नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्तौला सर्वसम्मत

  • चैत १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/  नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्तौला सर्वसम्मत रूपमा चयन भएका छन्।

सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षस्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्तौलालाई अध्यक्षमा चयन गरिएको हो।

अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र सोहन श्रेष्ठ सचिवमा नसीम अन्सारी,सहसचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएके छन्।

यसैगरी सदस्यहरूमा चन्द्रकला चौधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेशकुमार लिम्बू, संगीता राई, रुपेशकुमार मोची, दिपेश योञ्जन र रोहन थापा चयन भएका छन्।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल फोटो पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नवीन गड्तौलाको अध्यक्षता तथा कोसी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो।

कार्यक्रमको विशेषहरु अथिति कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, र हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, अथितिहरु, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्षहरु, कृष्ण अधिकारी, अमर खड्का, जनकऋषि राई, वर्तमान अध्यक्ष सन्तोष काफ्ले, अग्रज पत्रकार सुविद गुरागाई लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारिताको महत्व झनै बढ्दै गइरहेको सन्दर्भमा यस क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउने आवश्यकता औँल्याएका थिए।

नवनिर्वाचित अध्यक्ष गड्तौलाले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved