धरानका दुई युवक इनरुवामा ब्राउन सुगरसहित पक्राउ !

  • चैत १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  जिल्लाको इनरुवा नगरपालिका–४ बसचोकमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

मिति २०८२ चैत ९ गते साँझ ६:१० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा स्कुटर चालक धरान उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय खेमबहादुर देवान लिम्बु र पछाडि सवार सोही स्थानका २७ वर्षीय शौरभ कटुवालमाथि शंका लागेपछि खानतलासी गरिएको थियो।

तलासीका क्रममा खेमबहादुर देवान लिम्बुको साथबाट २.२५ ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषध फेला परेपछि दुवै जनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषध र स्कुटरसहित उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved