेका छौं ।

● अन्त्यमा विद्यार्थीलाई के सुझाव छ ?
ब्याचलर पढ्दै गरेका वा प्लस टु पास गरेका विद्यार्थीहरुले मौकाको रुपमा लिनुपर्छ । धरानमा प्राविधिक विषय सस्तोमा अध्ययन गर्न पाइन्छ । धरानको एम्सको परिषरमै नेशनल कजेल संचालन गरेको छ । विद्यार्थीहरुलाई कुनै प्रकारका शिक्षामा अध्ययन गर्न कुनै अन्यौल छ भने वा कुनै समस्या छ भने काउन्सिलिङका लागि आउन सक्नुहुनेछ । कलेजमा ब्याचलर तह अध्ययनका लागि इन्ट्रास पुष २४ गते हुँदैछ । यो भन्दा अघि नै फारम भरेर छुट लिन सक्नुहुनेछ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved