चौथो धरान गोर्खा ट्रेल ब्लेजरस् पुरुषतर्फ उमेश र महिलातर्फ प्रियालाई उपाधि

  • चैत १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा शनिबार सम्पन्न चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ प्रतियोगितामा पुरुषतर्फ धरानका उमेश थापा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङले उपाधि जितेका छन्।

९ किलोमिटर दूरीको उक्त दौड उमेशले २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै २० हजार रुपैयाँ नगद र उपाधि हात पारे। महिलातर्फकी विजेता प्रियाले निर्धारित दूरी ३० मिनेट ४६ सेकेन्डमा पार गर्दै २० हजार रुपैयाँ नगद प्राप्त गरिन्। प्रिया १४औँ धरान रनकी तेस्रो विजेता समेत हुन्।

प्रतियोगितामा पुरुषतर्फ विकास भुजेल २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गरी दोस्रो भए भने २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गरेका अमिर लिम्बु तेस्रो बने। उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे।

त्यसैगरी, महिलातर्फ गत वर्षकी विजेता पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन्। दीप बस्नेतले ३० मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरी तेस्रो स्थान हासिल गरिन्। उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरे।

भेट्रान विधाका विजेताहरू

पुरुष भेट्रानतर्फ रेशम लिम्बु ९२८ मिनेट १३ सेकेन्ड० प्रथम, विजयकुमार राई दोस्रो र बिमान राई तेस्रो भए। महिला भेट्रानतर्फ जमुना लिम्बु ९४२ मिनेट ४५ सेकेन्ड० प्रथम, कुसुम लिम्बु दोस्रो र असुली राई तेस्रो स्थानमा रहे। भेट्रानतर्फका विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

पुर्खा दिवसको अवसरमा आयोजना

गोर्खा सिमेट्री ट्रस्ट नेपालको आयोजनामा पूर्व गोर्खाहरूको ‘पुर्खा दिवस’ ९अप्रिल ५० को सन्दर्भ पारेर यो प्रतियोगिता आयोजना गरिएको हो। धरान–१८ स्थित रत्नचोकबाट सुरु भएको दौड मङ्गलवारे, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा पुगेर समापन भएको थियो।

प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र १८ नम्बर वडाका अध्यक्ष नरेन्द्रकुमार राई ‘प्रवीण’ले गरेका थिए। कार्यक्रमका सभापति महेन्द्रकुमार राई र २० नम्बर वडाका अध्यक्ष पदमबहादुर राईले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, भोजपुर र धनकुटा लगायतका जिल्लाहरूबाट ६ सयभन्दा बढी धावक–धाविकाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved