धरान स्मार्ट बसपार्क: बजेट रोकिएपछि निर्माणमा समस्या

  • श्रावण १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

 धरान । धरान उपमहानगरपालिका धरान ८ मा निर्माण भइरहेको बसपार्कको संघीय बजेट विनियोजन नभएपछि आफ्नै बजेटले निर्माण कार्यलाई सुचारु गर्दा धरान उपमहानगरपालिकालाई समस्या भएको छ ।

संघीय सरकारसँगको संयुक्त लगानीमा धरान उपमहानगरपालिमा निर्माण शुरु गरेको स्मार्ट बसपार्कका लागि संघीय सरकारले यस वर्ष बजेट विनियोजन नगर्दा उपमहानगरपालिकाले आफ्नै बजेटबाट निर्माणलाई निरन्तरता दिँदा समस्या भएको हो ।

संघको ५० प्रतिशत लगानी र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा धरान उपमहानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कका लागि यस वर्ष कुनै पनि बजेट विनियोजन नगरिदिए पछि स्थानीय सरकारले आफ्नो स्रोतबाटै भए पनि निर्माण कार्यलाई निरन्तरता दिएको हो ।

तत्कालिन नेतृत्वले बजेटका लागि पहल गर्न नसक्दा आर्थिक वर्ष २०७९÷८० मा विनियोजन गरिनुपर्ने दोस्रो किस्ता वापतको रकम रोकिएको हो । संघले सम्झौता गरे अनुसारको बजेट प्राप्तिका लागि अघिल्लो वर्षको पुष÷माघमै क्रमागत बजेटका लागि कागजपत्र पठाई सक्नुपर्ने हुन्छ, तर नेतृत्वले चासो नदिदाँ रकम विनियोजन नभएको बुझिएको छ ।

धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण शुरु भएको हो । ३ वर्षको समयावधि रहेको स्मार्ट बसपार्क २०८१ साल असार ३० गते सम्पन्न गर्ने गरी गिताञ्जली जेभी दुहबी सुनसरीले निर्माण कार्य अघि बढाइरहेको छ । बसपार्क निर्माणका लागि ३२ करोडको लागत अनुमान गरिएको थियो । त्यस मध्ये २२ करोडमा निर्माण सम्पन्न हुने गरि ठेक्का लागेको छ । अघिल्लो वर्ष देखि ठेक्का लागेको बसपार्क निर्माणका लागि संघले ३ वर्षमा साढे १२ करोड र स्थानीय सरकारको १२ करोड रुपैया लगानी गर्ने संघीय सरकारसँग सम्झौता भएको थियो । अघिल्लो वर्ष संघले साढे ४ करोड रुपैया विनियोजन गरिदिएको थियो ।

यस वर्ष भने संघीय बजेटमा निरन्तरता पाउन नसकेको धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउँछन् । उनले भने–‘संघबाट बजेट नआए पनि धरान उपमहानगरले विनियोजन गरेको ६ करोडबाट निर्माणलाई निरन्तरता दिएका छौं । अहिलेलाई काम चाहिँ रोकिँदैन, माथिको बजेटका लागि पहल भइरहेको छ ।’ संघबाट आउने बजेटको विषयमा पहल भइरहेकाले बीचमा बजेट आउन सक्ने उनको भनाई छ । तोकिएको समयमै काम सम्पन्न गर्ने गरि निर्माण कार्यले तिब्रता पाएको उनले बताए ।

धरानको मुख्य चौकमा रहेको भानुचौकमा बसपार्क सञ्चालन हुँदै आएको छ । भानुचौकंमा रहेको बसपार्क साँघुरो भएपछि २० वर्ष अघि तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत बसपार्क निर्माणको परियोजना शुरु भएको थियो । दुई दशकसम्म स्थानीय र धरान उपमहानगरपालिकाका कर्मचारीबीचको विवादले निर्माणको काम हुन सकेको थिएन । ०७४ सालमा स्थानीय निर्वाचनबाट जनप्रतिनिधी आएपछि बसपार्क निर्माणको काम अगाडि बढेको थियो ।

२७ कठ्ठा जमिनमा बसपार्क निर्माण भइरहेको छ । बसपार्कमा ३ तलाको टर्मिनल भवन निर्माण हुनेछ । १ सय ३२ वटा सवारी अट्ने निर्माणाधीन अवस्थामा रहेको स्मार्ट बसपार्कमा एक सय २३ वटा साना ठूला सवारी साधन अट्नेछन् । बसपार्कमा ७२ वटा दुई पांग्रे र ६० वटासम्म बस, कार, जिप राख्न सकिने छ । स्पार्ट बसपार्कमा भवनको भुँइतलामा करिब ३ सय जनासम्म बस्न मिल्ने यात्रु प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सेक्युरिटी कक्ष, सार्वजनिक शौचालय, उपचार केन्द्र र मिनीमार्ट ,भवनको पहिलो तलामा १८ वटा पसल राख्न सकिने, १२ वटा कोठामा एटेज शौचालय, एसी सहितको होटेल, केही ठाउँमा रेस्टुरेन्ट तथा कफी शप र बसपार्क सञ्चालन तथा व्यवस्थापनको अफिसको डिजाइन बनेको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved