बास्केटबल प्रतियोगितामा एम्सको ह्याट्रिक

  • पुस १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गर्ने ‘हिसान स्पोर्ट्स मिट’ अन्तर्गत बास्केटबल प्रतियोगितामा छात्रतर्पm धरानको एम्स एकेडेमीले ह्याट्रिक गरेको छ । छात्रातर्पm भने यसपटक धरान आदर्शले उपाधि उचालेको छ ।

छात्रतर्फ शनिबार भएको अन्तिम प्रतिस्पर्धामा एम्सले जित हात पारेको हो । एम्सले लगातार तेस्रोपटक छात्रतर्पm बास्केटबलको उपाधि जितेको हो । डिपोट स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा एम्स र धरान मेघा कलेज (हिमालयन स्कुल) बीच कडा प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा ३१–२६ स्कोरको अन्तरमा एम्सले जित निकालेको हो ।

प्रतियोगितामा मेघाले दोस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा छात्रतर्पm उत्कृष्ट खेलाडी र सर्वाधिक व्यक्तिगत स्कोरर एम्सका निशान तामाङ भए भने उदीयमान खेलाडीका रूपमा धरान आदर्शका सौगात मगर पुरस्कृत भए ।

यसैगरी छात्रा बास्केटबलमा उत्कृष्ट खेलाडीको उपाधि धरान आदर्शकी मलिका राईले प्राप्त गरिन् भने सर्वाधिक स्कोरकर्ता धरान आदर्शकै निरुता राई भइन् । यस्तै, उदीयमान खेलाडीका रूपमा विष्णु स्कुलकी रोशिका राई पुरस्कृत भइन् । प्रतियोगितामा छात्रतर्पm ९ र छात्रातर्पm ४ टिमले भाग लिएका थिए ।

विजेता तथा उपवजेता टिम र खेलाडीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त । प्रमुख अतिथि एवम् हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे, धरान–१८ का वडाध्यक्ष प्रवीण राई, नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरज लामा, हिसानका सचिव एवम् स्पोटर््स मिटका संयोजक सागर भट्टराईलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved