सूर्योदय नगरपालिकामा १ अर्ब ३५ करोड ७९ लाखको बजेट

  • साउन १६, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । सूर्योदय नगरपालिका इलामले आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरपालिकाले एक कार्यक्रम आयोजना गरी १ अर्ब ३५ करोड ७९ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर निर्माण गरिएको बजेट सार्जजनिक गरिएको हो । नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश १ का संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले नगरपालिकाले ल्याएको बजेटको प्रशंसा गरिन् । लैङ्गिक समानताका आधारमा बजेट ल्याएको भन्दै पूर्ण कार्यान्वयनको शुभकामना व्यक्त गरिन् ।

मन्त्री लिम्बूले तीनै तहको सरकारका बिचमा समन्वय आवश्यक रहेकोमा जोड दिदैं प्रदेश सरकार स्थानीय सरकारसँग सँगसँगै रहेकाले हातेमालो गर्दै अघि बढ्ने बताइन् । मन्त्री लिम्बूले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न लोकल रक्सी र स्थानीय उत्पादन ब्रान्डिङ गर्ने कार्यमा पर्यटन मन्त्रालय लागिरहेको पनि जानकारी गराइन् । कार्यक्रमका अध्यक्ष नगरप्रमुख राईले संविधानले दिएका अधिकारभित्र रहेर कानुन बनाउने तथा कार्यान्वयन गर्ने कार्यमा आफूहरु लागिपरेको बताए । सूर्योदय नगरपालिकाका थुप्रै योजना पूरा हुन बाँकी रहेकाले काम धमाधम गरिने बताए ।

राईले विभिन्न पालिकाले करारका कर्मचारी हटाइरहेको भन्दै आफूहरु त्यसो नगर्ने बताएका छन् । नैतिक अनुशासन गुमाएकालाई बाहेक करारका कर्मचारी हटाएर नयाँलाई ल्याउने कुरा पक्षपात हुने उनेको भनाई छ । उनले भने, ‘पाँच वर्षको ऊर्जाशील समय खर्च गराएर उनीहरुलाई हटाउनु अन्याय हुन्छ सूर्योदय नगरपालिकाले त्यसो गर्दैन ।’

कार्यक्रममा संविधान सभाकी पूर्व सदस्य लिलादेवी श्रेष्ठ, जिल्ला समन्वय समिति इलामकी उपप्रमुख चित्रकला बराईली, नगर उपप्रमुख दुर्गा कुमार बराल, माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेबे, नेपाली कांग्रेस सूर्योदय नगरसभापति जिवन नेपाल, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, नर्वदा कल्याण बोर्डिङ स्कुल मेहेलबोटेका प्रिन्सिपल सफल राईलगायतले मन्तव्य राखेका थिए ।

यसैबीच सोहीका कार्यक्रम मार्फत नगरपालिकाले क्रियाशील पत्रकार दिनेश महतलाई सम्मान गरेको छ । पत्रकार महतसँगै विभिन्न विधामा योगदान पु¥याउने ४८ जनालाई सम्मान गरेको प्रवक्ता ख्याम भुजेलले बताए ।

 

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved