सानो समस्याले पनि विरामीलाई सास्ती: उपकरण विग्रिदा सर्वसाधारण घण्टौ लाइनमा

  • श्रावण १५, २०७९
  • स्नेहा श्रेष्ठ
alt

धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा मा उपचारमा आउने विरामीले साना साना समस्याबाट हैरानी व्यहोर्नु परेको छ ।

प्रतिष्ठानभित्र उपकरण विग्रिरहने रोग त पहिलादेखि नै थियो तर त्यो भन्दा पनि सुधार गर्दा हुने कुरालाई समेत प्रतिष्ठानले वेवास्ता गरेका कारण सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो ।

विर्तामोडका हरि कार्की आफै विरामी भएर प्रतिष्ठानमा  उपचार गराउन आए । थाइराइड्स र कोल्डस्टोरका विरामी उनी ‘फ्लोअप’ का लागि चिकित्सकलाई देखाउन आएका हुन् । शुक्रबार विहान विल काटेर लाइनमा लगाएर रिपोर्ट लिन जाँदा उनको पालो कटिसकेको थियो । रिपोर्ट दिने ठाउँमा कम्प्युटर र पिन्टर बिग्रिएका कारण समयमै रिपोर्ट निकाल्न नपाउँदा उनको पालो कटेको हो । कार्कीले भने–‘रिपोर्ट दिने ठाउँमा कम्प्युटर र पिन्टर बिग्रिदा पनि प्रशासनले ध्यान नदिनु लापार्बाही हो ।’ उनले विहान रिपोर्ट लिन ७ बजेदेखि लाइनमा बस्दा पनि ११ बजेसम्म रिपोर्ट नपाएको बताए ।

धनकुटाको महालक्ष्मी नगरपालिकाबाट आएकी पुष्पा चापागाईको समस्या पनि कार्कीको भन्दा फरक थिएन । उनी दुई बर्ष अगाडिदेखि मधुमेह र उच्चरक्त विरामी हुन् । विहीबार उनले दुवैको टेष्ट दिए, शुक्रबार रिपोर्ट लिन जाँदा समयमै रिपोर्ट आएन । उनी भन्छिन्–‘रिपोर्ट छिटो दिनुस् भन्दा कर्मचारीहरुले कम्प्युटर पनि बिग्रिएको र पिन्टर पनि विग्रिएको छ एक छिन समय लाग्छ भनेपछि हामीले पर्खियौ, विहान ८ बजेदेखि ११ बजेसम्म पनि रिपोर्ट निकाल्न सकिएन, डाक्टरलाई देखाउने समय नै सकियो ।’

यी दुई त प्रतिनिधिपात्र मात्र हुन्, शुक्रबार जिओपिडी हल पछाडि रहेको २६ नं. ल्यावमा रिपोर्ट  लिनेको भीड अत्याधिक देखिएको थियो । रिपोर्ट लिएर चिकित्सकलाई देखाउन आतुर उनीहरु कर्मचारीले रिपोर्ट दिन ढिलो गरेपछि आक्रोसित बनेका थिए । यता कर्मचारीहरु भने सर्वसाधारणलाई थम्थम्याउने प्रयास गर्दै थिए, धैर्य गर्नुस् अब भैहाल्छ भन्थे तर सर्वसाधारण झन आक्रोसित बन्थे ।

सर्वसाधारण आक्रोसित बनिरहेका बेला ल्यावका इन्चार्ज कुशेश्वर दाश भने पिन्टर कोट्याउनै व्यस्थ देखिन्थे । उनले यहाँ भएका उपकरणले हैरानी दिएकै कारण समयमै काम नहुने बताएका थिए ।

उनले भने–‘धेरै विग्रिएर हामीले प्रशासनमा भनेका थियौ, प्रशासनले हाम्रो कुरा सुनेर एउटा पिन्टर ल्याइदियो, चार महिनापछि फेरि पहिलाकै जस्तो समस्या दिन थाल्यो ।’

ल्यावकी अर्की कर्मचारी रमा कार्कीले पिन्टरको समस्याले सर्वसाधारणले समस्या भोग्नु परेको बताइन् । उनले भनिन्– ‘पिन्टर राम्रोसँग चलेको छैन, रिपार्ट निकाल्न प्रिन्ट अप्सन दियो भने पेपर  अडकिएर हैरान बनाउँछ ।’ उनले यो समस्या अहिलेको भने नभएको बताइन् । बारम्बार प्रशासनलाई जानकारी गराउँदा समेत समस्या समाधान नभएको उनको भनाई छ ।

यो समस्या एउटा ल्यावको मात्र नभई प्रतिष्ठानमा भएका अधिकांश ल्यावमा यस्तो समस्या भएको प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुल्े गुनासो पोखेका छन् । सामान्य भन्दा पनि सामान्य समस्यालाई सुल्झाउन नसक्दा यस्तो हैरानी व्यहोर्नु पर्ने अवस्था आएको प्रतिष्ठानमा अन्य समस्यबाट सर्वसाधारणले कति हैरानी व्यहोर्नु परेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved