नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक

  • साउन १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल प्रेस युनियन सुनसरीले निर्माण गरेको भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ । नेपाल प्रेस युनियन सुनसरीको आधिकारिक युट्युब च्यानलमार्फत उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो ।

प्रेस युनियनको नवौँ महाधिवेशनमा समय अभावका कारण प्रस्तुत गर्न नसकिएपनि आफूहरूले शुक्रबार युट्युबमार्फत वृत्तचित्र सार्वजनिक गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

‘म अध्यक्ष भएर आएको करीब २८ महिनाको अवधिमा हाम्रो कार्यसमितिले गरेका महत्वपूर्ण कामबारे वृत्तचित्रमार्फत प्रस्तुत गरिएको छ’ अधिकारीले भने, ‘१५ मिनेटको वृत्तचित्रमा हामीले सञ्चारकर्मीहरूका लागि गरेको महत्वपूर्ण काम प्रस्तुत गरिएको छ ।’

कोरोना महामारीमा सञ्चारकर्मीका लागि गरिएको कोरोना बीमा, मोबाइल डाक्टर सेवा, दुर्घटना बीमा, अक्षयकोष स्थापना तथा जग्गा प्राप्तिसम्मको काम गरेको प्रेस युनियन सुनसरीले दुई दर्जन बढी गरेका कामको वृत्तचित्र बनाइएको हो । अधिकारीले नेतृत्व गरेसँगै सुनसरीका सञ्चारकर्मीहरूका लागि सकारात्मक काम भएको प्रशंसा गर्दै युनियन केन्द्रीय कार्यसमितिले नवौँ महाधिवशेनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उत्कृष्ट शाखाको रूपमा सम्मान समेत गरेको छ ।

वृत्तचित्र निर्माणले आफूहरूले गरेका कामको दस्तावेज बन्ने सुनसरीका अग्रज पत्रकार तथा सुनसरी युनियनका पूर्व अध्यक्ष हर्ष सुब्बाले बताए । ‘सकारात्मक काम गरेपछि यसको दस्तावेज राख्नुपर्छ भन्ने उदाहरणको रूपमा यो भिडियो प्रस्तुत भएको छ ।’ सुब्बाले भने ।

युनियनका नवनिर्वाचित महासचिव दिलीप पौडेलले अहिले सुनसरी युनियनले सृजनात्मक काम गरेको बताए । ‘सुनसरी शाखालाई हेरेर अरु शाखालाई पनि सकारात्मक काम गर्नका लागि उर्जा प्रदान गर्छ ।’ उनले भने । वृत्तचित्र अनिता विन्दुको स्वरमा रेकर्ड भएको छ ।

समग्र श्रमजीवी पत्रकारहरूको पक्षमा काम गर्दै आएको युनियनले स्थापनाको ३१ वर्ष पूरा गरिसकेको छ । शाखा विस्तारको क्रममा सुनसरी शाखा विं सं. २०५१ सालमा गठन भएको थियो । स्वर्गीय पदमकेशर कार्कीको अध्यक्षतामा गठन भएको यस शाखामा हाल १० औं जिल्ला अध्यक्षको रुपमा २०७७ बैशाख ६ गतेदेखि पवन अधिकारीले नेतृत्व गरिरहेका छन् ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved