धरान/ भारतीय पर्यटकलाई लक्षित गरी अंग्रजी नयाँ बर्षको अवसरमा प्रत्येक बर्ष आयोजना गरिदै आएको भेडेटार फेस्टिबलको १२ औं संस्करणमा पर्यटन र कृषि तथा स्थानीय जातीय परिकारलाई प्राथमितामा राखेर आयोजना गर्ने आयोजक भेडेटार होटल एसोसिएसनले जनाएको छ । यसका लागि तयारी थालिएको एसोसिएसनले जनाएको छ ।अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्या कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा आयोजना गर्न लागिएकौ १२ औँ भेडेटार फुड फेस्टिभल पर्यटन र कृषि र स्थानीय स्तरमा रहेका जातीय परिकारहरुलाई प्राथमिकतामा राख्ने होटल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए । उनले फेस्टिबलको अवसरमा आएका आन्तरिक तथा वा
धरान/ धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा आज आइतबार गायीका ज्योती मगरको प्रस्तुती रहने भएको छ । धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजे गायीका मगरलाई प्रस्तुत गरिने नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले जानकारी गराए । गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आठौं दिन आइतबार दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गायीका ज्योती मगरलाई धरान ल्याइएको राईले बताए । प्रत्येकदिनजसो चर्चाका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड ब
धरान/ हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजकको पोल्टामा परेको छ । शनिवार भएको फाईनल चरणमा आयोजक हिविस्कस इङ्लिस वोडिङ स्कुलले अन्य सहभागी स्कुललाई पछि पार्दै सो उपाधि हात पारेको हो ।उपाधिसंगै हिविस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र हात पारेको छ । त्यसैगरी प्रतियोगितामा महेन्द्र मा।वि चक्रघट्टील दोस्रो स्थान हात पार्न सफल वनेको छ । महेन्द्रले नगद १० हजार सहित मेडल र प्रमाण– पत्र प्राप्त गरेको छ ।त्यस्तै प्रतियोगितामा मेघा हिमालयन वोडिङ स्कुलले तेस्रो स्
धरान/धरानको उद्यमशिल बचत तथा ॠण सहकारीले १२ औं वार्षिक उत्सव बृहत कार्यक्रम सहित नियमित साधारण सभा धरानमा मनाएको छ । शनिबार, धरान-१५ स्थित किराँत याक्थुङ चुम्लुङ भवनमा बार्षिक कार्यक्रम सहिर्त सााधरण सभा कार्यक्रम कोशी प्रदेश सभा सांसद रमेश कुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । सहकारीले ब्लाष्ट राष्ट्रिय दैनिक पत्रिकाका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई रु १० हजार ५ रुपैया नगद सहित सम्मान गरेको छ । केन्द्रिय कार्यलय तथा देउराली सेवाकेन्द्रबाट ११ जनालाई, ईटहरी सेवाकेन्द्रबाट ८ जनालाई सम्मान गरेको छ । त्यसैगरी केन्द्रिय कार्यलयकी कर्मचारी ज्योती राई, देउराली सेवा केन्द्रकी विनि
धरान । सुनसरीको धरान उपमहानगरकी छात्रा सन्ध्या लिम्वू विविएस चौथो बर्षमा सुनसरी टप हुन सफल भएकी छिन् । उनी धरान १ स्थित धरान मोडल कलेजकी छात्रा हन् ।त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको बि।बि।एस।चौथो बर्षको बार्षीक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन। सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अन्क प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिए। क्याम्पस प्रमुख राईले भने,हामीले सुनसरी भरीका सबै कलेजमा बुझ्यौ। हाम्रो विद्यार्थीले नै चौथो बर्षमा उत्कृष्ट अन्क ल्याएको पायौं । कलेजमा सन्ध्याले २०७६ सा
धरान/ गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा टेन्डिङमा पर्यो । उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन अर्था ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ । युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू धरान संगीत जात्रा, सांस्कृतिक महोत्सवमा धरान आउने भएकाछन्, लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै चलेका गीतहरु हुन् । उनलाई नेचर क्लव धरानले पुस १३ गते शनिबार धरान बोलाएका हुन् । पुस १७ गतेसम्म धरान १५ स्थित बगरकोटमा जारी महोत्सव
धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुद्वारा विकासलाई प्रविधिसँग जोड्ने प्रयासलाई सार्थकता प्रदान गर्न आयोजना गरिदै आएको राष्ट्रिय प्राविधिक महोत्सब यस बर्ष पनि हुने भएको छ । कृषि क्षेत्रमा प्रविधिको विकास भन्ने मूल नारा बोकेर आयोजना लागेको महोत्सवको उद्धेश्य विद्यार्थीहरुले निर्माण गरेकाे सामाग्रीको प्रयोगमा सरकारलाई घच्चाउने रहेको जनाइएको छ । भिडियाे; डेल्टा फाइभ नाम राखिएको सो महोत्सवमा छैठौ संस्करण क्याम्पसका सातवटै फ्याकल्टीका विद्यार्थीहरुले वृहत रुपमा आयोजना गर्न लागिएको हो । पौष १८ देखि २० गतेसम्म तीनसम्म चल्ने महोत्सवमा विद्यार्थीहरुले निर्माण गरेक
विराटनगर/ दुबै हात र खुट्टा बाँधेर मोरङ जहदा गाउँपालिका ३ की २२ वर्षीया महिलालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका तीन जना विरुद्ध प्रहरीले म्याद थप गरि अनुसन्धान सुरु गरेको छ । मोरङ प्रहरीले पक्राउ परेका तीन जना विरुद्ध तीन वटा मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो । सामुहिक बलत्कार गरेको आरोपमा प्रहरीले मोरङ कटहरी गाउँपालिका २ का बर्ष २० का महमद रमजान, सोही ठाउँका बर्ष १९ का सुनिल कुमार साह र भारत विहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत वडा नं. ९ हस्तचोक घर भई हाल कटहरी २ बसी ग्यारेजमा काम गर्ने बर्ष १८ का महमद गुल्जर पपक्राउ गरेको छ । उनीहरु विरुद्ध मोरङ अद
धरान/ सनातन हिन्दु धर्ममा माता पितालाई भगवानका दर्जामा राखिने गरिएको छ । यो धर्ममा श्राद्धका नाममा बर्षेनी आफ्ना दिवंगंत पितृहरुका सम्झनामा श्राद्ध गर्ने प्रचलन छ । दिवंगत भएका पितृहरुको नाममा श्राद्ध गर्दा आत्माले शान्तिष् पाउनुका साथै पितृहरुले आर्शीवाद दिन्छन् भन्ने विश्वास रही आएको छ । पौषै औशीको दिन पूर्वको धरान २० मा रहेको विष्णुपादुकामा श्राद्ध गर्नेको अत्यन्तै भीड हुने गरेको छ । भक्तजनहरुलाई सहज बनाउन समितिले तयारी थालेको छ । विशेष गरी सनातन धर्ममा पितृहरुको दिवंगत भएको तिथि हेरेर बर्षमा एक पटक श्राद्ध गर्ने चलन भएपनि दशैका १६ श्राद्धमा पर्ने तिथिमा पनि पितृहरुको सम्झनामा श्राद
धरान/ नेपालको नमुना कृषि उपज बजार स्थलको रुपमा चिनिएको धरानको कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्षमा काजी गिरी सर्वसम्मचत निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको बजारको अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्य समिती चयन निर्वाचित भएको हो । अधिवेशनले व्यवसायीहरुको तर्फबाट निर्वाचित हुने तीन सदस्यमा काजी गिरी, रमेशकुमार साह र हेमचन्द्र ढकाल निर्वाचित भएका थिए । यसैगरी कृषक प्रतिनिधिबाट राजेश मेहता, मच्छिन्द्र राई र महिला सदस्यमा ममता मेहता निर्वाचित भएका थिए । ब्यबस्थापन समितीको पदेन सदस्यमा धरान वडा नम्बर १३ का वडाध्यक्ष रहने विधानमा ब्यबस्था छ ।निर्वाचित सदस्यहरु मध्येबाट गिरी अध्