एम्सद्वारा स्वागत तथा विदाइ सम्पन्न

  • असोज १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान–१२ को एम्स एकेडेमी र नेसनल मल्टिपल कलेजले विद्यार्थीहरूलाई मङ्गलबार स्वागत तथा विदाइ गरेको छ ।

एम्स एकेडेमीले भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ गरेको हो भने नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । कक्षा १२ को परीक्षामा दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङले जनाए । अब नेसनल मल्टिपल कलेज पनि एकेडेमीमै गाभिएको छ ।

नेसनल कलेज पनि जोडिएपछि नयाँ पाँचवटा शैक्षिक कार्यक्रम सुरु गर्ने योजना रहेको एकेडेमीका एकेडेमिक निर्देशक नेत्र सुवेदीले बताए । उनले स्थानीय तहले शैक्षिक क्षेत्रलाई महत्व नदिएको विचार राखे । दक्ष जनशक्तिले संसारको जुनसुकै कुनामा बेरोजगार हुनु नपर्ने धारणा राख्दै एकेडेमिक निर्देशक सुवेदीले एम्सले रोजगारमुखी शिक्षा दिइरहेको बताए ।
यस्तै म्यानेजमेन्टका संयोजक दुर्गा सुवेदीले शुल्कमा सम्झौता गरिए पनि शैक्षिक गुणस्तर र अनुशासनमा कुनै सम्झौता नगरिने बताए । ‘अनुशासन र गुणस्तर नै एम्सको पहिचान हो ।’ उनले भने । एकेडेमीका विद्यार्थीहरूले कार्यक्रममा नृत्य र गायन प्रस्तुत गरेको शिक्षक सन्तोष कोइरालाले जनाए । सो अवसरमा विदा हुन लागेका विद्यार्थीहरूलाई विद्यालयले मायाको चिनो प्रदान गरेको थियो भने विद्यार्थीहरूले पनि विद्यालयलाई मायाको चिनो दिएका थिए । एम्समा अहिले विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा विभिन्न विषयको पठनपाठन भइरहेको छ ।

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

प्रधानमन्त्री ओली शन ...

धरान/ प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ...

पति युवतीको कोठामा ग ...

झापा / झापाको अर्जुनधारा नगरपालिका–८ मा सोमब ...

झापामा लागुऔषध डिलर ...

 झापा/ झापाको भद्रपुर नगरपालिका–७ मा ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved